महानगरको आयोजनामा सहकारीका लेखा कर्मचारीलाई लेखासम्बन्धी तालिम

  • जेठ १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाको आयोजनामा मंगलबारदेखि लेखा तथा पल्र्स तालिम सुरु भएको छ ।

तालिमको महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले उद्घाटन गर्नुभयो ।

पाँचदिनसम्म सञ्चालन हुने तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तवी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरु, अन्तिम खाता, पल्र्सको उपयोग, पल्र्सको परिचय, पल्र्सको महत्व, वित्तीय सहकारीमा यसको उपयोगितालगायतका विषयमा प्रशिक्षण दिइने महानगरको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिनुभयो ।

महानगरको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरुको क्षमता विकासका लागि सहकारी लेखा तथा पल्र्स तालिम आयोजना गरिएको कार्कीले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर १९ का अध्यक्षसमेत रहनुभएका संयोजक घिमिरेले पछिल्लो समय सहकारीप्रति आमर्वसाधारणको नकारात्मक धारणा बन्दै गएको बताउनुभयो । उहाँले केही सहकारीका कारण समग्र सहकारीमाथि नै जनताको अविश्वास बढ्दै गएको चर्चा गर्नुभयो ।

लेखा प्रणाली चुस्तदुरुस्त राख्न सकिए सहकारीमा हुने हिनामिना र अपचलन रोक्न सकिने घिमिरेको भनाइ थियो ।

जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले राज्यले तीनखम्बे नीतिमा सहकारीलाई समेटे पनि व्यवहारमा लागू गर्न नसकेको आरोप लगाउनुभयो ।

रोजगारी सिर्जनासँगै ग्रामीण क्षेत्रसम्म वित्तीय वित्तीय पहुँच पु¥याउन सहकारीको अहम् भूमिका रहेको पोखरेलले बताउनुभयो ।

सो अवसरमा सहकारी बैंक विराटनगर शाखाका प्रमुख चिरञ्जीवी तिम्सिना, नेफ्स्कुन विराटनगर शाखाका अध्यक्ष लक्ष्मणप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिममा सहकारी विज्ञ रामचन्द्र गौतम र लक्ष्मी सापकोटाले सहजीकरण गर्नुहुनेछ ।

सो तालिममा ३५ जना लेखा कर्मचारीको सहभागिता रहेको छ । विराटनगर महानगरको क्षेत्राधिकारभित्र १ सय ७३ वटा सहकारी सञ्चालनमा रहेका छन् । महानगरले गत वर्ष पनि ३५ वटा सहकारीका लेखा कर्मचारीलाई तालिम दिएको थियो ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved