श्रीलंका टप्पुमा मावि पढाई सुरु भयो

  • बैशाख २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ स्थित कोशीपारी श्रीलंका टप्पुका बिद्यार्थीहरु कक्षा ९ पढ्न मुल कोशी तरेर चक्रघट्टी , राजाबास तथा कोशीको भङ्गालो पार गरेर वेलकाको भागलपुर वा रामपुर पुग्नु पर्ने बाध्यता रहेको थियो ।

गाउमा रहेको जनता आधारभुत , कौशीका आधारभुत र वालसेवा आधारभुत बिद्यालयहरुमा कक्षा ८ र कक्षा ५ सम्म पढन पाठन हुने भएकाले कक्षा ८ पास गरे पछि त्यहाका बिद्यार्थीहरु घण्टौ हिडेर तथा कोठा भाण्डामा लिएर चक्रघट्टी , राजाबास , भागलपुर र रामपुरका बिद्यालयमा पढ्न जाने गर्देथे ।

तर अब भन्ने त्यहाका बिद्यार्थीहरुले त्यो बाध्यता अन्त्य हुने भएको छ । नगरपालिकाले वडा नं ६ कोशीपारी स्थित गरैयामा रहेको जनता आधारभुत बिद्यालयमा यसै २०८१ सालको नया शैक्षक सत्रदेखि माध्यमिक तह कक्षा नौं सञ्चालजन सुरु गरे पछि त्यहा बिद्यार्थीहरुको घण्टौ हिडेर माध्यमिक तह पढ्न जानू पर्ने माध्यताको अन्त्य भएको हो ।

गाउकै बिद्यालयमा कक्षा नौं को पठन पाठन सुरु भए पछि वर्सेदेखिको बिद्यार्थीको चाहना पूरा भएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन चन्द्रवशीले बताए ।

प्राय चायीं , मण्डल , चन्दवसी , यादब , माझी र राई जातिको बसोवास रहेको उक्त टप्पुमा रहेको बिद्यालयमा नै कक्षा नौं सञ्चालन भए पछि स्थानिय अभिभाबक र बिद्यार्थीहरुलाई ठुलो राहत मिलेको स्थानिय समाजसेवि बद्रि राई बताउछन् ।

टप्पुका बिद्यार्थीहरुको समस्यालाई बुझेर नगर प्रमुख रमेश कार्कीले बिद्यालयलाई माबि बनाउने कार्य गरेको भन्दै उनले खुशी व्यक्त गरेका छन् ।

वसौदेखिको स्थानियको माग र बिद्यार्थीहरुको आवश्कतालाइ बुझेर नगर प्रमुख रमेश कार्कीले बिद्यालयलाई माबि बनाएको र कोसी टप्पुमा शिक्षाको बिकासमा एक तह माथि उक्लिएको टप्पु स्थित कौशीका आधारभुत बिद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन मण्डल बताउछन् ।

बिद्यालयमा माबि तहको १ जना र आधारभुत तहको थप २ जना दबन्धी थप गरेर जनतालाई माध्यमिक बिद्यालयमा बिकाश गराएको नगर प्रमुख रमेश कार्कीले बताए । नगर प्रमुख कार्कीले भन्ने “ श्रीलंका टप्पुको जनतालाई माबि बनाउने योजना बनाएको थिए । जस अनुसार यसै शैक्षिक सत्रदेखि कक्षा नौ को पठन पाठन सुरु गरिएको छ ।

कक्षा कोठा , फनिचरका संरचना लगायतका आवश्यक कुराको व्यवस्थापन नगरपालिकालिकाले गरेको छ । २०४७ सालमा स्थापना भएको बिद्यालयमा उक्त जनता माबिमा १ जना बाल बिकाश शिक्षिका , १ जना कर्मचारी र १० जना शिक्षक रहेका छन् । बिद्यालयमा हाल २ सय ७० भन्दा बढि बिद्यार्थीहरु अध्यनरत् रहेको बिद्यालयका प्रध्यनाध्यापक रामकुमार मण्डलले बताए ।

गएको शैक्षिक सत्रमा कक्षा आठमा उत्तिण भएका ३२ जना बिद्यार्थीहरु कक्षा नौ मा अध्यरत रहेको उनले बताए । बिद्यालयको भौतिक तथा शैक्षिक स्तरको बिकाश गरि गुणस्तरिय शिक्षा प्रदान गर्ने योजना रहेको प्रध्यनाध्यापक रामकुमार मण्डलले बताए ।

टापुमा बिद्यालय स्थापना भएको करिव ३५ बर्ष पछि माध्यमिक तहको पढाइ भए ठुलो बिकाशको सुरुवात भएको पुर्व जनप्रतिनिधि बद्रि लिम्बु बताउछन् । नगरपालिकाले कक्षा नौ को पढाइ सुरु गर्दा यहाका बिद्यार्थीहरुलाई ठुलो राहत मिल्ने उनको भनाई छ ।

बेपत्ता श्रीमान २० व ...

मोरङ/ दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका ...

सेवा बिस्तार गर्दै च ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई ...

कमिसनको खेलले करोडौ ...

बेलबारी/ मोरङको बेलबारी र कानेपाखरी गाउँपालिका भएर ...

‘मेयर साम्पाङले हामी ...

धरान/ धरानको खानेपानी समस्या लगायत विविधि विषयमा ध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved