सेवा बिस्तार गर्दै चतरा अस्पताल

  • जेठ ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई २०७८ सालमा नै “देश कै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा” गराउन सफल चतरा अस्पतालले अस्पतालबाट हुने सेवालाई बढाउदै  गएको छ ।

चतरा अस्पतालले हाल सार्वजनिक बिदा र शनिवार समेत “ बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म चिकित्सकद्वारा नि शुल्क ओपिडी सेवा” र “ २४ घण्टानै चिकित्सक द्वारा आकस्मिक सेवा” लगायतका बहिरङ्ग सेवा दिँदै आइरहेको छ।

चतरा अस्पतालले बिहिबारबाट दिर्घ(नसर्ने) रोग (सुगर, प्रेसर, मुटु रोग किड्नी रोग र दम) रोग सम्वन्धी क्लिनिक सेवाको समेत उपल्बध गराउने भएको छ ।

उक्त सेवाको अस्पतालका संरक्षक समेत रहेका नगर प्रमुख रमेश कार्कीले उद्घाटन गरेका छन् । नगरवासिलाई धेरै भन्दा धेरै स्वास्थ्य सेवा प्रदान गर्न लागि परेको नगर प्रमुख कार्कीले बताए । रोग लुकाएर बसेका नगरवासिहरुलाई स्वास्थ्यको पउजमा ल्याउन स्वास्थ्य संस्थाको बिकाश र क्षमता बढाउन लागि परेको उनले बताए ।

सिमित साधन र स्रोतको वाबजुत पनि नगरवासिहरुको चाहना र आवश्यक्तालाई मध्यनजर गरेर काम गरि रहेको नगर प्रमुख कार्कीको भनाइ थियो ।

के.एच.डि. सि. नेपाल र चतरा अस्पतालको सहकार्यमा उक्त नसर्ने रोग (सुगर, प्रेसर, मुटु रोग किड्नी रोग र दम) क्लिनिक सेवा सुरु गरेको चतरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नं २ का अध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए ।

चतरा अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुको तथ्याङ्ग अनुसार नसर्ने ( दिर्घ ) रोगीको बिरामिहरुको संङख्या बढ्दै गएको कारण उक्त नसर्ने रोग सम्बन्धि क्लिनिकको सेवा सुरु गरिएको अस्पतालका प्रबक्ता यम भण्डारीले बताए ।

नसर्ने रोग सम्बन्धि क्लिनिक सेवाकालागि चतरा अस्पतालमा के.एच.डि. सि. नेपाल एक जना चिकित्सक नवीन अधिकारीलाई नियुक्त गरेको छ ।

“जचाऔं , मृगौला मुटू बचाऔं “ मृगौला मुटु दाजु भाई , एकको चोट अर्कोलाई जरुरी छ प्राण लाई बचाइ राखौ दुवैलाई भन्ने नारा दिएर चतरा अस्पताल मार्फत समुदायमा आधारित नर्सने रोग सम्बन्धि क्लिनिक सुरु गरिएको के.एच.डि. सि. नेपालका संरक्षक संरक्षक प्राध्यापक डाक्टर संजीव शर्मा बताए ।

अस्पताबाट २४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स–रे, प्रसूति, फिजोयोथेरापी सेवा, एम्जुलेन्स , हरेक दिन आँखा, कान, दन्त उपचार, हरेक सोमबार र बिहीबार भिडियो एक्स–रे, हरेक दिन स्त्री तथा प्रसूती , वार्ड भर्नासँगै सबै सरकारी नियमित सेवाहरू सञ्चालन भइरहेको अस्पतालका निमित्त कार्यालय प्रमुख योगेन्द्र कट्टेलले जानकारी दिएको छ ।
वडा नं २ स्थित वडा कार्यालयको सभाहलमा आयोजना भएको उक्त क्लिनिक समुद्घाटन समारोहमा नगर प्रमुख रमेश कार्की, नगर उप–प्रमुख नन्दकुमारी सुनुवार , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कट्वाल , के.एच.डि. सि. नेपालका संरक्षक प्राध्यापक डाक्टर संजीव शर्मा , अध्यक्ष डाक्टर राजेन्द्र प्रसाद पोखरेल , चतरा अस्पताका पुर्व अध्यक्ष होमकुमार शर्मा , डाक्टर नविन अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

चतरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नं २ का अध्यक्ष होमप्रसाद गौतमको सभाध्यक्षतामा आयोजना भएको उक्त समुद्घाटन कार्यक्रमको सञ्चालक अस्पताल व्यवस्थापन समितिका सदस्य गोकुल गुरागाईले गरेका थिए

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved