सोलु/ नेपाली सेनाको अगुवाइमा यसपटक सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले बुधबारसम्म ४ मानव शव, केही अस्थिपञ्जर र ११ टन फोहर संकलन गरेको छ ।नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार बुधबार मात्रै दुईवटा शव निकालेर काठमाडौँको महाराजगन्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । सगरमाथा हिमालको बाल्कोनी ईलाका (८४३० मि) र ल्होत्से क्याम्प–४ ईलाका (७९०० मि) मा रहेका दुईवटा शवलाई बुधबार हवाईमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाका लागि बुझाएको निर्देशनालयले जनाएको छ । गत चैत २९ गते सुरु भएको अभियानअन्तर्गत हालसम्म
एजेन्सी/ कुनै व्यक्तिलाई उसको योगदानको आधारमा मानार्थ विद्यावारिधि (डक्टरेट) को उपाधि दिने गरिन्छ । तर, जनावरलाई पनि विद्यावारिधिको उपाधि प्रदान गरिएको सुन्दा भने अचम्म लाग्न सक्छ । संयुक्त राज्य अमेरिकाको भर्मन्ट विश्वविद्यालयले गत हप्ता विद्यार्थीहरूको स्नातक हुनुअघि एक बिरालोलाई मानार्थ विद्यावारिधिको उपाधि दिएको छ । म्याक्स नाम गरेको उक्त बिरालोलाई ‘डक्टर अफ लिटर–एचर’ को मानार्थ डिग्री प्रदान गरेको हो । डेलीमेलका अनुसार म्याक्सले विद्यार्थी, शिक्षक र कर्मचारी सबैसँग मिलनसार व्यवहार गरेको भन्दै उक्त उपाधिले सम्मानित गरेको हो । भर्मन्ट विश्वविद्यालयको क्यासलटन क्याम
इटहरी/ वुधबार इटहरीको एक नीजि विद्यालयमा विद्यार्थी निर्घात कुटिएका छन भने अभिभावकलाई धम्की दिएको छ । शिक्षादीप बोर्डिङ स्कुल इटहरी १६ मा रहेको शिक्षकले १४ वर्षिय विद्यार्थीमाथि बुधबार निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट कक्षा ९ मा अध्ययनरत विद्यार्थी अंसल बुढाथोकीको शरीरका विभिन्न भागमा निलडाम बसेको छ । साँझ स्थानिय मेडिकलमा प्राथमिक उपचार गरिएका बुढाथोकीलाई अहिले दुःखाइ बढेपछि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको उनका ठूलोबुवा राजनले जानकारी दिए । गणित पढाउने शिक्षक पुर्णप्रसाद पोख्रेल (पीपी पोख्रेल) ले हात, ढाड तथा नितम्बमा कुटेको राजनले बताएका छन् । पहिलो घण्टीमा होमकर्व नगरे
धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर’ को चौथो शृङ्खलाको सेमी फाइनलबाट उत्कृष्ट १५ जना सहभागीहरू छानिएका छन् । उनीहरूले अन्तिम चरणमा प्रवेश गरेका छन् । मङ्गलबार सम्पन्न सेमी फाइनलका लागि ‘लागूऔषध दुव्र्यसन : चुनौती र समाधानका उपाय’, ‘ट्राफिक नियम उल्लङ्घन : चुनौती र समाधानका उपाय’, ‘जलवायु परिवर्तन : चुनौती र समाधानका उपाय’ र ‘विद्यार्थी र देशको भविष्य’ गरी चारवटा शीर्षकहरू दियउको थियो । सहभागीहरूलाई यी चार शीर्षकमध्ये आफुले रोजेको कुनै एक शीर्षकमा बोल्न दिइएको थियो । सहभागी १९ मध्ये चारजना सेमी फाइनलबाट बाहिरिएका छन् । प्रतिय
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ३ स्थित नडाहमा एसईई कप फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । कक्षा १० अर्थात एसईईको परीक्षा दिएर बसेका छात्रहरुलाई केन्द्रित गरेर स्थानीय स्थानीय स्काई ईङ्लिस स्कुलको संरक्षणमा रहेको स्काई फुटबल एकेडेमिले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । स्थानीय एभरेस्ट फुटबल क्लबको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा सुनसरीमा रहेका २२ वटा संस्थागत तथा सामुदायिक बिद्यालयले प्रतियोगितामा सहभागिता जनाउने आयोजक स्काई फुटबल एकेडेमीका प्रशिक्षक सुमन कार्कीले बताए । एसईई परीक्षा दिएर बसेका बिद्यार्थीहरु सहभागी हुने प्रतियोगिता जेठ १९ गतेबाट सुरु भएर असार
धरान/ स्थानीय सरकारको माहतहतमा रहेको आधारभूत स्वास्थ्य केन्द्रबाट सर्वसुलभ ढंगबाट उपचार गराउन पाएकोमा सर्वसाधारणले खुशी व्यक्त गरेका छन् । अत्यावश्यक नागरिकले पाउने अधिकार स्वास्थ्य उपचार स्थानीय सरकारको वडा वडाबाटै गर्न थालेपछि हर्षितमात्र हैन विविध बर्षौदेखि उपचार गराउन नपाउनेहरुले समेत राहत महसुस गरेका छन् । धरान ८ की ५५ बर्षीया विमला गुरुङ धरान ८ स्थित रहेको आधारभूत स्वास्थ्य केन्द्रमा उपचार गराउन पुग्दा हर्षित मुद्रामा थिइन् । मंगलबार वडाले पाठेघरसम्बन्धी मुखको क्याम्पसको सेम्बुल दिएकी उनले फेरि वडाले एजडिसीसँग समन्वय गरेर रगतको माध्याबाट ‘होलबडी चेकअप’ गर्न पाएको प्रत
विराटनगर/ सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरूको छाता संगठन (पान) मोरङको प्रथम अबिधेशनले नया कार्यसमिति चयन गरेको छ । साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गरेको छ । पानले आगामी गतिविधिहरु पालिका स्तरसम्म पुर्याउने समेत जनाएको छ । यो संस्थाले अन्तर्राष्ट्रिय संस्थाहरूसँग सञ्जालीकृत कार्यक्रमहरू गरेर प्रधानाध्यापकको क्षमता विकास र प्रशासनिक दक्षतामा केन्द्रित गर्न समेत निर्णय गरेको छ । भेला कबीर माध्यमिक विद्यालय बेलबारीका प्रधानाध्यापक तथा पानका संयोजक छत्रपति दाहालको अध्यक्षतामा सम्पन्न भएको हो । कोशी प्रदेश सरकारका सामाजि
काठमाडौं / सरकारले अबदेखि महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी दिने भएको छ । मंगलबार गणतन्त्र दिवसको अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीको समयमा ४ दिनसमम ट्राफिक प्रहरीलाई छुट्टी दिने घोषणा गरेका छन् । लामिछानेलले मापसे कारबाहीमा परेकालाई सडकमा खटाउने पनि घोषणा गरेका छन् । यसअघि महिला प्रहरीलाई महिनावारीको समयमा छुट्टी दिने व्यवस्था गरिएको थिएन ।गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम
काठमाडौं/ अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख गरेका हुन् । अर्थमन्त्री पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन् । शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
धरान/ लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कोशी प्रदेशले सिरीजंगा विश्वविद्यालय बनाउन माग गरेको छ । महासंघले आइतबार कोशी प्रदेशका मुख्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण सहित कार्यक्रम र वजेट माग गर्दै सिरिजंगा विश्व विद्यालय वनाउन माग गरेको हो । महासंघका अध्यक्ष हरि थुलङ र सचिव पशुपति राई(नुलाम) ले मुख्यमन्त्री हिक्मत कार्कीलाई भेटर उक्त विश्व विद्यालय वनाउनको लागि माग गरिएको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ,‘कोशी प्रदेशभरी वसोवास गर्ने याक्थुङ(लिम्वू) राई(सो अन्र्तगत पर्ने करिव १२ भाषिक समुदाय) सुनुवार र हायू लगायत आदिवासी जनजातीहरुको मातृभाषाहरुको लिखित अभिव्यतिmको एकमात्र माध्यम