सिरीजंगा विश्व विद्यालय वनाउन माग

  • जेठ १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कोशी प्रदेशले सिरीजंगा विश्वविद्यालय बनाउन माग गरेको छ ।

महासंघले आइतबार कोशी प्रदेशका मुख्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण सहित कार्यक्रम र वजेट माग गर्दै सिरिजंगा विश्व विद्यालय वनाउन माग गरेको हो ।

महासंघका अध्यक्ष हरि थुलङ र सचिव पशुपति राई(नुलाम) ले मुख्यमन्त्री हिक्मत कार्कीलाई भेटर उक्त विश्व विद्यालय वनाउनको लागि माग गरिएको छ । 

ध्यानाकर्षण पत्रमा भनिएको छ,‘कोशी प्रदेशभरी वसोवास गर्ने याक्थुङ(लिम्वू) राई(सो अन्र्तगत पर्ने करिव १२ भाषिक समुदाय) सुनुवार र हायू लगायत आदिवासी जनजातीहरुको मातृभाषाहरुको लिखित अभिव्यतिmको एकमात्र माध्यमको रुपमा रहेको सिरीजंगा लिपीलाई सरकारले आधारभुत तहदेखि विश्व विद्यालय सम्म विकास हुने गरी आगामी आर्थिक वर्षको वजेट तथा कार्यक्रममा समावेश गर्न अनुरोध छ ।’

नेपालको संविधानको धारा ३१(५) वमोजिम सिरीजंगा पाठशाला तथा विश्वविद्यालय ( सिरीजंगा निसाम हिम) स्थापना र सन्चालन बारे आ.ब. भि विस्तृत संभ्याव्यता अध्ययन गर्न उच्च स्तरीय कार्यदल गर्न समेत माग गरिएको छ ।

सचिव पशुपति ( नुलाम) राईका अनुसार कोशी प्रदेशको जुनसुकै स्थानमा भएपनि सिरिजंगा पाठशाला र विश्विद्यालय वनाउन सकिने तर धरान नै उपयुक्तm हुने वताए । त्यसका लागि मुख्यमन्त्री हाम्रो मागहरु प्रति सकारात्मक भएको भन्दै आगामी दिनमा वजेट सहित पहल गरिने प्रतिवद्धता गरेको सचिव राईले बताएका छन् ।

मुख्यमन्त्रीलाई वुझाएको ज्ञापन पत्रमा किराँतहरुको आस्थाको केन्द्र खुवालुङलाई संरक्षण ,आदिवासी जनजातीहरुको भाषा,धर्म संस्कृत संरक्षण ,तराईमा वसोवास गर्ने थारु,धिमाल,राजवंशी,मेच,उराव,खवास लगायतको धार्मिक स्थललाई संरक्षण ,आदिवासी जनजातीको संस्कृति र सभ्यता संरक्षण गर्न महोत्सव , धरान स्थित किराँतीहरुको ऐतिहासिक विजयपुर दरवारलाई संरक्षण र व्यवस्थित गर्नको लागि पनि बजेट माग गरिएको छ ।

मुख्यमन्त्री कार्की हाम्रा माग प्रति सकारात्मक रहेको र आगामी आर्थिक वर्षमा वजेट तथा कार्यक्रम अन्र्तगत समावेश गरिने प्रतिवद्धता गरेको राईको भनाई छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved