एसईई स्पिकरको अन्तिम चरणमा १५ जना

  • जेठ १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर’ को चौथो शृङ्खलाको सेमी फाइनलबाट उत्कृष्ट १५ जना सहभागीहरू छानिएका छन् । उनीहरूले अन्तिम चरणमा प्रवेश गरेका छन् ।

मङ्गलबार सम्पन्न सेमी फाइनलका लागि ‘लागूऔषध दुव्र्यसन : चुनौती र समाधानका उपाय’, ‘ट्राफिक नियम उल्लङ्घन : चुनौती र समाधानका उपाय’, ‘जलवायु परिवर्तन : चुनौती र समाधानका उपाय’ र ‘विद्यार्थी र देशको भविष्य’ गरी चारवटा शीर्षकहरू दियउको थियो ।

सहभागीहरूलाई यी चार शीर्षकमध्ये आफुले रोजेको कुनै एक शीर्षकमा बोल्न दिइएको थियो । सहभागी १९ मध्ये चारजना सेमी फाइनलबाट बाहिरिएका छन् । 

प्रतियोगिताका निर्णायकहरूमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही र सहिद स्मृति माविका शिक्षक टङ्क भट्टराई रहेका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, सहिद स्मृति माविका प्रधानाध्यापक रामबहादुर विष्ट, हिमाल कार्की, राम लिम्बू, कैलाश लिम्बू, हरिहर कोइरालालगायत उपस्थित थिए । 1717068283853

एसईई दिएर बसेका विद्यार्थीहरूको खाली समयको सदुपयोग गर्दै उनीहरूलाई उचित अवसर प्रदान गर्ने उद्देश्यले हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने गरिएको आयोजक र्याडिकल लाइट नेपालका अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्नेले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदका साथै प्लस टु अध्ययनका लागि शतप्रतिशत, ७० प्रतिशत, ६० प्रतिशत र ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा यही जेठ अन्तिम साता हुने आयोजकले जनाएको छ ।1716200766081

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

हाइवे विस्तारबाट जग् ...

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरिखिम् ...

६२ प्रतिशत काम सम्पन ...

धनकुटा । तराइदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने छोटो ...

शिक्षक आन्दोलनले निर ...

धरान । शिक्षा एउन जारी गर्न माग गर्दै निरन्तर आन्दोलनमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved