धरान/ स्थानीय सरकारको माहतहतमा रहेको आधारभूत स्वास्थ्य केन्द्रबाट सर्वसुलभ ढंगबाट उपचार गराउन पाएकोमा सर्वसाधारणले खुशी व्यक्त गरेका छन् ।
अत्यावश्यक नागरिकले पाउने अधिकार स्वास्थ्य उपचार स्थानीय सरकारको वडा वडाबाटै गर्न थालेपछि हर्षितमात्र हैन विविध बर्षौदेखि उपचार गराउन नपाउनेहरुले समेत राहत महसुस गरेका छन् ।
धरान ८ की ५५ बर्षीया विमला गुरुङ धरान ८ स्थित रहेको आधारभूत स्वास्थ्य केन्द्रमा उपचार गराउन पुग्दा हर्षित मुद्रामा थिइन् ।
मंगलबार वडाले पाठेघरसम्बन्धी मुखको क्याम्पसको सेम्बुल दिएकी उनले फेरि वडाले एजडिसीसँग समन्वय गरेर रगतको माध्याबाट ‘होलबडी चेकअप’ गर्न पाएको प्रति वडा कार्यालयलाई धन्यवाद समेत दिइन् ।
उनीमात्र हैन ‘होलबडी चेकअप’ मा पुगेका पुरुषोतम ढकालले समेत गुरुङ जस्तै खुशी प्रकट गरे । उनले एचडिसीमार्फत वडाले आधारभूत स्वास्थ्य केन्द्रमार्फत होलबडी चेक गर्न पाएको खुशी गरेका हुन् ।
यी त उदाहरणपात्र मात्र हुन् यस्ता अन्य सर्वसाधारणले वडाबाट सञ्चालन भएको आधारभूत स्वास्थ्य केन्द्रले सर्वसाधारणको स्वास्थ्यलाई लक्षित गरी विभिन्न प्रकारका शिविरहरु आयोजना गर्न थालेपछि भने उनीहरु लाभान्वित भएको महसुस गर्न थालेका छन् ।
वडाले हिजो अर्थात आइतबार स्थानीय सरकार धरान उपमहानगरपालिकाल प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर महिलामा पछिल्लो समय विकराल अवस्था बन्दै गएको पाठेघरको मुख क्यान्सरसम्बन्धी ल्यावटेष्ट संकलन गरेको थियो भने सोमबार वडाले प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्माले सञ्चालन गर्दै आउनु भएको एचडिसी कार्यक्रम अन्तर्गत समन्वय गरेर वडामा रहेका १ सय जना सर्वसाधारणको होलबडी चेकअप गराएको थियो ।
सर्वसाधारणको स्वास्थ्य पहुचलाई मध्यनजर गरी वडाबाटै विविध प्रकारको चेकअप गराइएको धरान उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष धनबहादुर राईले बताए ।
विशेष गरी महिलामा हुने समस्यामा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरिरहँदा सबैलाई समेट्ने खालको समेत कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखेर महिलाको पाठेघर सम्बन्धी रे सबैलाई लक्षित गरी होलबडी चेकअप गरिएको धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सावित्रा परियारले जानकारी दिइन् ।
धरान उपमहानगरपालिकाले २० वडामै रहेका आधारभूत स्वास्थ्य केन्द्रमार्फत समय सान्दर्भिक सर्वसाधारणलाई लक्षित गरी चेकजाँच गराउँदै आएका छन् ।
त्यसमध्ये पनि पछिल्लो समय स्वास्थ्यमन्त्रालयमार्फत सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर सम्बन्धी ल्यावटेष्टलाई प्राथमिकताका साथ अगाडि बढाएका छन् ।
गत जेष्ठ ११ गते गरिएको सो ल्यावटेष्टबाट ५ सय ३७ जना महिलाले सेवा लिन पाएका छन् । यो अभियान प्रभावकारी बन्दै गएका कारणयसलाई निरन्तता दिने धरान उपमहानगरपालिका स्वाथ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।
गरिब, असहाय तथा विभिन्न कारणले स्वास्थ्य चेकजाँचमा पहुच नपुगेका सर्वसाधारणलाई लक्षित गरी वडा वडामा सञ्चालन भएको आधारभूत स्वास्थ्य केन्द्रबाट विभिन्न प्रकारका चेकजाँच गराउन पाएका छन् । वडाबाटै विभिँन्न प्रकारका उपचार सहज रुपमा गराउन पाएकोप्रति उनीहरुलाई राहत मिलेको छ ।
स्थानीय सरकारले सर्वसाधारणको स्वास्थ्यसम्बन्धी देखाएको गम्भीरताप्रति धरानबासीहरुले खुलेरै प्रशंसा समेत गरेका छन् ।