वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ३ स्थित नडाहमा एसईई कप फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।
कक्षा १० अर्थात एसईईको परीक्षा दिएर बसेका छात्रहरुलाई केन्द्रित गरेर स्थानीय
स्थानीय स्काई ईङ्लिस स्कुलको संरक्षणमा रहेको स्काई फुटबल एकेडेमिले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।
स्थानीय एभरेस्ट फुटबल क्लबको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा सुनसरीमा रहेका २२ वटा संस्थागत तथा सामुदायिक बिद्यालयले प्रतियोगितामा सहभागिता जनाउने आयोजक स्काई फुटबल एकेडेमीका प्रशिक्षक सुमन कार्कीले बताए ।
एसईई परीक्षा दिएर बसेका बिद्यार्थीहरु सहभागी हुने प्रतियोगिता जेठ १९ गतेबाट सुरु भएर असार १ गते सम्पन् हुनेछ ।
बिद्यार्थीहरुलाई लागू पदार्थ दुब्यसनीबाट टाढा राख्न र लागू पदार्थ दुब्यसनी बिरुद्ब सचेतना जगाउने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको बिजेताले नगद ३० हजार सहित ट्रफि , म्याडल र प्रमाण पत्र प्रप्त गर्नेछ ।
भने उप- बिजेताले नगद १५ हजार सहित ट्रफि , म्याडल र प्रमाण पत्र प्रप्त गर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट बिधागत खेलाडीलाई नगद सहित ट्रफीले पुरस्कृत गरिने र प्रतियोगिताबाट उत्कृष्ट २२ जना खेलाडि छनोट गरि टिम तयार बनाएर ति खेलाडिहरुलाई प्लस टू सम्म छात्रवृति प्रदान गरिनेछ ।
प्रतियोगिताको कुल लागद २ लाख अनुमानित गरिएको आयोजक स्काई फुटबल एकेडेमीका प्रशिक्षक सुमन कार्कीले बताए ।