पान मोरङको अध्यक्षमा काफ्ले

  • जेठ १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरूको छाता संगठन (पान) मोरङको प्रथम अबिधेशनले नया कार्यसमिति चयन गरेको छ ।

साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गरेको छ । पानले आगामी गतिविधिहरु पालिका स्तरसम्म पुर्याउने समेत जनाएको छ ।

यो संस्थाले अन्तर्राष्ट्रिय संस्थाहरूसँग सञ्जालीकृत कार्यक्रमहरू गरेर प्रधानाध्यापकको क्षमता विकास र प्रशासनिक दक्षतामा केन्द्रित गर्न समेत निर्णय गरेको छ । भेला कबीर माध्यमिक विद्यालय बेलबारीका प्रधानाध्यापक तथा पानका संयोजक छत्रपति दाहालको अध्यक्षतामा सम्पन्न भएको हो ।

कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई को प्रमुख आतिथ्यता र आन्तरिक मामिला तथा कानुन मन्त्री लीला बल्लभ अधिकारीको विशेष अतिथ्यतामा अबिधेशन सम्पन्न भएको हो ।

सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम, सुनसरी पानका अध्यक्ष पशुपति सिग्देल संखुवासभा पानका अध्यक्ष कुबेर प्रसाद भेटवाल कोशी प्रदेश पानका अध्यक्ष ईश्वरसिंह मेवाङ राई लगायतको उपस्थिति रहेको थियो ।

जिल्लाभरिका ७५ भन्दा बढी प्रधानाध्यापक सहभागि रहेको संयोक दाहालले बताए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved