इटहरीमा निर्घात विद्यार्थी कुटिए, अभिभावकलाई धम्की

  • जेठ १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ वुधबार इटहरीको एक नीजि विद्यालयमा विद्यार्थी निर्घात कुटिएका छन भने अभिभावकलाई धम्की दिएको छ ।

शिक्षादीप बोर्डिङ स्कुल इटहरी १६ मा रहेको शिक्षकले १४ वर्षिय विद्यार्थीमाथि बुधबार निर्घात कुटपिट गरेका छन् ।

कुटपिटबाट कक्षा ९ मा अध्ययनरत विद्यार्थी अंसल बुढाथोकीको शरीरका विभिन्न भागमा निलडाम बसेको छ । साँझ स्थानिय मेडिकलमा प्राथमिक उपचार गरिएका बुढाथोकीलाई अहिले दुःखाइ बढेपछि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको उनका ठूलोबुवा राजनले जानकारी दिए ।

गणित पढाउने शिक्षक पुर्णप्रसाद पोख्रेल (पीपी पोख्रेल) ले हात, ढाड तथा नितम्बमा कुटेको राजनले बताएका छन् ।

पहिलो घण्टीमा होमकर्व नगरेको निहुँमा कुटिएका अंसललाई गाह्रो भयो भनिरहँदा पनि दिनभरी कक्षामा राखेर यातना दिएको समेत उनले बताएका छन् ।‘

अन्धधुन्द कुटेर बेहोस बनाए, गाह्रो भयो, घर जान्छु भन्दा पनि दिनभर कसैले नसुनी बेन्चमै राखे,’ राजनले भने, ‘उसका साथीहरुले पटक पटक उसको पक्षमा बोलिदिँदा पनि कुनै शिक्षकले र विद्यालय व्यवस्थापनले वास्ता गरेनन् ।’

कुट्ने शिक्षकले अन्य कक्षामा गएर आफूले अंसललाई कुटेको सगर्व बताएको समेत राजनले जानकारी दिए ।राजनका अनुसार अविभावकलाई भनेमा झन् कुट्ने धम्की शिक्षकले दिएका थिए ।

‘साढे पाँच बजे ऊ घर आएको थियो, तर हामीलाई केही भनेन, बरु अर्को अविभावकबाट हामीले कुरा थाहा पायौं,’ उनले भने, ‘अंसलले कुटाइ खाएको कुरा उसका साथीले अविभावकलाई भनेछन्, अनि तेस्रो पक्षबाट हामीले थाहा पायौं ।’त्यसपछि स्कुललाई सम्पर्क गर्दा स्कुलले गैह्रजिम्मेवारीपूर्ण जवाफ दिएको पनि राजनले बताए ।

त्यसपछि आफूहरुले इलाका प्रहरी कार्यालयमा ठाडो उजुरी दिएको बताए । त्यसपछि भने विद्यालयले कुटपिट गर्ने शिक्षकलाई कारवाही गर्न सहयोग गर्ने आश्वासन दिएको उनले बताए ।

‘हिजो बेलुका जानकारी गराउनुभएको थियो, आज जाहेरी दिँदै हुनुहुन्छ, सर्सर्ती हेर्दा कुटपिट भएको देखिन्छ,’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले भने ।सो विषयमा विद्यालयको भनाई बुझ्न प्रिन्सिपल सहदेव काफ्लेलाई फोन गर्दा उनको फोन उठेन । उनी जनता बहुमुखी क्याम्पस स्ववियु सभापती हुन् ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved