शिक्षा

    Showing 91-100 of 1,443 items.
  • धरानजस्तो सहरमा बाँसको पुल! जोखिम मोलेर यात्रा गर्न बाध्य देउरालीबासी

    धरान/ पूर्वी नेपालकै सुन्दर र विकसित सहर मानिने धरान उपमहानगरपालिकाको मुटुमा पर्ने देउराली क्षेत्रका बासिन्दा अझै पनि बाँसको कच्ची पुलमार्फत जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्। धरान उपमहानगरपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने देउराली, आँपटार र ठिंगाबारीका स्थानीयले वर्षायाम सुरु भएसँगै निशाने खोलामा आउने बाढीका कारण बाँसको अस्थायी पुल निर्माण गरेका हुन्। खोला पार नगरी धरान बजारसम्म पुग्न नसकिने अवस्था भएपछि उनीहरूले यो जोखिमपूर्ण विकल्प रोज्नुपरेको हो। "धरानजस्तो ठाउँमा वर्षेनी हामी बाँसको पुल बनाउँदै हिँड्नुपर्छ भन्ने कुरो आफैंमा लाजमर्दो हो," एक स्थानीयले आक्रोश पोखे, "शहरमा सडक, भवन र

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 641 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३३औँ स्थापना दिवसमा नेपाल प्रेस युनियन सुनसरीद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

    इटहरी/  नेपाल प्रेस युनियन सुनसरीले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा मङ्गलवार इटहरीमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। इटहरी उपमहानगरपालिका कार्यालय अगाडिबाट सुरु भएको र्‍यालीले विभिन्न चोकहरूको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कोणसभामा बोल्दै नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा अग्रज पत्रकार हर्ष सुब्बाले स्वरोजगारमुखी मिडिया हाउसहरूलाई सुदृढ बनाउन आवश्यक रहेको बताए। सञ्चारकर्मीहरूलाई आत्मनिर्भर बनाउने खालका संरचनागत पहलको खाँचो औंल्याउँदै उनले मिडिया क्षेत्रमा दिगो विकासका लागि स

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 144 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षाविद् गोकुल श्रेष्ठको अविश्रान्त यात्रा सार्वजनिक

    धरान/  शिक्षाविद् गोकुलप्रसाद श्रेष्ठको आत्मकथामा आधारित ‘अविश्रान्त यात्रा’ पुस्तकको शनिवार विमोचन गरिएको छ । धरान ७ सिद्धि नेवाः परिषद्मा आयोजित एक कार्यक्रमका बीच शिक्षाविद् श्रेष्ठद्वरा लिखित अविश्रान्त यात्राको सार्वजनिक गरिएको हो ।लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित धरानका शिक्षाविद् गोकुलप्रसाद श्रेष्ठले आफ्नै जीवनमा आधारित ‘अविश्रान्त यात्रा’ को विमोचन गरिएको छ । पुस्तकको विमोचन धरानका साहित्यकार, भाषाविद् प्रा.डा. टंक न्यौपानेले गरेका थिए । धरानको शिक्षा सदन माविमा प्रअको भूमिका लामो समयसम्म रहनु भएका श्रेष्ठले शिक्षा क्षेत्रमा गरेका सह्रानीय प्रय

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 193 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • के मैदा साँच्चै नै हानिकारक हो त?

    अहिले प्राय सामजिक सन्जाल मा र प्राय भारत मा मम र चाउमिन मा मैदा को प्रयोग हुन्छ र यो प्रशोधित पिठो हो र फाइबरको अभावले पाचनमा समस्या ,कब्जियत र अपच हुने सम्भावना हुन्छ।   प्रशोधन गर्दा हानिकारक केमिकल (जस्तै: Benzoyl Peroxide, Potassium Bromate) प्रयोग हुन्छ त्यसैले मम चाउमिन हानिकारक खाध्य बस्तु हो भन्ने खालको पोस्ट देखिन्छ्।   के मम चाउमिन बास्तब मा शरिर को लागि हानि कारक छ ?  मैदा माथि भनिए झै हानिकारक खाध्य हो?  पहिले मैदा बाट के के बन्छ हेरौ है , प्राय सबै बेकरि प्रोडक्ट केक , पेस्ट्री , पाउरोटि डोनट ।   प्राय धेरै जसो भारतिय  स्नयाक्स समोसा,  नि

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 692 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागुऔषधसहित ७ जना पक्राउ, ठूलो मात्रामा गाँजासमेत बरामद

    धरान/  धरानमा लागुऔषध सम्बन्धी छुट्टाछुट्टै घटनामा सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूबाट विभिन्न प्रकारका प्रतिबन्धित लागुऔषध र ठूलो मात्रामा गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। धरान उपमहानगरपालिका वडा नं. ८ र ११ क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ट्रामोल ७९५ क्याप्सुल र कोलिवान ७८५ पिससहित ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान–११ का १८ वर्षीय आशिष तामाङ, धरान–८ का २३ वर्षीय अनिल लिम्बू र १८ वर्षीय अनिल मगर, धरान–१७ का २२ वर्षीय राजकुमार राई, २८ वर्षीय अनिल मगर तथा धरान–१९ का १८ वर्षीय अनिष मगर रहेका छन्। यसैबीच, वै

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 2,139 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक सुरक्षा कार्यान्वयन बारे कार्यशाला

    धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले लगानी र श्रम बजारमा उत्पन्न तरलताकाबीच सामाजिक सुरक्षा कार्यान्वयन अनिवार्य बनेको सन्दर्भमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले विषयका विज्ञ मार्फत परिवर्तित सार्वजनिक यातायात क्षेत्र चुनौती र सामाजिक सुरक्षा कार्यान्वयन बारे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले कार्यशाला प्रशिक्षण गरेको छ ।आइतबार सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सितार होटलमा आयोजित कार्यशालामा प्रदेशभरीका १ सय २५ जनाको सहभागीतामा कार्यशाला भएको हो । कार्यशालामा विषय विज्ञका रुपमा सामाजिक सुरक्षा कोष काठमाण्डौंका उपनिर्देशक रोहित रेग्मीले सामाजिक सुरक्षा कोषमा आवद्धता हुँ

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 335 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विषालु च्याउ खाँदा इलाममा तीनजनाको ज्यान गयो

    इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा जङ्गली च्याउ खाँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ। मृतकहरूमा ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावती रहेका छन्। झापाको बिर्तामोडस्थित बीएनसी अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार करिब ६ दिनअघि चिया बगान क्षेत्रमा उम्रिएको जङ्गली च्याउको तरकारी खाएपछि उनीहरू बिरामी परेका थिए। मनिषा र नुमाको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा पहिल्यै मृत्यु भइसकेको थियो भने अमर लावतीको आज बीएनसी अस्पतालमा निधन भएको हो। हरेक वर्षायाममा यस्ता विषालु च्याउ खाँदा अकालमा ज्यान जाने घटना दोहोरिँदै आएको छ। ज

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 267 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा समता दिवस मनाइयो, कांग्रेसद्वारा सहभोज तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले धरानमा शुभकामना आदान–प्रदान तथा सहभोज कार्यक्रम आयोजना गरेको छ। कांग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो। मुख्य अतिथि विश्वकर्माले देशमा अझै पनि जातीय विभेद र छुवाछुतको अवस्था कायमै रहेको बताए। “पूर्वतिर केही कम भए पनि पश्चिम नेपालमा अझै पनि विकराल अवस्था देखिन्छ,” उनले भने, “जातीय विभेदको अन्त्यका लागि कांग्रेसले ऐतिहासिक काम गरेको छ।” उनले २०४७, २०६३ र २०७२ सालक

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 182 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान भित्रको दुर्गम गाउ

    धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालिकामा गाभिएपछि ४ नं. वडा बनेपनि धरान उपमहानगरपालिकाभन्दा अलग पहिचान बोकेको छ । यो वडा उपमहानगरपालिकामा गाभिए पनि अन्य वडाको दाँजोमा विकासले फड्को मार्न सकेको छैन ।धरान उपमहनगरपालका वडा नं. ४ पाँचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा गाभिएको झण्डै दश बर्ष पुग्न लागे पनि यो वडा सडक सञ्जाल, खानेपानी तथा सञ्चारको क्षेत्रमा पछाडि रहेको छ । उपमहानगरपालिकामा गाभिए पनि यस वडामा अधिकांश सडक कच्ची छन्, खानेपानीको समस्याले सर्वसाधारण अझै सास्ती भोग्नु परेको छ भने प्रविधिको विकाससँगै सञ्चारको सुविधा समेत छैन । अहिलेसम्म यो वडामा ३ सय मिटर सडकमात्र का

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 258 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रका जनप्रतिनिधिको ३ वर्ष : विपद्‌मा साथ, बिकासमा फड्को

    वराहक्षेत्र/ स्थानीय तहको निर्वाचन २०७९ को वैशाख ३० गते सम्पन्न भएको तीन वर्ष पुगिसकेको छ। त्यसपछि २०७९ जेठ ११ गते नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवारसहित वडा अध्यक्षहरूले शपथग्रहण गर्दै वराहक्षेत्र नगरपालिका सञ्चालनको जिम्मेवारी सम्हालेका थिए। तीन वर्षे कार्यकालमा जनप्रतिनिधिहरूले विपद्‌ व्यवस्थापनदेखि स्वास्थ्य, शिक्षा, पर्यटन र भौतिक पूर्वाधारमा उल्लेखनीय काम गरेको स्थानीयवासी बताउँछन्। विशेषगरी विपद्‌को बेलामा तत्काल उपस्थिति, दुर्गम बस्तीमा सडक सञ्जाल, धार्मिक र पर्यटकीय क्षेत्रको प्रवर्द्धन, तथा शिक्षा–स्वास्थ्यमा सुधार जनताको अनुभूतिमा परेको छ। नगरप

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 293 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved