प्राइम भिजन कलेजको भव्य दीक्षान्त समारोह सम्पन्न  ‘स्टुडेन्ट अफ द इयर’ सुषिला श्रेष्ठ सम्मानित

  • जेठ २८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज (PVIHM), धरानले इटहरीस्थित होटल रामाडा बाइ विन्डहममा भव्य दीक्षान्त तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न गरेको छ।

समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिनुका साथै विविध सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अविषेक श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख ऐन्द्र विक्रम बेघा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। LCCI GQ, का हेड अफ पार्टनरशिप एन्ड ग्रोथ दिवस योञ्जन विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेघाले प्राइम भिजन कलेजले सञ्चालन गरिरहेको सीपमूलक तथा व्यावसायिक शिक्षा अन्य शैक्षिक संस्थाका लागि उदाहरणीय रहेको बताउनुभयो। उहाँले शैक्षिक ज्ञानसँगै व्यावसायिक दक्षता हासिल गरेका विद्यार्थीहरूले भविष्यमा देशको दक्ष जनशक्ति निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले कलेजले धरान मात्र नभई कोशी प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै धरानलाई शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न उल्लेखनीय भूमिका निर्वाह गरिरहेको धारणा राख्नुभयो।

कलेजका सीईओ अविषेक श्रेष्ठले आतिथ्य तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट मापदण्ड कायम गर्ने लक्ष्यसहित संस्था अघि बढिरहेको बताउनुभयो। गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले अभिभावकहरूको विश्वासप्रति आभार प्रकट गर्नुभयो।

कार्यक्रममा कलेजका पूर्वविद्यार्थी तथा हाल प्रतिष्ठित रिसोर्टका व्यवस्थापक अभय शाहले आफ्नो व्यावसायिक यात्राको अनुभव सुनाउँदै कलेजबाट प्राप्त शिक्षा र सीपले सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

यसैबीच, शैक्षिक वर्ष २०२४/२५ को ‘स्टुडेन्ट अफ द इयर’ उपाधिबाट सुषिला श्रेष्ठ सम्मानित हुनुभयो। सम्मान ग्रहणपछि उहाँले आफ्नो सफलतामा कलेज, शिक्षक तथा अभिभावकहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै धन्यवाद व्यक्त गर्नुभयो।

कलेजले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई विशेष पुरस्कार प्रदान गरेको थियो।+२ तहको ‘एकेडेमिक परफर्मर अवार्ड’ भूमिका कटवालले प्राप्त गरिन् भने ADHM कार्यक्रमतर्फको ‘एकेडेमिक परफर्मर अवार्ड’ आयुष शंकरलाई प्रदान गरिएको थियो।

विशेष अतिथि दिवस योञ्जनले उद्योग र शिक्षाबीचको सहकार्य अझ सुदृढ गर्दै विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा प्रमुख मार्केटिङ अधिकृत विशाल शंकरले स्वागत मन्तव्य व्यक्त गर्दै कलेजको शैक्षिक गुणस्तर, उद्योगसँगको सहकार्य तथा विद्यार्थी–केन्द्रित शिक्षण प्रणालीबारे प्रकाश पार्नुभएको थियो।

विद्यार्थी, अभिभावक, शिक्षक, पूर्वविद्यार्थी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको उक्त समारोहले विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्नुका साथै उनीहरूलाई व्यावसायिक र व्यक्तिगत विकासतर्फ थप प्रेरित गरेको कलेजले जनाएको छ।

 

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

श्रम संस्कृति पार्टी ...

इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपा ...

हिबिस्कस बाल क्लबका ...

धरान/ हिबिस्कस बाल क्लबका नव निर्वाचित समितिका पदाधिकार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved