श्रमदान नगरेको भन्दै उपभोक्ताबाट रकम स‌ंकलन, देउराली खानेपानी समितिको आपत्ति

  • जेठ २७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान-५ स्थित देउराली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले खानेपानी आयोजनाको काममा सहभागी नभएको बहानामा उपभोक्ताहरूबाट कुनै पनि प्रकारको चन्दा, शुल्क वा जरिवाना संकलन नगर्न र श्रमदान नगरेकै कारण देखाएर धम्की वा दबाब नदिन सम्बन्धित सबै पक्षसँग जोडदार अनुरोध गरेको छ ।

समितिले बुधबार पत्रकार सम्मेलन गर्दै खानेपानी पाइप लाइन विस्तार तथा मर्मत कार्यका सम्बन्धमा बजारमा फैलाइएका भ्रमपूर्ण सूचना र गैरकानुनी गतिविधिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विगत झैँ पुरानो पाइप लाइन मर्मत र नयाँ विस्तार कार्यका लागि आम उपभोक्ताहरूलाई श्रमदानमार्फत सहयोग गर्न टोल विकास संस्थाहरूलाई आह्वान मात्र गरिएको समितिले स्पष्ट पारेको छ । तर, कोही उपभोक्ता सदस्य श्रमदानमा अनुपस्थित भएको आधारमा कुनै पनि टोल विकास संस्था वा अन्य निकायलाई रकम वा जरिवाना उठाउने कुनै अख्तियारी नदिइएको कुरा विज्ञप्तिमा उल्लेख छ ।

आयोजना सफल पार्न उपभोक्ताको सहज सहभागिता आवश्यक भए तापनि श्रमदानमा नआएकै भरमा ५०० रुपैयाँ, १,००० रुपैयाँ वा अन्य कुनै पनि रकम जरिवाना स्वरूप उठाउने निर्णय वा निर्देशन समितिबाट कहिल्यै नभएको अध्यक्ष जीवन लिम्बूले बताए । समितिको नाम जोडेर गरिने यस्ता गतिविधिले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले सबैलाई सत्यतथ्य बुझेर मात्र सहयोग गर्न र यस्ता भ्रमको पछि नलाग्न समितिले सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक अपिल गरेको छ ।

श्रमदानका नाममा रकम उठाएको आरोप लागेका सामुदायिक टोल विकास संस्थाका अध्यक्ष कवि याक्खाले आरोपको खण्डन गर्ने बताए । उनले पत्रकार सम्मेलन गरेरै जानकारी दिने बताए । सामुदायिक टोल विकास संस्थामा झण्डै ४०० घर धुरी आबद्ध छन् ।

देउराली खानेपानी उपभोक्ता समितिले वडासँग समन्वय गरेर उपभोक्ताको रकम फिर्ता गराउने वा अन्य प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल गर्ने जनाएको छ । उपभोक्ता समितिले हाल बोरिङको काम सञ्चालन गरिरहेको छ । खैरेनीसम्म पाइपलाइन विस्तारको काम अघि बढाएको छ ।

अध्यक्ष लिम्बूका अनुसार साढे ११ लाखको पाइप खरिद गरी काम भइरहेको छ । साढे ३ लाख लिटरको खानेपानीको ट्याङ्की निर्माण गरेको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष लिम्बूका अनुसार समितिमा २४ वटा टोल विकास संस्थाका ३ हजार २ सय ७५ घरधुरी उपभोक्ता छन् ।

श्रम संस्कृति पार्टी ...

इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपा ...

हिबिस्कस बाल क्लबका ...

धरान/ हिबिस्कस बाल क्लबका नव निर्वाचित समितिका पदाधिकार ...

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved