प्रतिभाको कदर गर्दै मेघा–हिमालयनद्वारा विजेताहरूलाई सम्मान र छात्रवृत्ति

  • जेठ २८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका युवायुवतीलाई सम्मान गर्दै आकर्षक छात्रवृत्ति प्रदान गरेको छ।

कलेजको सभाहलमा बिहीबार आयोजित विशेष कार्यक्रममा मिस एसईई–२०८३ की विजेता स्टेला श्रेष्ठ, सेकेन्ड रनरअप स्वस्ती अधिकारी र पब्लिक चोइस अवार्ड विजेता सुप्रभा पाण्डेलाई सम्मान गरिएको थियो। त्यसैगरी मिस प्रोभिन्स आइडल–२०८३ का विजेता स्वर्णिम थापा मगर र फस्ट रनरअप मुस्कान राईलाई पनि सम्मान गरिएको कलेजले जनाएको छ।

कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरे, उप–प्राध्यापक राजेश विद्रोही तथा होटल म्यानेजमेन्ट कोअर्डिनेटर स्मारिका दाहालले विजेताहरूलाई अबिर र खादा लगाई सम्मान गर्नुभएको थियो।
कार्यक्रममा शैक्षिक निर्देशक घिमिरेले मिस एसईई विजेता स्टेला श्रेष्ठ र मिस प्रोभिन्स आइडल विजेता स्वर्णिम थापा मगरलाई प्लस टु अध्ययनका लागि ८० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो। अन्य सम्मानित तीन जना प्रतिभालाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइएको उहाँले बताउनुभयो।

कलेजले प्रतिभावान विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न प्रेरित गर्ने उद्देश्यले सम्मानसँगै छात्रवृत्ति प्रदान गरिएको जनाएको छ। यस कदमले शैक्षिक अवसर विस्तारसँगै विद्यार्थीहरूको प्रतिभा र आत्मविश्वास अभिवृद्धिमा टेवा पुग्ने विश्वास कलेजले व्यक्त गरेको छ।

 

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

खाजा खर्च कटाएर बाढी ...

धरान/ विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved