धनकुटाको महालक्ष्मी नगरपालिकामा कृषकले लगाएको मकैबालीमा फौजीकीराको संक्रमण देखिएको छ । स्थानीय कृषकहरुको सयौं रोपनी क्षेत्रफलमा लगाइएको मकैबालीमा अमेरिकन फौजीकीराको संक्रमण देखिएको हो । महालक्ष्मी नगरका बिभिन्न वडाका किसानहरुले लगाएको ५ सय रोपनी भन्दा बढी क्षेत्रफलको मकैबालीमा फौजीकीराको संक्रमण देखिएको हो । सो नगरपालिकाको वडा नं. ४ स्थित सिकरकटेरी, वडा नं. ५ को बगर, मेलाङ्चुङ, वडा नं. ६ को काफ्ले, आरबोटे लगायत क्षेत्रमा अमेरिकन फैजीकीराको संक्रमण बढी फैलिएको छ । त्यस्तै महालक्ष्मी नगरपालिका–३ का कृषकले लगाएको मकैबालीमा सेमिलोपर प्रजातिको किराको प्रकोप देखिएको छ । यी दुबै प्रजाति
धरान । कोरोनाको संक्रमणबाट बच्नका लागि सुरक्षित खुट्टाले चलाउन सकिने हात धुने धारा धरानका एक समाजसेवी तथा व्यवसायीले सुनसरी उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेका छन् । जेबि स्टिल तथा आइरन इण्डष्ट्रिका संचालक झमक बहादुर बस्नेतले संघलाई खुट्टाद्वारा चलाउन सकिने हात धुने धारा हस्तान्तरण गरेका हुन् । संघको परिषरमा रहने गरि ५ सय लिटरको पानी टंकि सहितको धारा दिएका हुन् । उनले एक कार्यक्रमको आयोजना गरि सोमबार संघका अध्यक्ष गिरिधारी सापकोटालाई हस्तान्तरण गरेका हुन् । धारामा खुट्टाकै माध्यमबाट हेण्डवास पनि निकाल्न सकिन्छ भने खुट्टाले थिचेर धारा समेत खोल्न सकिन्छ । हातबाट कोरोना संक्रमण फैलिन सक्ने भएक
धरान । नेपाल सरकारको उच्च स्तरिय वित्तिय क्षेत्र व्यवस्थापन समन्वय समितीले गरेको निर्णयलाई उल्लंघन गर्दै बैंकहरुले चैत्र महिनाको ब्याज तथा साँवा ऋणीको खाताबाट असुल उपर गरेको भन्दै प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएका छन् । अर्थमन्त्रीको अध्यक्षतामा २०७६ चैत्र १२ गते बसेको उच्चस्त®ीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बैंकहरुले चैत्र मसान्तसम्म कुनैपनि ऋणको सा“वा, ब्याज लिन नपाउने, र ऋणीले स्वविवेकले रकम बुझाएमा ब्याजको १० प्रतिशत छुट गर्नुपर्ने निर्णय गरेको थियो । तर बैंकहरुले नियम विपरित ऋणीको खातामा रहेको मौज्दातबाट ऋणीको अनुमति बिना रकम बैंकले स्वतः कट्टा गरिएको
माया घर ईटहरीलाई धरान निवासी सुनिता न्यौपाने सुव्बाले खाद्यान सामग्री प्रदान गरेको छ । कोरोना संक्रमणका कारण लक डाउनको अवस्थामा दाताहरुको अभावमा माया घरमा आश्रितहरुलाइ खाना खाजा खुवाउन समस्या भएको जानकारी भएपनि उक्त खाद्यान्न माया घर ईटहरीकी उपाध्यक्ष राधिका थापा र सुभद्रा प्याकुरेललाई हस्तान्तरण गरिएको हो । तरुण दल सुनसरीका कार्यवाहक सभापति सन्तोष वि.क. को समन्वयमा सुनसरी टेक्निकल कलेजका मेनेजिङ्ग डाईरेक्टर श्रीमती सुनिता न्यौपाने सुव्वाले आईतवार माया घर ईटहरीमा नै पुगेर हस्तान्तण गरेको थियो । उनले चामल १० बोरा, तेल २ कार्टन, अण्डा ४ क्रेट, दाल १५ केजी, चिनी १५ केजी, नुन ५ केजी, चिउरा ८ पाके
मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले आफ्नो क्षेत्रमा राहत वितरणलाई पृथक शैलीमा सम्पन्न गरिएको बताउनुभएको छ । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले स्थानीय जनप्रतिनिधि र सर्वपक्षीय समितिबीच समन्वयात्मक भूमिकाबाट राहत वितरण र व्यवस्थापन गरिएको जानकारी दिँदै अति भोकाएका २४ सय ८७ घरपरिवारलाई राहत उपलब्ध गराएको फेहरिस्त पस्कनुभएको छ । सुरक्षाकर्मी, सञ्चारकर्मी, टोल सुधार समितिको रोहबरमा वितरित गरिएको सामाग्री स्थानीय जनप्रतिनिधि र सर्वपक्षीय समितिबाट स्वीकृत भएको छ । पारदर्शी व्यवस्थापनका क्षेत्रमा चुस्त पहिलोपुस्ताका नेता आचार्यले संघीय सांसद, प्रदेश सांसद र स्थानीय सहय
मोरङको पूर्वोत्तर क्षेत्रमा रहेको मिक्लाजुङ गापाअन्तर्गत वडा नं। ९, मधुमल्ला बजारमा निःशुल्क खाना खुवाउने कार्यक्रमको संयोजन भएको छ । विश्वमा कोरोना भाइरस संक्रमणको त्रास छाएको छ । यसका कारण देशमा लकडाउन जारी छ । यसले खासगरि दैनिक मजदुरी गर्ने र विपन्न समुदाय बढी प्रभावित भएको छ । स्थानीय सरकारले आफ्नो स्रोत साधानले भ्याएसम्म राहत वितरण गर्दै आएको छ । कतिपय बेलामा यो प्रर्याप्त छैन । यसलाई ध्यानमा राख्दै समाजसेवी छत्र डाँडीले विपन्न परिवारलाई विगत ८ दिनदेखि निःशुल्क खाना खुवाइरहनुभएको छ । आठौं दिन आयोजिक सामूहिक भोजन कार्यक्रम अत्यन्तै भव्य सम्पन्न भएको छ । स्थानीय सामाजिक व्यक्तित्व छत्र डाँग
धरान । लकडाउनका कारण ग्यारेजमै थन्किएका सवारी साधनहरुको लाइसेन्स नविकरण लगायतका कर, शुल्क बैंकको साँवा ब्याज मिनाहा गर्न यातायात व्यवसायीहरुले माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नम्बर १ ले लकडाउन अवधिको सवारी साधनको सरकारी कर, शुल्क र बैंकको साँवा, व्याज मिनाहा गर्न माग गर्दै पहलका लागि प्रदेश नम्बर १ सरकारलाई ८ बुँदे ज्ञापन पत्र बुझाएको छ । कोरोना भाइरसको महामारीका कारण घोषित लकडाउनले यातायात सेवा ठप्प रहँदा ४० लाख भन्दा बढी रोजगारी खोसिएको महासंघका प्रदेश संयोजक सरोज श्रेष्ठले बताए । उनले भने, ‘८० प्रतिशत बढी व्यवसायीहरुले बैंक, वित्तिय संस्था बाट लिएको ऋ
धरान । हङ्गकङमा कार्यरत धरान १५ निवासी खेम लिम्वु र उनको श्रीमति रजना राईद्वारा विपि अस्पतालका विरामि कुरुवाहरुको खानाको लागि आर्थिक सहयोग गरेको छ ।लकडाउनको कारण समस्यामा परेका विरामी कुरुवाहरुको लागि भनेर दम्पतिले एक हजार ५० छाक खानाको लागि नगद ५० हजार रुपैया सहयोग प्रदान गरेका हुन । हाल हङ्गकङमा नै रहेका दम्पतिले तरुण दल सुनसरी कमिटि कार्यवाहक अध्यक्ष सन्तोष विक मार्फत १८ न. वडाध्यक्ष प्रविण राईलाई शुक्रवार रकम हस्तान्तरण गरेका थिए । दाताका अनुसार उनिहरुको प्रतिनिधि समेतको उपस्थितिमा शुक्रवार साँझ ३ सय ५० छाक खाना कुरुवाहरुलाई खुवाएको छ । यसै गरि शनिवार साँझ र आइतावार साँझ सम्म उनीहरुको प्रत
धरान । धरान उपमहानगरपालिकाको आन्तरिक आम्दानीमा कमी आए पछि धरानका योजनाहरुमा ५० प्रतिशत भन्दा बढी कटौती हुने भएको छ । कोरोनाको संक्रमितको संख्या बढ्दै गएको अवश्थामा सरकारले घोषणा गरेको लडाउन पनि लम्बिदै गए पछि धरानको आन्तरिक राजस्व संकलनमा कमी आएको छ भने प्रदेश सरकारबाट आउने ३० करोड रुपैया नआउने निश्चित भएको छ । जसका कारण वडाको योजना, नगर स्तरीय योजना ५० प्रतिशत भन्दा बढी कटौती हुने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए । उनका अनुसार शुरु नभएको नगर गौरवका योजना, वडाको पनि योजनाहरू कटौती र सम्झौता नभएका योजनाहरू सम्झौता नगर्ने, भर्खर मात्र सुरु भएका र पुरा नभएका योजनालाई कार्यान्वयन नगर्ने,
लकडाउनका कारण मारमा परेका सर्वसाधारण नागरिकहरुलाई चौबिसे गाउँपालिका धनकुटाले राहत वितरण गरेको छ । लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्दै आएका गरिब, विपन्न, असहाय परिवारलाई राहत वितरण गरिएको चौबिसे गाउँपालिकाले जनाएको छ । चौबिसे गाउँपालिका अन्तरगत रहेका ८ वटा वडाका एक हजार १ सय १६ घरधुरीलाई पहिलो चरणमा राहत वितरण गरिएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । राहत स्वरुप ४ जनासम्म परिवार संख्या रहेकालाई २५ केजी चामल, एक लिटर तेल र एक केजी नुन वितरण गरिएको छ भने ४ जना भन्दा बढी परिवार सदस्य भएका परिवारलाई ५० केजी चामल, एक लिटर तेल र एक केजी नुन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रश