मोरङ व्यापार संघको ट्रेड एक्स्पो : छ दिनमा १५ करोडको कारोबार

  • चैत्र २४, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान । मोरङ व्यापार संघले विराटनगरमा लगाएको ‘ट्रेड एक्स्पो’ मा १५ करोड बराबरको आर्थिक कारोबार भएको छ ।

६ दिनमा अवधिमा १ लाख ८० हजार जनाले एक्सपो अवलोकन गरेको र १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको संघले जनाएको हो ।

बुधबार मेलास्थलमै आयोजना गरिएको पत्रकार सम्मेलनमा एक्सपो संयोजक विकास बेगवानीले एक दिन समय थप गरिने जानकारी दिए । “चैत १८ देखि २६ गतेसम्म एक्स्पो संचालन गर्ने तय भएकोमा एक दिन बढाउने निर्णय गरेका छौै,”बेगवानीले भने ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने, ‘एक्स्पोमा दर्शक आउनेको संख्या बढेको छ, हामीले सोचेभन्दा पनि धेरै दर्शकहरू आएका छन्, मेलालाई दर्शककले मन पराइदिनुभएको छ ।’ उनका अनुसार एक्स्पोमा सबैभन्दा बढी इलोक्टे«निक र अटोमावाइलको सामानहरू बढी बिक्री भएको जानकारी दिए ।

एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलर सहितका र १ सय ६ वटा सामान्य स्टल रहेको छ । ‘सबै स्टलहरूमा दर्शकको रोजाइमा परेको छ,’ संयोजक बेगवानीले भने । एसीसहितका स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० र सामान्य स्टलका लागि ३० हजार शुल्क तोकिएको छ ।
त्यस्तै अटोमोबाइलका १० स्टल रहेको छ । अटो स्टलका लागि ७० हजार शुल्क निर्धारण गरिएको छ । फुडकोर्टका लागि १० स्टल छन् । एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न दैनिक राष्ट्रिय कलाकालहरूबाट विभिन्न प्रस्तुति दिने गरिएको छ । एक्स्पोमा भारत, बङगलादेश र पाकिस्तानका उत्पादनहरु समेत बिक्री तथा प्रदर्शनीमा राखिएका छन् ।

आउँदो शुक्रबार गायक डम्बर नेपाली र चर्चित गायिका इन्दिरा जोशीको सांगीतिक प्रस्तुती रहेको छ । त्यस्तै जिप लाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायतका साहसिक खेलकुदको व्यवस्था पनि रहेको छ । एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाले आकर्षण थपेको छ । सेल्फी जोनमा फोटो खिच्नेको भीड लाग्ने गरेको छ । एक्स्पोमा नेपाल सँगसँगै भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादनहरु समेत बिक्री वितरणमा राखिएको छ ।

धरानमा एमालेको बिरास ...

 धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्र ...

क्याम्ब्रिज र प्राइम ...

धरान/ पुनःस्थापना गृहमा आश्रय लिएर बसेका व्यक्तिहर ...

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved