वडा ४ का वडाअध्यक्ष धन बहादुरको प्रतिबद्धता : कृषी, एग्रो टुरीजमको प्रवद्र्धन

  • बैशाख २५, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा धरान ४ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार धन बहादुर राई यस वडामा परिचित नाम हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट अध्यक्ष मन बहादुर राईको अध्यक्षतामा उनि खुल्ला सदस्यको रुपमा निर्वाचित भएको थिए ।

अघिल्लो कार्यकालमा जनतासँग गरेका प्रतिबद्धता अनुसारका बिकास, पूर्वाधार निर्माणको काम सुरुवात मात्रै गर्न सफल भएकोले ति कार्यलाई सम्पन्न गरी वडालाई समृद्ध बनाउन आफ्नो उमेदवारी रहेको बताउँछन् । वडा नम्बर ३ को भौगोलिक बनोट बिशेष प्रकारको रहेकाले थोरै लगानीबाट पूर्वाधार विकासको काम गर्न असम्भव जस्तै भएको थियो । नेतृत्वले समन्वयकारी भूमिका निर्माण गर्न नसकेको कारण अधिकांश कार्य अधुरो भएको उनको भनाई छ । गएको ५ बर्षको कार्य अनुभव र स्थानीय जनताको अपार माया साथ सहयोगबाट यस वडाका जनताले बिकास र परिवर्तनको महशुस गर्ने गरी विभिन्न निकायमा समन्वयगरी समृद्ध वडा बनाउन सक्ने दृढ संकल्पका साथ अघी बढने उनको प्रतिबद्धता छ ।

बिसं २०३२ सालमा संखुवासभा जिल्लाको मकालु गबिसमा जन्मिएका धन बहादुर राई २०३४ सालदेखी पाँचकन्या गाविस वडा नं ५ मा र हाल धरान ४ खैरेनीटारमा बसोबास गर्दै आएका छन् । २०५२ सालको मध्यावदी निर्वाचन ताका एमाले पार्टीमा संगठित भै राईले सकृय राजनीतिमा प्रबेश गरेका हुन् । उनले २०५३ सालमा मुना क्लब दर्ता गरी युवाहरुलाई सिर्जनात्मक कार्यमा लाग्न प्रेरणा दिएका थिए । क्लबमा संस्थापक सचिबको पदमा रही काम गरे । उनकै जोडबलमा क्लबले भवन निर्माण गरी हाल स्वपालक क्लबको रूपमा रहेको छ । आज एक नमुना क्लब बनेको छ । धरान १५ को निराजन टोलबाट धरान ४ को खैरेनीटार बिचको सेउती खेलामा काठको पुल बनाउनमा सक्रिय भूमिका खेलेका राईले स्थायी प्रकृतिको पुललाई पक्की बनाउन बिशेष पहल गरेका थिए ।

हाँकी जुझारू स्वभावका राईले धरान ४ स्थित खैरेनीटारको देवी खोलामा कल्भर्ट निर्माण, सेउतीखोला तर्फ बस्ती संरक्षणको लागि तटबन्ध तारजाली लगाउन पहल गर्नुका साथै खैरेनीटार बासीको खानेपानी समस्या समाधानको लागि मारखेला देभानबाट पिउने पानीको व्यवस्था उनकै नेतृत्वमा गरेका छन् । यस्तै बिगत ५ बर्ष देखि निर्वाचित जनप्रतिनीधि भै गरेका कामको अनुभवको अधारमा अर्गानिक तरकारी खेति, एग्रो टुरीजम, होम स्टेको विकाश गर्ने उनको पहिलो योजना छ । त्यसै गरि हाइकिङ रूट, साइकलिङ रूट साथै वडा नं. ४ मा अवस्थित टाकुराबाट देखिने मनोरम दृष्य बारे बिकास, विस्तार र प्रवद्र्धन गरी स्थानीयबासीको आय आर्जनको माध्यम बढाउने उनी बताउँछन् । वडाध्यक्षमा आए पछि वडाको विकास गरी एक समृद्ध नमुना वडा बनाउने उनको प्रतिबद्धता छ । उनी भन्छन्, ‘वडामा रहेको प्राकृतिक सम्पदा र स्थललाई मनिटाइज गर्न सकियो भने यसक्षेत्रका जनता समृद्ध हुने छन् ।’

साविक पाँचकन्या गाविसको वडा नं. ४, ६, ७, ८ र ९ लाई धरान उपमहानगरपालिकाको समावेश गरि बनेको वडा नं. ४ मा जनताको अपेक्षा अनुरूप भौतिक पुर्वाधार विकासमा केहि ढिलाइ भएको छ । यस क्षेत्रमा सडक विस्तार गर्न तुलनात्मक रूपमा लागत बढी हुन्छ, जस्का लागि इच्छा शक्ति र समन्वयकारी भूमिकामा रही वडालाइ समृद्ध बनाइ छाडने राई बताउँछन् ।

एमाले सरकारकै पालामा समृद्ध वडाको लागि आवश्यक पुर्वाधार विकासको खाका तयार भएको छ । जसमा सडक पूर्वधार तर्फ धरान–हर्दिया कृषि सडक, खैरेनीटार–बसन्तटार, शिवधारा–शिवझट्टा सडक कालोपत्रे गर्ने, बसन्तटार–नहरे–दानाबारी, बसन्तटार–किराँतबस्ती, गैरिगाऊ–भोर्लेनी, भेडेटार–दानाबारी, बसन्तटार–गैरेगाऊ–पत्रङ्बारी–सामुदायिक बन अफिस क्षेत्रमा बनेका रोडको ट्रयाकलाई नगरपालिकाको मापदण्ड अनुसार बिस्तार र कालोपत्रे गर्न बाँकी रहेको छ । सेउती र बोक्सी खोला किनारमा तारजाली लगाइ खोला नियन्त्रण गरेको छ । हर्दिया र बसन्तटारको स्वास्थ्य केन्द्रलाई ब्याबस्थित बनाइ स्वास्थ्य सेवालाई सहज बनाएको छ ।

दानाबारीमा निर्माणाधिन चिल्ड्रेन पार्क, मनमोहन पार्कले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्ने छ । वडामा अबस्थित ६ वटा आधारभुत बिद्यालयलाई ब्यबस्थित गरी शिक्षा क्षेत्रलाई प्रोत्साहन र उच्च शिक्षा अध्य्यनको लागि छात्रवृत्ति प्रदान गर्न सम्मन्वय गर्ने, अर्गानिक कृषिको पकेट क्षेत्रको रुपमा धरान–४ पारीचित छ । आगामी दिनमा अर्गानिक कृषि उत्पादनका लागि सरकारको तर्फबाट अनुदान प्रोत्साहन आवश्यक छ । यसै गरी समग्र वडा नं ४, मा तरकारी खेती, दुग्ध व्यवसाय र मासुजन्य उत्पादनको भरपुर सम्भावना र भविष्य राम्रो छ । हामीले उत्पादनलाई बजारीकरण गर्न आवश्यक छ । उत्पादनले राम्रो बजारमूल्य पाउदैन । किसानले आफ्नो लागत उठाउन नसक्ने स्थिति बन्न सक्छ । यसका लागी पायक पर्ने ठाउँमा आफ्नै विक्री केन्द्र स्थापना गरेर कृषी उत्पादनको उपयुक्त मूल्य दिलाइने छ । कृषिलाई आय आर्जनको मुख्य स्रोत बनाउन पुनः योजना रहेको उनको भनाई छ ।

बिगत बर्षमा सिलाई बुनाइ, प्लम्बिङ, ब्युटिपार्लर उदघोषण तालिम प्रदान गरिएको छ । युवाहरुको लागि खेलकुद सामाग्री र प्रशिक्षणको ब्यबस्था गरी युबाहरुलाई उर्जावान बनाइने छ । साथै पछिल्लो समय युवा पुस्ताहरु लागुऔषध, कुलतमा फसेका कारण समाजमा विकृति फैलिएको र परिवारमा विचलन आएको छ । दुव्र्यसनीकै कारण समाजमा अपराधीक घटना बढिरहेको र परिवारमा पनि झै–झगडा भइरहने गरेकाले त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको राईको ठम्याई छ । राजनीतिक संरक्षणका कारण पनि लागुऔषध प्रयोगकर्ता बढेको छ, कतिपय अवस्थामा ठाना–चौकी नगइदिए राजनीतिक मुद्दा बनाउने प्रचलन बढेको छ । यसलाई नियन्त्रण गर्न हरेक युवालाई जिम्मेवारी बोध गराउन स्वरोजगारी मुलक तालिम प्रदान गरी समृद्ध, शान्त र नमुना वडा बनाइने उनको प्रतिबद्धता छ । यो वडाको भाग्य र भविष्य निर्माण गर्नको लागि सहि नेतृत्व छनौट गर्ने बेला भएकोले वडाबासीले आफुलाई योजना कार्यान्वयन गर्न बैशाख ३० गते अमुल्य मत दिने राईको विश्वास छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved