अर्थ

    Showing 511-520 of 1,054 items.
  • धरानमा ५ करोड भुक्तानी रोकियो, प्रमुख प्रशासकीय अधिकृत हाजिर नै नभई अन्यत्रै सरुवा

    धरान/ धरान उमहानगरपालिकाको लागि आउने भनिएको प्रमुख प्रशासकीय अधिकृत नआउने भएका छन् । नेपाल सरकारको मन्त्री परिषद्को निर्णयले सह सचिव श्रीराम ठाकुरलाई धरानमा पठाउने निर्णय गरेको भएपनि ठाकुरले वीच बाटोबाटै नै अन्यत्र सरुवा मिलाएर गएपछि धरानमा उनी नआउने भएका हुन् । धरानमा नआउने भएको पुष्टि धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्रविक्रम वेघाको स्वकीय सचिव खेम रणपहेलीले गरेका छन् ।आइतबार साँझ सामाजिक सन्जालद्धारा रणपहेलीले लेखेका छन,‘धरान उपमहानगरपालिकामा हाजिर नभई सह सचिव श्रीराम ठाकुर बाटो बाटै भुमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा’ भनेर जानकारी गर

    • प्रकाशित मितिः असार ३, २०८१
    • 1,349 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषि सहभागिको बार्षिक उत्सबको अवसरमा रक्तदान कार्यक्रम

    पाँचकन्या/ धरानको पानबारीमा रहेको कृषकहरुको संस्था सहभागि कृषि सहकारी संस्था लिमिटेडले १४ औं बर्ष पुरा गरेको छ । १४ बर्षअघि यस संस्था त्यहाँका कृषकहरुलाई संगठित गर्दै कृषि उत्पादनमा सहयोग पुगोस् भन्ने उद्ध्श्यले स्थापना भएको थियो । संस्थाले हरेक बर्ष बार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गरि मनाउँदै आएको छ । यस बर्ष पनि उक्त संस्थाले मानव सेवाको लागि रक्तदान कार्यक्रम गरि मनाएको छ । रक्तदान कार्यक्रम दुई स्थानमा लक्षित गरेर सम्पन्न गरेको हो । धरान ४ मा जेठ २४ गते रक्तदान कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा ५७ पिण्ट रगत संकलन भएको संस्थाकी अध्यक्ष झुमा राईले बताइन् । जेठ २७ गते भन

    • प्रकाशित मितिः जेठ २८, २०८१
    • 936 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  •  वराहक्षेत्र मन्दिरमा पूर्वाधार निर्माणमा ४ करोड , एैतियासिक तथा पौराणिकको रुप फेरिदैं

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं १ मा रहेको एैतियासिक तथा पौराणिक महत्व बोकेको औलिया मठ र वराहक्षेत्र मन्दिरमा ४ करोडको लागतमा भौतिक संरचना तयार हुने भएको छ । नगर प्रमुख रमेश कार्कीका अनुसार संघिय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयअन्तर्गत पर्यटन विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा विनियोजित रकमबाट औलिया मठमा प्रवेशद्बार , मण्डब , टायल्स छपाइ , शौचालयको काम हुनेछ । वराहक्षेत्रमा टायल्स छपाइ, प्रवेशद्बार र ड्रेन निर्माणको काम हुनेछ । उक्त योजना नगरपालिकाले तयार गरेको डिपिआर अनुसार बिभागको बहुवर्षीय योजनाअन्तर्गत विनियोजित ४ करोड रुपैयाँबाट पूर्वाधार न

    • प्रकाशित मितिः जेठ २६, २०८१
    • 714 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खाद्य स्वच्छता तथा गुणस्तर सम्वन्धमा अन्तरक्रिया

    विराटनगर/ खाद्य स्वच्छतामा लगानी वढाऔं, अप्रत्यासीत अवस्थाको पूर्वतयारी गरौ भन्ने ध्येयका साथ खाद्य उद्योगी व्यवसायीहरुको सहभागितामा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ का सम्वन्धमा अन्तरक्रीया कार्यक्रम भएको छ । उद्योग संगठन मोरङ र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरको संयूक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा संगठनका अध्यक्ष्ँ राकेश सुरानाले मानव स्वास्थ्य तथा सुरक्षासंग प्रत्यक्ष्ँ सम्वन्ध राख्ने खाद्य पदार्थको गुणस्तर कायम राख्नु महत्वपूर्ण पक्ष्ँ भएको वताए । उनले वस्तु उत्पादनको क्रममा व्यवसायीले खाद्य स्वच्छता व्यवस्थापन प्रणाली अन्तर्गत असल उत्पादन अभ्यास, स

    • प्रकाशित मितिः जेठ २५, २०८१
    • 546 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्री दाहालद्धारा अरुण तेस्रो जलविद्युतको सुरुङ ‘ब्रेक थ्रू

    संखुवासभा/ राष्ट्रिय गौरबको आयोजना अन्र्तगत पर्ने सङ्खुवासभा मकालु–५ आमराङस्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको मंगलबार प्रधानमन्त्री पुष्प कमल दाहालले सुरुङ ‘ब्रेक थु्र गर्नु भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री प्रचण्डले यस आयोजनाबाट उत्पादन हुने ९ सय मेगावाट विद्युतसहित राष्ट्रिय प्रणालीको विद्युत् क्षमता ४ हजार ५ सय मेगावाट पु¥याइने बताए । उने भने,‘‘आगामी आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था मिलाउने, विद्युत् प्रसारण लाइन निर्माण र वितरणमा निजी क्षेत्रसमेत स

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • 454 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निगुरोको माग बढेसँगै निगुरो टिप्न व्यस्त स्थानीय

    बेलबारी/  तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा यहाँका स्थानीय निगुरो टिप्न व्यस्त छन् । वर्षायाम सुरु भएसँगै यहाँका स्थानीयवासी निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताउँछन् । उनी काठमाडौँ लगायत सहरी क्षेत्रबाट माग बढेपछि यहाँका वन क्षेत्रबाट ठूलो परिमाणमा निगुरो बिक्री हुने गरेको बताउँछन् । स्वादिलो र स्वस्थ्यकर मानिएको तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग हुन थालेपछि अहिले पथरी, कानेपोखरी, लेटाङ, भाउन्नेलगायतका वनबाट निगुरो टिप्न भ्याइनभ्याइ छ । जङ्गलमा बिहानैदेखि साँझसम्म स्थानीयको भ

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 795 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुपारी प्रशोधनका लागि ४० लाख अनुदान

    झापा/  झापामा सुपारी प्रशोधनका लागि ४० लाख रुपैयाँ अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो । केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच लाखदेखि सात लाख ५० हजार रुपैयाँसम्म उपलब्ध गराएको जानकारी दिए ।  लाभग्राहीको २५ प्रतिशत र सरकारको ७५ प्रतिशत लागत सहभागितामा सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि अनुदान रकम उपलब्ध गराइएको निमित्त प्रमुख विष्टले बता

    • प्रकाशित मितिः जेठ १९, २०८१
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कञ्चनजंघा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

    ताप्लेजुङ/ ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा क्षेत्रमा पर्यटकको भ्रमणले होटल तथा पर्यटन व्यावसायी उत्साहित भएका छन् । दोस्रो याममा दुई सय ७० बाह्य पर्यटक पुगेका छन् । फागुनदेखि जेठ १५ गतेसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा भ्रमण गरेका हुन् । एक आर्थिक वर्षमा कञ्चनजंघा हिमाल क्षेत्रमा दुई याममा पर्यटक आउने गरेका छन् । असोज, कात्तिक र मंसिर गरी तीन महिनाको समय पहिलो याममा पर्दछ । त्यस्तै चैत, वैशाख र जेठको तेस्रो साताको समय दोस्रो यामभित्र पर्ने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।परिषद्को घुन्सा पर्यटन चेकपोष्ट कार्यालयका पर

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 515 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामा अन्तर्राष्ट्रिय चिया महोत्सवको तयारी

    इलाम/  चियाको राजधानी भनेर चिनिने इलाममा आगामी जेठ २६ देखि २८ सम्म चिया महोत्सव हुने भएको छ । नेपाली चियाको गुणस्तर विश्वमाझ पु¥याउन अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको हो । नेपालको चिया विश्वमा नै स्वादिष्ट र अर्ग्यानिक भए पनि खास प्रचार हुन नसक्दा किसान तथा व्यापारीले कम मूल्य विक्री गर्नु परिरहेको गुनासो बढेपछि इलाम नगरपालिकाको अगुवाइमा चिया महोत्सव हुने भएको हो । विदेशी मुद्रा आर्जनको एक अब्बल कृषि जन्य उत्पादन चियालाई बजारीकरणमा सहजता होस भनेर महोत्सव गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए । उनले महोत्सव पछि इलाम लगायत नेपालकै चिया अन्तर्राष्ट्रिय बजारमा पु&

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 545 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज बजेट भाषण ३ बजेदेखि हुने

    सुनसरी/ बजेट भाषण ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ। यस अघि आज अपराहन्न १ बजेका लागि तय भएको थियाे । संयुक्त सदनको बैठक अब ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।  आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । संसद बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि संसदमा बजेट भाषण हुने छ । सहकारी ठगि प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो । सोमबार राति कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन् । प्रमुख विपक्ष

    • प्रकाशित मितिः जेठ १५, २०८१
    • 465 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved