तीर्थ नगरीको छैठौं साधारण सभा सम्पन्न "६५ लाख ४१ हजार सेयर पुँजी, झण्डै ७ करोड निक्षेप"

  • पुस १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

यातायात व्यावसायीहरु सङ्गठित बराहक्षेत्र १ स्थित तीर्थनगरी वचत तथा ऋृण सहकारी संस्थाले छैठौं वार्षिक साधारण सभा तथा स्थापना दिवस मनाएको छ । आर्थिक वर्ष ०७७/७८ सालको सेयर पुँजीमा २० लाख ९९ हजार ३ सय रुपैयाँ वृद्धि गर्दै सहकारीले चालू आर्थिक वर्षमा कुल ६५ लाख ४१ हजार रुपैयाँ सेयर पुँजी निर्माण गरेको सार्वजनिक गरेको छ ।

वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोविन्द मगरले वित्तीय कारोबार, सामाजिक कार्यक्रम, उद्यमशीलता, व्यावसायिक कार्यक्रम र भावी लक्ष्यबारे जानकारी गराए।चालू आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष मगरले ६ करोड ८१ लाख ७७ हजार २ सय ७८ रुपैयाँ ५० पैसा निक्षेप सङ्कलन गरेको उल्लेख गरे ।

सहकारीले धितो र बिनाधितो कर्जा लगानी गर्दै आएकामा चालू आर्थिक १ करोड ५७ लाख ३८ हजार ९ सय रुपैयाँ वृद्धि गर्दै ४ करोड १० लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।सहकारीले बिना धितो सामुहिक कर्जा २ लाखसम्म प्रवाह गर्दै आएको छ भने व्यक्तिगत जमानी कर्जा समेत बिना धितो २ लाख रुपैयाँसम्म प्रदान गर्दै आएको छ ।धितो कर्जा भने सहकारीले १० लाख रुपैयाँसम्म प्रवाह गर्दै आएको छ ।

२०७३ पुस १४ गते २७ जना पुरुष र १ जना महिला यातायात व्यावसायी सङ्गठित भएर १० लाख ८० हजार शेयर पुँजीबाट सुरुवात भएको सहकारीमा हाल ६ सय ५ जना सेयर सदस्य रहेका छन् । सहकारीले बराहक्षेत्रभित्र २७ वटा समूह केन्द्र सन्चालन गर्दै आएको छ ।

सहकारीको सम्मान

सहकारीले विगतमा गर्दै आएको सम्मान तथा उत्कृष्ट सेयर सदस्यलाई पुरस्कृत गरेको छ ।सहकारीले सामाजिक व्यक्तित्व सम्मान विधामा आदर्श माविका पूर्व प्राचार्य तथा साहित्यकार प्रह्लाद भट्टराई पहरेदारलाई सम्मान गरेको छ ।यस्तै जनप्रतिनिधितर्फ संस्थाका संस्थापक सेयर सदस्यसमेत रहेका बराहक्षेत्र १ का वडाध्यक्ष किसन मगर, वडासदस्य कुमार भट्टराई, वडा २ की महिला वडासदस्य चुनु श्रेष्ठलाई सम्मान गरिएको छ ।

यस्तै ज्येष्ठ सेयर सदस्य सम्मानतर्फ भरतकुमार राउत (पुरुष) र बालकुमारी भुजेल (महिला) लाई सम्मान गरेको छ ।उत्कृष्ट निक्षेप कर्ता कलपन राई (पुरुष) र उमादेवी खड्का (महिला) लाई सम्मान गरेको छ ।उत्कृष्ट कर्जा कारोबार गर्ने सेयर सदस्य तर्फ हर्कमाया खत्री (महिला) र दिलिप भगत (पुरुष) लाई सम्मान गरेको छ ।

यस्तै सहकारीले उत्कृष्ट निक्षेपकर्ता भुलमाया गुरुङ र उत्कृष्ट समूह केन्द्रअन्तर्गत नवीन सिर्जना समूह बराहक्षेत्र १ खारखोलालाई सम्मान गरेको छ ।औपचारिक कार्यक्रम सहकारीका सचिव दीपक कार्कीले सन्चालन गरेका थिए भने संस्थाका उपाध्यक्ष मुनु थापाले स्वागत मन्तव्य गरेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved