उद्योगी व्यवसायीहरुद्वारा प्रधानमन्त्रीसँग भेट "माग पूरा गर्ने आश्वासन"

  • पुस १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / वार्ताका लागि काठमाण्डौ पुगेको उद्योगी व्यवसायीहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको छ ।

लमो समयदेखि बैंकले लिएको चर्को व्याजदरका विरुद्धमा चरणबद्ध आन्दोलन गर्दै आएका उद्योगी व्यवसायीहरु अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि आवहान गरेपछि उनीहरु मंगलबार काठमाण्डौ पुगेका थिए । काठमाण्डौ पुगेर बुधबार पहिलो चरणको छलफल गरेका उनीहरुले छलफल सकारात्मक ढगबाट अगाडि बढेको थियो ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालको नेतृत्वमा काठमाण्डौ पुगेका उनीहरुले विहीबार भने प्रधानमन्त्री दाहाललाई भेटेर बैंकिङ समस्या निराकरणका लागि अनुरोध गरेका थिए ।
सघका अध्यक्ष रिजालले चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरुको तत्कालै निराकरणका लागि अनुरोध गरेको बताएका छन् ।

उनले भने–‘हामीले विहीबार प्रधानमन्त्री पुष्पकमद दाहालसँग भेट ग¥यौ प्रधानमन्त्रीसमक्ष हामीले बैंकका पछिल्ला प्रतिकूल व्यवस्थाहरुबाट उद्योगी÷व्यवसायी र आम सर्वसाधारणहरुमा उत्पन्न भएको असहज वातावरण बारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थियौ ।’

उनीहरुले सो उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र समेत बुझाएका थिए । ज्ञापनपत्र बुझिसकेपछि प्रधानमन्त्री दाहालले उद्योगी तथा व्यवसायीको समस्याको मागमा प्रधानमन्त्री दाहाल सकारात्मक भएको पाइएको अध्यक्ष रिजालले बताए । रिजालले समाधानका लागि प्रधानमन्त्री दाहालले सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिएको समेत उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले छलफलका लागि आवहान गरेपछि मोरंग व्यापार संघका अध्यक्ष रिजाल सहित संघका पूर्व अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, संघका उपाध्यक्ष अनिल कुमार साह र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल प्रदेश नं. १ का अध्यक्ष एवं संघका सचिव सञ्जय कुमार श्रेष्ठलगायतको टोली काठमाण्डौ पुगेको थियो ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved