उद्योगी व्यवसायीको आन्दोलन स्थगित

  • पुस १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /  नवनियुक्त अर्थमन्त्री विष्णु पौडेले व्यवसायीका विषयमा छलफल गर्न वार्तामा बोलाएपछि निरन्तर आन्दोलन गर्दै आएका उद्योगी व्यवसायीहरुले हाललाई आन्दोलन स्थगित गरेका छन् ।
अर्थमन्त्री पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएपछि आन्दोलन स्थगित भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए ।

उनले भने–‘नवनियुक्त अर्थमन्त्री ज्यूले वार्तामा बोलाउनु भएको छ, समस्या समाधान हुने अपेक्षा हामीले राखेका छौंं, वार्तामा बोलाएपछि हामीले हाललाई आन्दोलन स्थगित गरेका हौंै ।’ उनले वार्तामा बोलाएसँगै सरकारले माग सम्बोधन गर्ने आश देखाएको बताए । उनले भने–‘हामी वार्तामा बस्छौं, हाम्रो मागको सम्बोधन नभए हामी पुनः सडक संघर्षमा उत्रिन्छौं ।’

अर्थमन्त्रीसँगको वार्ताका लागि मंगलबार नै टोली काठमाडौँ गएको बताए । उनका अनुसार वार्ता टोलीमा सहभागी हुन विराटनगरबाट ६ जनाको टोली गएका छन् । । वार्ता टोलीमा भैरहवा, बुटवल, नेपालगन्ज र काठमाडौँ उद्योग वार्णिज्य संघका प्रतिनिधि पनि सहभागी रहेको अध्यक्ष रिजलाले जानकारी दिए ।

उद्योगी व्यवसायीहरुले बैंकको चर्को ब्याजदरविरुद्ध पुस ७ गतेदेखि नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको गेट अगाडि धर्ना दिँदै आइरहेका छन् ।

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved