काठमाडौं । अविरल बषौसँगै आएको बाढी र पहिरोले अवरुद्ध बनेको राजमार्गहरु पाँच वटा अझै पनि यातायात सुचारु हुन सकेको छैन । विहीबार नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयल पत्रकार सम्मेलन गर्दै मुख्य पाँच वटा राजमार्गमा अझै पनि यातायात सुचारु हुन नसकेको जनाएको छ । मन्त्रालयका अनुसार अरनिको राजमार्ग, बिपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्गमा अझै पनि यातायात सञ्चालनमा आउन नसकेको हो ।जसमा अरनिको राजमार्ग अन्तरगत जार्चा कोदारी खण्डमा ५ किलोमिटरमा लिपिङ पुल र लार्चाको बेलिब्रीज बगाएका कारण यातायात अवरुद्ध भएको छ । लार्चामा ह्युमन पाईप, पेनस्टक पाइप र लिपिङ
धरान/ तीन बर्ष अगाडि कोशी प्रदेश सरकारको सहयोगमा चिस्यान केन्द्र निर्माणपश्चात धरान १३ स्थित कृषि बजारमा कृषि सामाग्री लिएर आउने व्यापारी तथा कृषकहरुलाई सहज भएको छ। विगतमा चिस्यान केन्द्र नहुदा लामोसमय सम्म सागसब्जी तथा फलफूल भण्डारण गर्न अफ्ठयारो थियो। त्यसबेला कृषि सामाग्री कुहेर फाल्नु पर्नेअवस्था थियो तर अहिले जस्तैे चिस्यान केन्द्र स्थापना पछि व्यापारी तथा व्यवसायी ढुक्क छन्। तीन बर्ष आडि सम्म कोशी पहाडी जिल्लाबाट धरान स्थित कृषि उपज बजार स्थलमा आएका कृषिजन्य उत्पादनहरु समयमै बिक्रि नसकिदा फ्याक्नुपर्ने बाध्यता थियो। फ्याक्नु पर्नेडरले जति मुल्य पाए पनि बिक्री गर्नुपर्ने हुन्थ्यो।
धरान/ केही दिन अगाडिदेखि निरन्तर आएको बर्षाद्ले सडक सञ्जाल अवरुद्ध हुदा धरानमा सब्जीको मूल्य आकासिएको छ । पूर्वी पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट आउने सागसब्जी बर्षाद्ले बारीमै नष्ट गरिदिएको र सडक सञ्जाल अवरुद्ध हुदा बजारसम्म सागसब्जी आइनपुगेका कारण बजारमा आउने भन्दा खपत बढी हुदा मूल्य आकाशिएको कृषि उपज बजारले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विष्णु आचार्य भान्सामा दैनिक चाहिने सागसब्जी किन्न जाँदा बजार भाउ सुनेर छक्क परिन् । अरु बेला ४० देखि ५० रुपैयासम्म पर्ने टमाटार होलसेलमै १ सय १० र खुद्रामा किन्दा १ सय ५० सम्म पर्ने भएपछि सर्वसाधारणले किनेर
धरान । धरानका निर्माण व्यवसायीहरु संगठित भएका छन् । धरानमा पहिलो पटक नेपाल निर्माण व्यवसायी संघ समिती गठन गरेसँगै व्यवसायीहरु संगठित भएका हुन । मंगलबार धरानमा निर्माण व्यवसायहरुको बृहत भेलाद्धारा व्यवसायी महासंघ कोशीका अध्यक्ष जनसेव भण्डारीको प्रमुख आतिथ्यतामा समिती गठन भएको हो ।उक्त भेलाद्धारा महेन्द्र प्रधानको नेतृत्वमा ९ सदस्य कार्य समिती बनेको छ । उक्त समितीमा प्रथम उपाध्यक्षमा उत्तम कुमार श्रेष्ठ,द्धितीय उपाध्यक्ष विजय तामाङ ,महासचिब, अशीष कटवाल,सचिव विश्वबन्धु लिङ्थेप र कोषाध्यक्षमा नारायण लिम्बूलाई सर्व सम्मत चयन गरिएको छ । सदस्यहरुमा क्रमसः प्रकाश थापा मगर,जयप्रकाश शर्मा र नरेन कुमार
धरान/ बर्षादका कारण तीन बर्ष अगाडि सम्म बर्षैनी धरानसँग सम्बन्ध विच्छेद हुने विष्णुपादुकाबासीलाई अहिले जस्तोसुकै बाढी आए पनि उनीहरुलाई कुनै त्रास छैन, खोलामा पुल निर्माण भएपछि धरान आउजाउमा समस्या छैन भने गाउँमा उत्पादन भएको कृषि सामाग्री निर्धक्क ल्याउन पाएका छन् । विगतमा बर्षाद्को समयमा विष्णुपादुका बासी त्रासमा बाच्न बाध्य थिए । धरान ११ र धरान २० जोड्ने सर्दुखोलामा पुल नहुदा खोलामा आएको बाढीले धरानसम्म आउन मुस्किल थियो, त्यसबेला विष्णुपादुका धरान उपमहानगरपालिकाभित्र परे पनि कृषि पकेट क्षेत्र विष्णुपादुकाको कृषि उत्पादन बजारसम्म ल्याएर विक्री गर्न समेत मुस्किल थियो । तर ०७८ सालमा पुल न
काठमाण्डौं/ काभ्रे जिल्लाको नार्के, कालढुङ्गा, आपटारी लगायतका स्थानहरुमा अलपत्र परेका यातायात मजदुरहरु र यात्रुहरुको तत्काल उद्धारको व्यवस्था गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सरकारसंग माग गरेकोछ । संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले आइतबार विज्ञप्ती जारी गर्दै शुक्रबारदेखि उक्त स्थानमा फँसेका चालक, सहचालक, परिचालक तथा यात्रुहरु आइतबारसम्म पनि भोकभोकै बस्नु परेको जनाँदै तत्काल उद्धार तथा खाद्यान्नको व्यवस्था गर्न माग गरेको छ । हाल त्यस क्षेत्रमा करिव ३० वटा बस, करिव २ सय ५० वटा माइक्रो बस करिव २२ को संख्यामा विङ्गर भेन, करिव १ सय ५० वटा विद्युत्तिय भ्यान, करिव ४० वटाको संख
धरान ।विद्याथीहरुको बौद्धिकताको क्षमता विकास गर्ने उद्धेश्यले तेस्रो जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ।हिविसकस इङलिस वोडिङ स्कुल धरानले तेश्रो जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको हो ।स्कुलले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको आयोजना गर्ने विषयमा जानकारी दिएको हो ।पत्रकार सम्मेलनमा विद्याथीैहरुलाई पढाईको अतिरिक्त वौद्धिक क्षमतालाई अगाडी वढाउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको स्कुलका सल्लाहकार पवन झा ले जानकारी दिए ।विगत दुई वर्षदेखि स्कुलले हिविसकस क्विज मेनिया नाम दिएर (हाजिरी जवाफ प्रतियोगिता) आयोजना गर्दै आएको छ ।विगत दुई वर्षदेखि धरान नगर स्
वराहक्षेत्र/ चाडपर्व नजिकिँदै गएको छ । बजार दैनिक उपभोग्य वस्तुको बजारभाउ मनपरी छ । धरानमा भने बजार अनुगमन प्रभाबकारी वन्न सकिरहेको छैन । स्थानीय सरकारले बजार अनुगमन प्रभावकारी बनाएर यसरी भित्रिदै गएको चाडपर्व लक्षित बजार अनुगमन प्रभावबारी बनाउनु आवस्यक हुन्छ । वराहक्षेत्र नगरपालिकाले उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउँदै गएको छ। बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयमा अनुगमन टोली सक्रिय बनेको हो । दशैं तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्
धराने मोमो को इतिहाँस खोज्दै जाँदा बि.सं २०१६/ १७ साल तिर छाता चोक मा खुलेको परदेशी होटेलले धराने लाई मोमो को स्वाद पहिलो पटक चखाएको पाइन्छ। मोमो दार्जीलिङ तिरका नेपालीदाजुभाईले धरान भित्र्याउनु भएको मानिन्छ। त्यो समय अहिले जस्तो सानो साइज को नभइ ठुलो साइजको तिब्बती मोमो र एक प्लेटमा ४ पिस दिइन्थ्यो। मोमो सगै टमाटर खोर्सानी को अचार र सुप पनि दिइन्थ्यो। त्यसपछि भानु चोक मा भु पु सैनिक होटेल ले पनि धराने लाइ मोमो खान सिकायो र त्यसपछी धरान मा मोमो थुप्रै रेस्टुरेन्टहरु ले पस्कन थाल्यो। छाता चोक , चतरा लाइन , देशी लाइन , अहिले घन्टाघर भएको एरिया , पहिले छाप्रे घर हरु नगरपालिकाले बनाएको थियो र
काठमाण्डौं । धरानसंग सम्बन्धीत भौतिक पूर्वाधार, सडक , खानेपानी, विपद् र जनसरोकार लगायतका विषयमा सुनसरी निर्वाचन क्षेत्र नम्बर एकका जनप्रतिनिधि सहितको टोलीले मन्त्रालयहरुको ध्यानाकर्षण गराएको छ । मंगलबार सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेर धरानको तत्कालिन र दिर्घकालिन समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको हो । भौतिक पूर्वाधार मन्त्रीसंग गत भदौ १३ र १७ को भिषण वर्षाका कारण कोशी राजमार्ग र धरानका वडा नम्बर १३ लाई पु¥याएको भौतिक पूर्वाधारको क्षतिक