धरान/ दशैंको चटारो सुरु भएसँगै धरान उपमहानगरपालिकाको बजार अनुगमन महाशाखाले बजारमा सक्रियता देखाएको छ । तर, यो सक्रियता औपचारिकता मात्रै भएको आरोप उपभोक्ताहरूबाट लाग्दै आएको छ ।धरान १ स्थित छाताचोक क्षेत्रका केही पसलमा गरिएको अनुगमनलाई धेरैले “मौसमी“ भन्दै आलोचना गरेका छन् । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधिहरू समेत सहभागी थिए । तर, अनुगमनको उद्देश्यभन्दा पनि फोटो सुट गरेर भाइरल बन्ने चाहना प्रष्ट देखिएको स्थानीयको आरोप छ । अनुगमनका क्रममा आधा दर्जन जति पसलहरूमा अत्यन्तै विषालु मानिने कोलेन खाद्य सामाग्रीसँगै राखिएको पा
इलाम/ बजारमा हरेक उपभोक्ता हरेक बस्तुको खरिदका समयमा हरेक पटक हरेक ब्यापारीबाट ठगिने गरेको उपभोक्तालाई मात्र होइन, प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीदेखि अन्य सबैलाई प्रष्ट थाहा छ । न पसलमा राखिएका सबै सामानको मूल्यसूची नै देखिन्छ, न मूल्यसूची नराखेबापत कहिल्यै कसैले कारबाही भोग्नु परेको छ । यस्तो अवस्थामा गरिस् भन्दा गरेँ भने झै हुने बजार अनुगमनले उपभोक्तालाई कत्तिको राहत मिल्ला ? हरेक पसल र होटलमा त्यहाँ बिक्री गरिने सबै खाले सामानको मूल्यसूची अनिवार्य हुनुपर्दैन ? चाडबाडको मुखमा गरिने बजार अनुगमनमा सबैखाले ब्यवसाय पर्नुपर्दैन ? बर्षमा एकैपटक नै होस्, यसअघि ग
धरान/ धरानका विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरूमा तोडफोड तथा क्षति पु¥याएको घटनालाई लिएर दलहरूले प्रहरीमा किटानी जाहेरी दिएका छन्। जेनजीको आवरणमा आएका अराजक समूहहरूले पार्टी कार्यालयहरूमा आक्रमण गरी क्षति पु¥याएको भन्दै विस्तृत विवरण सहित इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जबेगुलाई जाहेरी बुझाइएको हो। जाहेरीमा पार्टीका झण्डा च्यातिएको, भित्ते लेखन बिगारिएको, ढोका–झ्याल र कार्यालयको संरचनामा क्षति पु¥याइएको विवरण उल्लेख छ। राजनीतिक दलका प्रतिनिधिहरूले यस्ता गतिविधिले शान्तिपूर्ण राजनीतिक वातावरणमा अशान्ति ल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन्।डिएसपी
इलाम/ माइजोगमाई ५ सिरिसेका जीवन बुढाथोकीले कृषि ज्ञान केन्द्रको दश लाख अनुदान सहयोगमा शीत भण्डार गृह (कुल बुट) बनाए । आफ्नो बुढाथोकी कृषि तथा पशुपंक्षि फर्मको तीन लाख ३४ हजार थप लगानी गरेर बनाएको कुल बुट सञ्चालन गरी किवी भण्डार गर्ने उनको योजना रहेको थियो । २०७९ चैत्रमा कुल बुट बनाएका उनले आफ्नो बारीमा उत्पादन भएको किवी र अन्य गाउँको समेत भेला गरेर कुल बुटमा राखे । तर लाखौँ लगानीमा बनाएको कुल बुट मा मेसिनले चिसो हावा फाल्नुको साटो तातो हावा फाल्न थाल्यो । भण्डारण गरी राखिएको किवी बिग्रियो । किवी फल बिग्रन थालेपछि कोसेलीको रूपमा बाँडेर सकिएको फर्मकी रुपा बुढाथोकी बताउँछिन् । आफ्नो बारीम
धरान/लामो प्रतीक्षापछि धरान उपमहानगरपालिकाले आ.व. २०८२/०८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। शनिबार उपमहानगरको प्राङ्गणमा बसेको १७औं नगरसभामा बजेट प्रस्तुत गरिएको हो। मेयर हर्कराज राईका अनुसार पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पर्यटन, कृषि र विपद व्यवस्थापनलाई यस वर्षको बजेटको प्राथमिकतामा राखिएको छ। उपमेयर अइन्द्र विक्रम बेघाले प्रस्तुत गरेको बजेटमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख, संघीय सरकारबाट ८९ करोड २९ लाख, प्रदेश सरकारबाट ७ करोड ७३ लाख, राजस्व बाँडफाँडबाट ३४ करोड १८ लाख र गत वर्षको मौज्दातसहित अन्य श्रोतबाट रकम जुटाउने प्रक्षेपण
झापा/ दसैं नजिकिँदै गर्दा नगदे बाली अलैँचीको मूल्य ओरालो लागेको छ। नेपाल अलैँची व्यवसायी महासङ्घका अनुसार प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा प्रतिमन (४० किलो) अलैँची हाल ८१ हजारदेखि ९२ हजार रुपैयाँमा मात्रै बिक्री भइरहेको छ। भदौको सुरुवातमा प्रतिमन ९४ हजार रुपैयाँसम्म पुगेको मूल्य अहिले २–३ हजार रुपैयाँले घटेको हो। अहिले बजारमा सबैभन्दा राम्रो ‘बोल्ड’ अलैँची प्रतिमन ९२ हजार र सामान्य ‘चालु’ अलैँची ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। महासङ्घका अध्यक्ष दीपक नेपालका अनुसार दसैं खर्च धान्न किसानले सानो मात्रामा अलैँची बजारमा ल्याएपछि मूल्य घटेको हो। लेकाली
धरान ।सुनसरीको धरान ६ पानबारीमा जंगली हात्तीको आतंकले जनजीवन प्रभावित भएको छ । जंगली हात्ती गाउँ पसेर घर भत्काईदिने,अन्नबाली खाईदिएर दुख दिन थालेपछि जनजीबन कष्ट बन्दै गएको हो ।हात्तीले हैरानी पारेपछि पानबारीवासीहरु जो जंगल आसपास वसोबास गर्छन उनीहरु रातभरी निदाउन सकिरहेका छैनन् । धन जनको क्षेति हुने डरले हात्ती प्रभावित स्थानका वासिन्दा जाग्राम वस्ने गरेको पीडितहरुको भनाई छ । सोमबार बेलुकी साढे आठ वजे जंगलबाट गाउ आएको हात्तीले दुई घर भत्काउनुको साथै अन्नबाली समेत नष्ट गरि दिएको छ । धरान उपमहानगरपालिका वडा नम्बर ६ का पुर्व वडा सदस्य हरि राईले दिएको जानकारी अनुसार सोमबार आएको जंगली हात्तीले धरान
सुन्दरहरैंचा/ गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अराजक तत्वले आगजनी र तोडफोडका कारण क्षति भएको मोरङको सुन्दरहरैँचा नगरपालिकाको कार्यालयमा मंगलबार नगरवासी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, स्थानीय पत्रकार लगायतकाे सहभागितामा सरसफाइ गरिएको छ। आन्दोलनका नाममा गतिविधि गर्दै भवनमा आगाे लगाउदा राज्यको सम्पति, महत्त्वपूर्ण दस्तावेज, औसधि, कागजात जलेर नष्ट हुनुका साथै भवन पनि खरानी भएको छ । आगजनीका कारण नगरपालिकामा महत्वपूर्ण कागजात, दस्तावेज र सामग्री लगायत जलेर नस्ट भएकाे थियाे । साथै,आगजनी र तोडफोडका क्रममा नगर कार्यपालिकाको कार्यालयको शाखा /
काठमाडौं./अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइसँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले आफूले कुनै सेवा सुविधा नलिने भएका छन् । सोमबार पदभार ग्रहणका क्रममा मन्त्री घिसिङले आफूले पाउने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने र सुरक्षा र अन्य सुविधासमेत नलिने घोषणा गरेका हुन् ।
सुन्दरहरैंचा/ मोरङको सुन्दरहरैंचा नगरपालिकाको लुटपाटको सामग्री फ्रिता नगरे चेतावनी दिएको छ। प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपानेले विज्ञप्ति जारी गर्दै भाद्र २४ गतेका दिन आगजनी र तोडफोडका क्रममा सुन्दरहरैंचा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको शाखा / उप-शाखा/इकाईमा रहेका कम्प्युटर, ल्यापटप, ट्याब, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर लुटपाट भएको बताएका छन्। यस्तै टिभि, सिसिटिभि, कुर्सी, बायोमेट्रिक डिभाइस, नेटवर्क स्विच, मोबाइल, क्यामरा, मनिटर, स्ट्रिट लाइट, साउण्ड सिस्टम, कार्यालयको महत्वपूर्ण कागजपत्रहरु लगायतका अन्य सामग्रीहरु नगरपालिका परिसरबाट लुटपाट/चोरी