धरानको पानबारीमा जंगली हात्ती आतंकः दशैंको मुखमा हात्तीको पीडितको विजोग

  • भदौ ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान ।सुनसरीको धरान ६ पानबारीमा जंगली हात्तीको आतंकले जनजीवन प्रभावित भएको छ ।
जंगली हात्ती गाउँ पसेर घर भत्काईदिने,अन्नबाली खाईदिएर दुख दिन थालेपछि जनजीबन कष्ट बन्दै गएको हो ।हात्तीले हैरानी पारेपछि पानबारीवासीहरु जो जंगल आसपास वसोबास गर्छन उनीहरु रातभरी निदाउन सकिरहेका छैनन् ।

धन जनको क्षेति हुने डरले हात्ती प्रभावित स्थानका वासिन्दा जाग्राम वस्ने गरेको पीडितहरुको भनाई छ । सोमबार बेलुकी साढे आठ वजे जंगलबाट गाउ आएको हात्तीले दुई घर भत्काउनुको साथै अन्नबाली समेत नष्ट गरि दिएको छ । धरान उपमहानगरपालिका वडा नम्बर ६ का पुर्व वडा सदस्य हरि राईले दिएको जानकारी अनुसार सोमबार आएको जंगली हात्तीले धरान ६ सितलचौक राम ब. देवान र धन ब. देवानको घरमा हात्तीले भत्काएको छ ।

हात्तीले ५ कठ्ठा जमीनमा लगाएको केराको समेत नष्ट गरि दिएको छ भने दशैंका लागि भनेर घरमा सिंचित गरेको धानको बोराहरु समेत हात्तीले लिएर गएपछि देवान परिवारको दशैंका मुखमा विचल्ली भएको राईको भनाई छ । उनले भने,“हात्तीले घर भत्काईदिनुको साथै दशैंको लागि जोहो गरेर राखेको ३ बोरा धान समेत घरमा छैन,खाना पकाउने भाँडा समेत कुल्चेर नष्ट गरिएको छ।”

दशैंको मुखमा जंगली हात्तीको पीडित परिवारलाई राहतको खाँचो रहेको राईले बताएका छन् ।यस अघि आइतबार बेलुकी ९ बजे घोपाली टोल निवासी अमर बहादुर जोगीको घर पनि भत्काउनुको साथै घरमा रहेको अन्नपात खाई दिएर विजोग बनाएको छ

।जोगीको घर भत्काएको जानकारी तथा घरको तस्वीर पानबारी सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष भुपाल राईले सामाजिक सन्जालमा पोष्ट गरेका छन् ।

उनले लेखेका छन,“पानबारी सामुदायिक वन क्षेत्रमा शनिबार राती ९ः०० बजे जंगली हात्ती निस्किएर समुहको उपभोक्ता अमर बहादुर जोगिको घर भत्काई अन्नपानी पनि सबै खाइदिएको हुँदा तत्काल बस्न र खानका लागि त्रिपाल,चामल,दाल,तेल र नुन राहत स्वरुप वितरण गर्दै,उक्त सामग्री त्रिपाल सुनसरी जिल्ला रेडक्रस सभापती उमेश थापा ज्युले तुरुन्तै उपलब्ध गराई दिनु भएको थियो भने धरानका उप मेयर आइन्द्र बिक्रम बेगा ज्युसग समनय गरि धरान उपमहानगरपालिका बाट र पानबारी सामुदायिक वनको तर्फबाट खाद्यान्न उपलब्ध गराई हस्तान्तरण गर्दै।धन्यबाद

।”वन अध्यक्ष राईले यो पोष्ट आइतबार पोष्ट गरेका हुन् ।वन समितीका उपभोक्ताको घर भत्काएर विजोग वनाएपछि पानबारी सामुदायिक वन समुहले पीडित परिवारलाई राहत सामाग्री वितरण गर्दै आएको छ । देवान परिवारलाई पनि वन समितीको अगुवाईमा मंगलबार राहत उपलव्ध गराएको वन समुह अध्यक्ष भुपाल राईले नै वुधबार सामाजिक सन्जालमा पोष्ट गरेका छन् ।

भदौ ३१ गते,आज राती पनि पानबारी सामुदायिक वन क्षेत्रमा जंगली हात्ती निस्किएर गाउँ पसि वन समितिका उपभोक्ता सदस्य राम बहादुर देवान र अनिता लिम्बु दुबै जनाको घर भत्काएको र चामल, धान पनि खादिएको हुँदा,तत्काल राहत स्वरुप पहल गरि उत्त परिवारले त्रिपाल, खाद्यान्य राहत लिनु हुँदै।राहत उपलब्ध गराइदिनु हुने सुनसरी जिल्ला रेड क्रसका सभापती उमेश थापा ज्यु र धरानका उपमेयर आइन्द्र बिक्रम बेघा ज्युलाई मेरो तर्फबाट र समितिको तर्फबाट विशेष धन्यवाद दिन चाहान्छु।

धरानको पानबारी हात्ती प्रभावित क्षेत्र हो । वर्षेनी आउने जंगली हात्तीले त्यहाँका वासिन्दा पीडित हुँदै आएका छन भने हात्तीको आक्रमणबाट छ जना भन्दाको मृत्यु भई सकेको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved