धरान उपमहानगरको बजेट : २ अर्ब २० करोड, पूर्वाधारदेखि शिक्षासम्म प्राथमिकता

  • असोज ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/लामो प्रतीक्षापछि धरान उपमहानगरपालिकाले आ.व. २०८२/०८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

शनिबार उपमहानगरको प्राङ्गणमा बसेको १७औं नगरसभामा बजेट प्रस्तुत गरिएको हो।

मेयर हर्कराज राईका अनुसार पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पर्यटन, कृषि र विपद व्यवस्थापनलाई यस वर्षको बजेटको प्राथमिकतामा राखिएको छ।

उपमेयर अइन्द्र विक्रम बेघाले प्रस्तुत गरेको बजेटमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख, संघीय सरकारबाट ८९ करोड २९ लाख, प्रदेश सरकारबाट ७ करोड ७३ लाख, राजस्व बाँडफाँडबाट ३४ करोड १८ लाख र गत वर्षको मौज्दातसहित अन्य श्रोतबाट रकम जुटाउने प्रक्षेपण गरिएको छ।

खर्चतर्फ शहरी योजना तथा भौतिक पूर्वाधार विकासमा ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदमा ४६ करोड ८५ लाख, स्वास्थ्यमा ६ करोड ९९ लाख, सामाजिक विकासमा ४ करोड ८६ लाख, विपद व्यवस्थापनमा २ करोड ७४ लाख, नगर भिजन कार्यक्रमका लागि ५ करोड ५ लाखलगायत विभिन्न क्षेत्रलाई विनियोजन गरिएको छ।

गत वर्ष १ अर्ब ९१ करोडभन्दा बढी आम्दानी गरेको नगरले असार मसान्तसम्म १ अर्ब ५२ करोड खर्च गरेको जनाएको छ। तर, यस वर्ष पनि सञ्चारतर्फ भने कुनै बजेट छुट्याइएको छैन।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved