जलेर खरानी भएको नगरपालिका सरसफाई

  • भदौ ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुन्दरहरैंचा/  गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अराजक तत्वले आगजनी र तोडफोडका कारण क्षति भएको   मोरङको सुन्दरहरैँचा नगरपालिकाको कार्यालयमा मंगलबार नगरवासी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, स्थानीय पत्रकार लगायतकाे सहभागितामा सरसफाइ गरिएको छ।
 
आन्दोलनका नाममा गतिविधि गर्दै भवनमा आगाे लगाउदा  राज्यको सम्पति, महत्त्वपूर्ण दस्तावेज, औसधि, कागजात जलेर नष्ट हुनुका साथै भवन पनि खरानी भएको छ ।
 
आगजनीका कारण नगरपालिकामा महत्वपूर्ण कागजात, दस्तावेज र सामग्री लगायत जलेर नस्ट भएकाे थियाे । साथै,आगजनी र तोडफोडका क्रममा नगर कार्यपालिकाको कार्यालयको शाखा / उप-शाखा/इकाईमा रहेका कम्प्युटर, ल्यापटप, ट्याब, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर लुटपाट भएको बताएका छन्।
 
यस्तै टिभि, सिसिटिभि, कुर्सी, बायोमेट्रिक डिभाइस, नेटवर्क स्विच, मोबाइल, क्यामरा, मनिटर, स्ट्रिट लाइट, साउण्ड सिस्टम, कार्यालयको महत्वपूर्ण कागजपत्रहरु लगायतका अन्य सामग्रीहरु नगरपालिका परिसरबाट लुटपाट/चोरी भएकोले कोही कसैले उक्त सामग्रीहरु भेटेको भए नगरपालिकामा बुझाई सहयोग गरिदिन अनुरोध गरेका छन् ।
 
लुटिएको सामग्रीहरुको सम्बन्धमा कुनै जानकारी भएमा नगरपालिकाले उपलब्ध नम्बरमा वा नजिकको सुरक्षा निकायमा जानकारी गराई उल्लिखित सामग्रीहरुको पुनः प्राप्तिको अभियानमा सहयोग गरिदिन आम नागरिक समुदायमा नगरपालिकाले अनुरोध गरेको ।
 
साथै उक्त सामानहरु कहीँ कतै फेला परेमा वा प्रयोग भएको पाइएमा कानून बमोजिम कारबाही हुने चेतावनी समेत दिईसकेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved