दसैंको मुखमै अलैँची बजार ओरालो ! किसान चिन्तित

  • असोज ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

झापा/ दसैं नजिकिँदै गर्दा नगदे बाली अलैँचीको मूल्य ओरालो लागेको छ।

नेपाल अलैँची व्यवसायी महासङ्घका अनुसार प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा प्रतिमन (४० किलो) अलैँची हाल ८१ हजारदेखि ९२ हजार रुपैयाँमा मात्रै बिक्री भइरहेको छ।

भदौको सुरुवातमा प्रतिमन ९४ हजार रुपैयाँसम्म पुगेको मूल्य अहिले २–३ हजार रुपैयाँले घटेको हो। अहिले बजारमा सबैभन्दा राम्रो ‘बोल्ड’ अलैँची प्रतिमन ९२ हजार र सामान्य ‘चालु’ अलैँची ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

महासङ्घका अध्यक्ष दीपक नेपालका अनुसार दसैं खर्च धान्न किसानले सानो मात्रामा अलैँची बजारमा ल्याएपछि मूल्य घटेको हो। लेकाली क्षेत्रमा अझै अलैँची सुकाउने काम जारी रहेकाले ठूलो परिमाणमा उत्पादन बजारमा आउन बाँकी छ।

नेपालका ४२ जिल्लामा अलैँची खेती हुने गर्छ। कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम अलैँची उत्पादनका मुख्य केन्द्र मानिन्छन्।

नेपालमा वार्षिक करिब ८ हजार मेट्रिक टन अलैँची उत्पादन हुन्छ, जसको ९५ प्रतिशत निर्यातमै जाने गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा मात्र पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ ७ अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाउँछ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved