अर्थ

    Showing 101-110 of 1,064 items.
  • कोशी प्रदेश सभा ध्वस्त,वैठक कक्ष खरानी,आगाले नभेटेको सामान चोरी

    विराटनगर । मंगलबार जेनजी समुहको आन्दोलनले कोशी प्रदेशसभा भवन ध्वस्त भएको छ । आन्दोलनकारीले मंगलबार दिउँसो प्रदेश सभा भवन र सचिवालयमा आगजनी गरेका थिए । प्रदेश सभाको सबै सामग्री जलेर नष्ट भएको छ । बुधबार बिहान प्रदेश सभामा खरानी मात्रै बाँकी थियो । प्रदेश सभा सचिवालयमा अझै आगो छ । सचिवालयका कर्मचारीका अनुसार आगोले नभेटेको स्थानका सबै सामान चोरी भएको छ । प्रदेश सभाको बैठक कक्ष जलेर सबै खरानी भएको छ । फर्निचर, एसी,कम्युटर, प्रिन्टर, क्यामेरालगायत उपकरण चोरी भएको सचिवालयका कर्मचारीले बताए ।

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्वोच्च अदालतमा के के जल्यो

    मंगलबार विहान शुरुमा सर्वोच्चको फाँटमा प्रदर्शनकारी छिरे ।  • कागजातहरु एक ठाउँमा जम्मा गरे अनि आगो लगाए  • पहिलो तल्लामा रहेको श्रीयन्त्र अनि आँखी झ्याल जलाए  • सर्वोच्च परिसरमा रहेका सवारी साधनहरुमा आगजनी शुरु भयो ।  • तेस्रो तल्लामा रहेको आइटी कक्षमा प्रवेश गरे । त्यसमा आगजनी गरे • दोस्रो तलमा रहेको प्रधानन्यायाधीश र मुख्य रजिष्ट्रारको चेम्बर जलाए  • सीमित सुरक्षाकर्मीहरुले ठूलो संख्यामा आएका प्रदर्शनकारीहरुलाई थेग्न सकेनन् । • प्रदर्शनकारीहरुको अर्को टोलीले सर्वोच्च अदालतको एनेक्स भवनको भुईंतलामा रहेको अभिलेख शाखामा आगजनी ग

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लुटपाट तथा हिंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख ७० हजार बरामद

    काठमाण्डौ/ नेपाली सेनाले मंगलबार रातिबाट लुटपाट तथा अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ । –बिहान १० बजेसम्म सेनाले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका भौतिक संरचनामा लागेको आगो नियन्त्रणका लागि तीन वटा वारुण यन्त्रको प्रयोग गरिएको छ ।  –गौशाला(चाबहिल(बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ ।  –काठमाडौंको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 447 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नीति–कार्यक्रम र कर दरमा सहमति जुटेन, स्मार्ट बसपार्क निजी क्षेत्रलाई ठेक्कामा

    धरान/तोकिएको समयभन्दा ढिलो सुरु भएको धरान उपमहानगरपालिकाको आइतबारको कार्यपालिका बैठकमा आगामी नगरसभामा पेश गर्ने नीति तथा कार्यक्रम र कर दरमा सहमति जुट्न सकेन। एमालेका जनप्रतिनिधिहरूले संशोधनबिनै नीति तथा कार्यक्रम आएको भन्दै आपत्ति जनाएपछि निर्णय स्थगित भएको हो। बैठकले अब भदौ २५ गते बिहान बस्ने कार्यपालिका बैठकमार्फत अन्तिम प्रस्ताव पारित गर्ने निर्णय गरेको छ। करसम्बन्धी विषयमा पनि असहमति देखिएको छ। एमाले कार्यपालिका सदस्य अनुप देवानले पाँच बुँदे संशोधन प्रस्ताव पेश गरेका थिए भने वडा ९ का अध्यक्ष रुपेश आचार्य र वडा १९ का अध्यक्ष पुर्ण लिम्बुले कर वृद्धिले जनतामा बोझ पर्नेस भन्दै राहत दिनुपर

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 550 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फाल्गुनन्द विमानस्थल: तीन महिनादेखि उडान बन्द

    इलाम/  जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका–९ स्थित यो विमानस्थलमा उडान नियमित रूपमा गर्न जिल्लावासीले माग गरेका छन् । विसं २०७५ जेठ २१ गते तारा एयरको ट्विनअटर जहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो । यहाँका जनताले नियमित रूपमा जहाज उडानको आस गरेका थिए । त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । नियमित उडान नहुँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि झापा वा विर

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 461 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘मिसेस पुर्बेली आइकन’दोस्रो संस्करणको ताज ?

    इटहरी।इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा भिडियो सुटमा ११ जना प्रतिस्पर्धीहरूले विभिन्न पोजमा फोटो खिचाए भने परिचयात्मक भिडियो पनि छायांकन गरिएको थियो । सुट इटहरीस्थित सोल्टी होटलमा सम्पन्न भएको हो, जसको फोटोग्राफी निश्चल ग्यालरीका निश्चल श्रेष्ठले गरेका थिए । ओपन स्पेस प्रालीको आयोजनामा भइरहेको यस प्रतियोगिताले सौन्दर्यसँगै महिला सशक्तिकरणलाई पनि जोड्ने उद्देश्य राखेको छ । फाइनल चरणमा रामधुनीकी कविना पोख्रेल, मोरङकी सृजना लिम्बू, इटहरीकी सीमा लकान्द्री, रंगेली मोरङकी अर्चना सिटौला, इ

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 667 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान कार्यपालिका बैठकः बजेटमा १०% कटौती, पालिका गानमा विवाद

    धरान/धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेटमा १० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको बैठकमा मेयर हर्कराज राई (साम्पाङ)ले पेश गरेको प्रस्तावमा एमालेकी सावित्री परियारले पुँजीगततर्फ १०% घटाउने संशोधन राखेकी थिइन्। सो प्रस्तावलाई कार्यपालिकाले सर्वसम्मत अनुमोदन गरेको हो। अब २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेटमा कटौती गरी नयाँ सिलिङ कायम हुने भएको छ। प्रवक्ता मनोज भट्टराईका अनुसार कटौतीपश्चात् रातो किताबमा सूचीकृत सबै योजना कार्यान्वयन हुनेछन्। यसैबीच, ‘मेयर भिजन’ र ‘उपमेयर भिजन’ नामक योजनाको नाम परिवर्तन गरी ‘नगर भिजन

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 547 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यामाहाको नयाँ भेरियन्ट मोटरसाइकल सार्वजनिक

    धरान/ वुधबारदेखि यमाहा कम्पनीले मोटरसाइकलका पारखीहरुलाई ध्यानमा राखेर नेपालमा यामाहाले दुई नयाँ भेरियन्टका मोटरसाइकल सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नयाँ सुविधायुक्त दुई वटा मोटरसाइकल धरान ८ स्थित यामाहाको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सले बुधबार सार्वजनिक गरेको हो ।सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ, पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र बिजयपुर ट्रेडर्स धरानका संचालक प्रभाव खतिवडाले यमाहाका दुई नयाँ मोटरसाइकल एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले भदौ ३ गते सार्वजनिक गरेको अटो शो २०२५ मा यामाहा

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 529 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्पर्कमा आयो फेसबुक,माग गर्यो आवस्यक कागजजात

    काठमाण्डौ । सररकारले वन्द गर्ने निर्णय गरेपछि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता चर्चित सोसल मिडिया प्लेटफर्मको माउ कम्पनी मेटा नेपाल सरकारको सम्पर्कमा आएको छ । आज मात्र सरकारले नेपालमा दर्ता नभएका सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि सिंगापुरबाट मेटा कम्पनीका प्रतिनिधि सञ्चार मन्त्रालयको सम्पर्कमा आएका हुन् । उनले दर्ताका लागि के कस्ता प्रक्रिया छन् भनेर सोधीखोजी गरेपछि मन्त्रालयले आवश्यक पर्ने विवरण इमेलमार्फत पठाइसकेको प्रवक्ता गजेन्द्रकुमार ठाकुरले काेशीपत्रलाई जानकारी दिए । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सिंगापुरमा रहेको मेटा कम्पनीका

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 610 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पशुमा लम्पी स्किन रोगले किसान पीडित

    मोरङ/ पशुमा देखिएको लम्पी स्किन रोगका कारण पूर्वी मोरङका किसान पीडित भएका छन् । यस रोगले गाईलाई बढी प्रभावित बनाएको किसानहरूले बताएका छन् ।जेठको अन्तिम हप्ता बाट सुरु भएको यो महामारी अझै नियन्त्रणमा आउन सकेको छैन् । लम्पी स्किन रोग गाईहरूमा बडी देखिएपछि दूधको उत्पादनमा पनि कमी आएको छ भने गाई र साना बाछाको मृत्युदर वडी रहेको छ । यो रोगलाई समयमा नियन्त्रण नगरे गाई पालन व्यवसायमै ठुलो नोक्सानी हुने पशु चिकित्सकले बताएका छन् ।जेठको अन्तिम हप्ता देखि नै मोरङका गाईमा लम्पी स्किनको लक्षण देखिएको थियो । असारको अन्तिम सातातिर मोरङका अधिकांश पालिकामा यो रोग फैलिएको थियो ।विभिन्न पालिकाले यो रोग

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 474 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved