धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको फार्मेसीबाट ठूलो परिमाणमा औषधि हराएको प्रारम्भिक तथ्य सार्वजनिक भएपछि प्रतिष्ठानभित्र ठूलो हलचल मच्चिएको छ। अस्पतालको प्रारम्भिक अनुसन्धान अनुसार, करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको औषधिमध्ये ५० लाख रुपैयाँ बराबरको औषधि स्टकमा नदेखिएको, ३६ लाख रुपैयाँ नगद हिसाब नमिलेको, ४ लाख रुपैयाँ बराबरको बिक्री गडबडी र १४ लाख रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका औषधि फेला परेका छन्। औषधि हराएको घटनामा अस्पतालका निर्देशक डा. जगतनारायण प्रसाद, तत्कालीन डेपुटी निर्देशक डा. लोकेश जैसवाल, फार्मेसी इन्चार्ज लक्ष्मण महर्जन, र कर्मचारी विवेक दाहालको संलग
विराटनगर/ मोरङ उद्योग व्यापार संघले चालू आर्थिक वर्षमा निर्यात अनुदान सम्बन्धी आवेदन प्रक्रिया अघि नबढाउने उद्योग विभागको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै उद्योग विभागले सार्वजनिक गरेको सूचनाले नेपाली निर्यातकर्ताको मनोबलमा दीर्घकालीन नकारात्मक असर पार्ने र मुलुकको आर्थिक स्थायित्वमा जोखिम उत्पन्न गर्ने चेतावनी दिएको छ । संघका अध्यक्ष अनुपम राठीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भूपरिवेष्ठित देश भएर पनि कठिन प्रतिस्पर्धाबीच नेपाली निर्यातकर्ताले राष्ट्रका लागि विदेशी मुद्रा आर्जनमा योगदान
धरान/ पोखराको सारङ्गाको जस्तै आकर्षक गन्तव्य बन्नसक्ने सम्भावना बोकेको धरान–२० मा पर्ने चिण्डेडाँडा स्थानीय सरकार धरान उपमहानगरपालिकाले महत्वका साथ नहेरेकै कारण पर्यटकीय सम्भवना बोकेको यो स्थान अझै ओझेलमै छ । धरान–१३ को सर्दुखोला पुल तरेपछि करिब १३ किलोमिटर दुरीमा पुगिने यो डाँडामा सुविधा सम्पन्न होटलहरू सञ्चालनमा छन् । तराईका विभिन्न स्थानलाई एकै थलोबाट हेर्न सकिने आकर्षक भ्युटावरसमेत यहाँ बनेको छ । करिब ५० लाख लागतमा ६ वर्षअघि बनेको पाँचतले भ्युटावरको शिलान्यास पूर्व संघीय सांसद जयकुमार राई र प्रदेश सांसद उमिता बराईले गर्नुभउको थियो । तर आजसम्म य
झापा/ कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी पहिरोका प्रभावित परिवारलाई धमाधम राहत सामग्री पठाउन थालेको छ। हेलिकप्टर र अन्य सवारी साधन मार्फत हिजो सामग्री पुर्याएको कोशी प्रदेश सरकारले आज पनि तीन ट्रकभन्दा बढी सामग्री माइजोगमाई, माई, इलाम, नगरपालिका र झापा गाउँपालिका लगायतका क्षेत्रमा पठाएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारसँग भएका सबै सामग्रीहरू तीव्र गतिमा पठाइएको बताए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो राहत वितरणलाई व्यवस्थित गर्न योजना बनाउन सरकारी संयन्त्रको बैठक राखेका थिए । कार्कीले मृतकका परिवारलाई राहत रकम साथै अत्यावश्यक साम
दाङ / घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उन फूल, माला बिक्री गर्दै आएको बताए । चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन् । आम्दानीको पाटो पनि राम्रो भएको छ फूलखेतीबाट । फूलखेती गर्नुभन्दा अघि उनी वैदेशिक रोजगारमा रहेका छन् । “विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँं”, उनले भने, “बाहिरी देश
धरान/ जेनजी आन्दोलन र लगातारको वर्षाका बाबजुद पनि नेपालीहरु दशैंको तयारीमा जुटिरहेका छन् । विशेषगरी मासुका परिकारको महत्व हुने भएकाले धरानस्थित कृषि बजारमा खसी–बोका खरिद–विक्रीमा चहलपहल बढेको छ । धरान–१३ स्थित कृषि बजारमा गत शुक्रबार भन्दा यो शुक्रबार ठूलो संख्यामा खसी बोका व्यापारी तथा कृषकले ल्याएका छन् । खसी बोका विक्री गरेर दशैं टार्ने कृषक र व्यापारीको ध्याउन्न छ भने उपभोक्ताले समेत सर्वसुलभ ढंगले खरिद गरी दशैं मनाउने तयारी गरेका छन् । कृषक तथा व्यापारीहरु भन्छन् ‘वर्षा र आन्दोलनकै कारण बजार सुस्त थियो, अहिले भने चहलपहल बढेको छ ।’हाल कृषि बजारम
विराटनगर/ जेनजी आन्दोलनका क्रममा दुहबी नगरपालिकाको कार्यालयमा तोडफोड र आगजानी भएबाट कार्यालयका भौतिक सामग्रीहरु क्षतिग्रस्त भएकाले नगरपालिकालाई जिन्सी सामाग्री प्रदान गरिएको छ । मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग परिसंघ, कोशी र उद्योग संगठन मोरङले दुहबी नगरपालिकाको कार्यालयलाई तीन लाख बराबरको कार्यालय उपकरण र जिन्सी सामग्रीहरु उपलब्ध गराएको हो । नगरपालिकाको कार्यालय संचालनमा सहयोग पु¥याउने अभिप्रायले संघ, संगठन र परिसंघले संयुक्त रुपमा दुहबी नगरपालिकालाई २ थान कम्प्यूटर, २ थान प्रिन्टर, २ थान अफिस टेबुल, २ थान रिभल्वीङ चेयर, ४ थान भिजिटर चेयर, १÷१ थान स्टील दराज र बु
धरान/ विजया दशमी, दिपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको अवसरमा धरान मदिरा व्यवसायी संघले शुक्रबार साँझ धरानमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् । सोही कार्यक्रममा व्यवसायीले वर्तमान बजारको सङ्कटबारे चिन्तासमेत व्यक्त गरे । नेपाल मदिरा व्यवसायी महासङ्घका कोशी प्रदेश अध्यक्ष नवीन तामाङले खुद्रा तथा थोक व्यवसायी पलायन हुँदै गइरहेको बताए । उनले व्यवसायी पलायनका कारण पहिल्याउनु पर्ने बताए । मुलुकमा जारी नयाँ किसिमको आन्दोलनले व्यवसायी सशङ्कित, त्रसित र भयभीत भएको धरानका व्यवसायीले बताएका हुन् । जेनजी आन्दोलनका कारण उद्योग, व्यवसाय गुमाएका उद्योगी व्यवसायीलाई सान्त्वना दिँदै स
धरान/ धरानबाट केही बेर उत्तर तर्फ यात्रा ग¥यो भने, मोरङको केराबारी–६ मा एउटा सपनाजस्तै देखिने फाँट खुलिन्छ — जहाँ सेतै सेतो काँसले आकाश छुने प्रयास गरिरहेको हुन्छ । सतिसालेको त्यो ठाउँ, जुन अहिले भाइरल काँस घारी भनेर चिनिन्छ, साँच्चै प्रकृतिले प्रेम लेखेको क्यान्भासजस्तै देखिन्छ।वर्षमा एक पटक मात्र फुल्ने यी काँसहरू, जब चुरे फेदीको हरियालीलाई सेतो ओढारले ढाक्छन्, तब त्यो दृश्य कुनै कविताभन्दा कम हुँदैन। बिहानैदेखि धरान, इटहरी, बेलबारीतिरबाट युवायुवती, परिवार, अनि जोडीहरू त्यहाँ पुग्छन् —कोही फोटोको क्याप्सनमा प्रेम खोज्दै, कोही टिकटकको क्लिपमा यादहरू कैद गर्दै। चारकोसे
वराहक्षेत्र/ वराहक्षेत्रमा चाडबाड लक्षित गरेर नगर क्षेत्रका पसलमा नरपालिकाले अनुगमन सुरु गरिएको छ । खाद्यवस्तुको मूल्यमा एक रूपता नभएको , म्याद नाघेका सामाग्री बिक्री गर्न जनगुनासो बढेपछि वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा बजार अनुगमन गरेको हो । उपभोक्ताहरुको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए । बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयहरूमा बुधवार कोशी पुल , चतरा