वराहक्षेत्रमा चाडबाडलक्षित बजार अनुगमन ,  म्याद नाघेका बस्तुलाई नष्टसँगै व्यापारीलाई सचेतना 

  • असोज ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्रमा चाडबाड लक्षित गरेर नगर क्षेत्रका पसलमा नरपालिकाले अनुगमन सुरु गरिएको छ ।
 
खाद्यवस्तुको मूल्यमा एक रूपता नभएको , म्याद नाघेका सामाग्री बिक्री गर्न जनगुनासो बढेपछि वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा बजार अनुगमन गरेको हो । उपभोक्ताहरुको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।
 
बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयहरूमा बुधवार कोशी पुल , चतरा घाट क्षेत्रमा रहेका  पसलहरूमा नगरपालिकाले अनुगमन गरेको हो।
अनुगमन टोलीले पर्यटकिय क्षेत्र कोशीपुल , चतराघाट क्षेत्रमा रहेका होटल , किराना पसल, फलफूल पसल, मिठाई पसल , पेडा पसलहरुमाको अनुगमन गरिएको  तिवारीले जानकारी दिए ।
 
अनुगमनको क्रममा  म्याद नाघेका सामग्री नष्ट र म्याद नाघेका सामाग्री बिक्री गर्न राखेका पसललाई सचेतना, दर्ता प्रकृया , किचन क्षेत्रमा अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरू सचेतना,  ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलालाई नियन्त्रणमा लिईएको नगर उपप्रमुख नन्दकुमारी सुनुवारले बताइन ।
 
नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा सुनसरीका खाद्य अनुसन्धान अधिकृत उज्वल कोईरला , उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका प्रतिनिधि , नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved