खसी बोका बजारले चहलपहल बढ्यो

  • असोज ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  जेनजी आन्दोलन र लगातारको वर्षाका बाबजुद पनि नेपालीहरु दशैंको तयारीमा जुटिरहेका छन् ।

विशेषगरी मासुका परिकारको महत्व हुने भएकाले धरानस्थित कृषि बजारमा खसी–बोका खरिद–विक्रीमा चहलपहल बढेको छ ।

धरान–१३ स्थित कृषि बजारमा गत शुक्रबार भन्दा यो शुक्रबार ठूलो संख्यामा खसी बोका व्यापारी तथा कृषकले ल्याएका छन् ।

खसी बोका विक्री गरेर दशैं टार्ने कृषक र व्यापारीको ध्याउन्न छ भने उपभोक्ताले समेत सर्वसुलभ ढंगले खरिद गरी दशैं मनाउने तयारी गरेका छन् ।

कृषक तथा व्यापारीहरु भन्छन् ‘वर्षा र आन्दोलनकै कारण बजार सुस्त थियो, अहिले भने चहलपहल बढेको छ ।’हाल कृषि बजारमा खसी बोका जिउँदो प्रतिकेजी ५ सयदेखि ६ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ । पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्ला तथा तराईबाट समेत व्यापारीहरुले खसी बोका ल्याएका छन् ।

वडाध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार बजार अझ सक्रिय बनाउन हप्तामा एक पटक लाग्ने पशु बजारलाई दुई–तीन पटकसम्म चलाउने तयारी भइरहेको छ ।

उहाँले भन्नुभयो–‘ यसपालि कारोबार केही घटे पनि बजारलाई सक्रिय बनाउन स्थानीय सरकार तयार छ ।’कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार गत वर्ष अन्तिम शुक्रबार मात्रै १० करोड रुपैयाँभन्दा बढी मूल्य बराबरका ५ हजार खसी बोका विक्री भए पनि यसपटक करिब ९ करोड रुपैयाँ बराबरका ४ हजार ५ सय खसी बोका मात्र विक्री हुने अनुमान गरिएको छ ।

जेनजी आन्दोलन र लगातारको वर्षाका कारण केही कमी आए पनि बजारमा देखिएको चहलपहलले दशैंको उत्साह भने नेपालीमा घटेको छैन भन्ने स्पष्ट भएको व्यवस्थापन समितिको भनाइ छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved