झापा र इलामकाबाढी पहिरो प्रभावितलाई प्रदेश सरकारले पठायो थप तीन ट्रक राहत

  • असोज २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी पहिरोका प्रभावित परिवारलाई धमाधम राहत सामग्री पठाउन थालेको छ।

हेलिकप्टर र अन्य सवारी साधन मार्फत हिजो सामग्री पुर्‍याएको कोशी प्रदेश सरकारले आज पनि तीन ट्रकभन्दा बढी सामग्री माइजोगमाई, माई, इलाम, नगरपालिका र झापा गाउँपालिका लगायतका क्षेत्रमा पठाएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारसँग भएका सबै सामग्रीहरू तीव्र गतिमा पठाइएको बताए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो राहत वितरणलाई व्यवस्थित गर्न योजना बनाउन सरकारी संयन्त्रको बैठक राखेका थिए ।

कार्कीले मृतकका परिवारलाई राहत रकम साथै अत्यावश्यक सामग्री पठाउने कामलाई स्रोत साधनले भ्याएसम्म निरन्तर जारी राख्ने बताए । प्रदेश सरकारका मन्त्रीहरू पनि आ-आफ्नो ठाउँमा फिल्डमै गएर निर्माण र पुनर्निर्माणको काममा ध्यान दिन सुरु गरेको उनले बताए।

सरकारले राहत सामग्री पठाएसँगै भत्किएका सडक र अन्य संरचनाहरू बनाउनका लागि तयारी थालेको मुख्यमन्त्री कार्कीले जानकारी दिएका छन् ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved