अर्थ

    Showing 1,041-1,050 of 1,054 items.
  • धरानको वार्ड नं ३ मा समस्या परेका ७० घर परिवारलाई राहत वितरण

    धरानको वार्ड नं ३ मा हाल सम्म पनि राहत नपाएका ७० घर परिवारलाई राहत वितरण गरिएको छ । मंगलबार धरान ३ को वडा कार्यालयको समन्वयमा स्थानीय मिग्मा भोटेको सक्रियतामा उक्त राहत वितरण गरिएको हो । धरान शंखुवासभा सरोकार समाज धरानको अध्यक्ष समेत रहेका मिग्मा भोटले वडाबाट पाएका राहतले खान नपुग्ने र राहत नपाएर समस्यामा परेकाहरुलाई राहत बाडेको बताए ।                                                राहतमा १० केजी चामल, १ केजी दाल, १ लिटर तेल, १ केजी नुन र न्यूटला वितरण

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 923 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रासायनिक मल र हाइब्रिड बिउँ नपाए पछि कृषक चिन्तीत

     होलि खेत (गहिरोमा रहेका खेत) हरुमा धान बाली लगाउन चैत्र महिना मै बिउँ राखिसक्नु पर्ने थियो । चैत्र अन्तिम साता देखि वैशाखको दोस्रो साता सम्म बिउँ राखेर जेठको दोस्रो साता देखि होलिखेतमा धान रोपसक्नु पर्छ, तर यस वर्ष बराहक्षेत्र ९ स्थित ढोलबजियाका कृषकहरुले होलिखेतका लागि बिउँ राख्न पाएका छैनन् । हाइब्रिड बिउँको भर परेका कृषकहरु अहिले बिउँ नपाए पछि चिन्तित बनेका छन् ।रासायनिक मल र हाईब्रिड बिउँको भर परेका ढोलबजियाका कृषकहरुले लकडाउनको अवश्थामा मल र बिउँको अभाव भए पछि खेती नै गर्न नसक्ने अवश्थामा पुगेका छन् । स्थानीय कृषक निरञ्जन मण्डलका अनुसार कृषकहरुले रञ्जित जातीको धान लगाउने गरेका छन् ।

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 840 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान सत्र हङकङ द्वारा वडासमितिलाई राहत प्रदान

    धरानको वडा नम्बर १७ का विपन्न परिवारलाई राहत वितरण गर्न धरान सत्र समाज हङकङले राहत सामग्री प्रदान गरेको छ । लकडाउनका कारण १७ नम्बर वडाका अति विपन्न परिवारहरुका लागि राहत वितरण गर्न तिन लाख ५९ हजार ५ सय रुपैया वरावरको राहत सामग्री प्रदान गरिएको सत्र सामाज हङकङका सहसचिव श्री राईले जानकारी दिए । हङकङ समाजका पदाधिकारीहरुद्वारा १७ न. वडाध्यक्ष मनोज भट्टराईलाई मंगलवार राहत सामग्री प्रदान गरेका हुन् । राहत सामग्रीमा ३ हजार ५ सय केजि चामल, ३ सय ५० लिटर तेल, ३ सय ५० केजि नुन र ३ सय ५० केजि दाल रहेको छ । धरान १७ का स्थानीय हाल हङकङमा रहदै आएकाहरु वाट राहतका लागि आर्थिक संकलन गरिएको समाजका अध्यक्ष मधुकुम

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 772 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तयार भयो खाद्यान्नको दररेट

    कोरोनाको आक्रान्तका कारण हाल भइरहेको लकडाउनको परिस्थितिमा खँद्यान्नको दरभाउमा एकरुपता नभइरहेको गुनासो आएको अवस्थामा सुनसरी उद्योग वाणिज्य संघले धरान बजारमा लागुहुनेगरि भोलि वैशाख २३ गतेदेखि खाद्यान्नको खुद्रा दररेट निष्काशन गरेको छ । व्यवसायीहरुले आफूखुशी खाद्य वस्तुहरु बेचिरहेको गुनासो आइरहेकोले दररेटमा रुकरुपता आओस् भनेर दरभाउ ल्याइएको सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष्ँ तथा बजार अनुगमन समितिका संयोजक शिवराज श्रेष्ठले बताए । श्रेष्ठले खाद्यान्नहरुमा थोकमूल्यमा उतार चढाव आएमा मूल्यसुची हेरफेर हुन सक्ने समेत बताए । साथै यस सम्बन्धमा व्यवसायीहरुले यस भाउ अनुसार बिक्री वितरण नगरेमा उपभ

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 1,510 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रमजानमा अञ्जुमन इस्लामियाद्वारा रोजा प्याकेज वितरण

    धरान । लकडाउनका कारण समस्यामा परेका मुश्लिम परिवार सहित अन्य विपन्न परिवारलाई पनि रमजानको अवसरमा रोजा प्याकेज वितरण गरिएको छ । मुश्लिमहरुको पत्रिव महिना रमजानको अवसरमा अञ्जुमन इस्लामिया धरानले मस्जिदबाट विपन्न परिवारहरुलाई रोजा प्याकेज वितरण गरेको हो । रमजानको अवसरमा २ सय ४० घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री प्रदान गरिएको अञ्जुमन इस्लामियाका सचिव अफाक अहमदले बताए । साढे ३ लाख मुल्य बराबरको राहत वितरण गरिएको उनको भनाई छ । मुश्लिम आयोगद्वारा गठित सुनसरी जिल्ला अनुगमन समितिका सदस्य समेत रहेका अफाक अहमदले भने, वडा नम्बर ३ को कार्यालय सँग सहकार्यमा विपन्न परिवारको नामावली संकलन गरेर, मुश्लि

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 941 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युके वाट १८ न. वडा कोरोना राहत कोषलाई सहयोग

    धरान १८ न. वडा समिति कोरोना राहत कोषलाई युके वाट आर्थिक सहयोग प्राप्त भएको छ । धरान १८ निवासी हाल युके वस्दै आएका पुर्व व्रिटिस गोर्खा सैनिक काजि राई र पदम राईको संयोजनमा नगद १ लाख १८हजार २ सय ५० रुपैया राहत कोषका लागि प्राप्त भएको हो । सयहोग रकम युके वस्दै आएका १८ न. वडा निवासिहरुवाट संकलन गरिएको काजि राईले अनलाइन मार्फत जानकारी गराए । आर्थिक संकलन संयोजक काजि राई आफैले नगद ५० हजार, पदम राई वाट १५ हजार, पञ्चधन राई १५ हजार, दोर्जमान राई १५ हजार, रविन परिवार १५ हजार, सन्तोस राई ४ हजार ५ सय र राम राई वाट ३ हजार ७ सय ५० रुपैया प्राप्त भएको संयोजक राईले जनाए । १८ न. वडा कोरोना राहत कोषमा अहिले

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 784 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चद्धारा राहत वितरण

    विश्वव्यापी रुपमा फैलिएको कोरोनाा (काभिड–१९) नेपालमा पनि संक्रमण भएपछि नेपाल सरकारले गरेको लकडाउनको अवधीमा समस्यामा परेका ५० जना अति विपन्न सुनचाँदीका मजदुरहरुलाइ नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च सुनसरी शाखा धरानले धरान २ स्थित रत्नरोडमा राहत सामाग्री वितरण गरेको छ ।धरान कार्यक्षेत्र वनाएर सुनचाँदीका गरगहना वनाउने ४० जना र राहत वितरण हुँदैछ भन्ने थाहा पाएर आएउका अन्य १० जना गरि जम्मा ५० जनालाई राहत सामाग्री वितरण गरेको हा । कोराना भाइरस ( कोभिड–१९ं) को कारण विगत १ महिना १० दिनदेखी सरकारले लकडाउन गरेको समयमा दैनिक काम गरेर गुजारा चलाउने सुनचाँदी कालिगढहरुलाई जिविकोपार्जनको लाग

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 822 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान स्पेसका ग्राहकले अब इसेवा मार्फत शुल्क भुक्तानी गर्न सक्ने

    धरान । लकडाउनको समयमा सम्पुर्ण सेवा बन्द भएका अवश्थामा धरान स्पेस टाइम नेटवर्कले ग्राहकशुल्क भुक्तानीका लागि ईसेवा मार्फत व्यवस्था गरिदिएको छ । क्लियर टेलिभिजन जडान गरेका ग्राहकहरुले इसेवा मार्फत शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । धरानमा सेवा दिइरहेको धरान स्पेश टाइमले अहिले लकडाउनको समयमा डिजिटल भुक्तानी गर्ने क्रम बढिरहेका बेला आफ्ना ग्राहकले पनि सहज ढंगले शुल्क भुक्तान गर्न सकुन् भन्ने उद्देश्यले इसेवा सँगको सहकार्यमा अनलाइन भुक्तानी सेवा दिएको धरान स्पेस टाइम नेटवर्कका प्रबन्धक बिदुर बिक्रम पन्तले बताए  । ग्राहकले अबदेखि इसेवा मार्फत सहजै शुल्क भुक्तानी गर्न सक्नेछन् । इसेवा एकाउ

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 2,168 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा तरकारी जस्तै खाद्यान्नको पनि पसल खुल्ला गरिने

    धरानमा तरकारीजन्य वस्तुलाइ सहज विक्रि वितरणका लागि शनिबार देखि विहान ६ बजे देखि ९ बजे सम्म अत्यावश्यक वस्तको पसल खोलिने भएको छ । धरान उपमहानगरपालिका, सुनसरी उद्योग वाणिज्य संघ र धरानको २० वटै वडाका वडासदस्यहरुको सहभागितामा धरान उपमहानगरपालिकामा बुधबार बसेको बैठकले धरानमा तरकारीजन्य बस्तुलाई जसरी सहज तरिकाले विक्रि वितरण गरिँदै आएको छ त्यसै गरी खाद्यान्नलाई पनि व्यवस्थित तरिकाले बिक्री वितरण गर्नका लागि पसल खोलिने निर्णय गरिएको हो । वडा कार्यालयहरूले खाद्यान्नका पसलहरूलाई सिफारिस दिने र सुनसरी उद्योग वाणिज्य संघले समन्वय गरेर मुल्यसुची सहित पसल खोल्न दिईने निर्णय भएको छ । पसल खोल्दा सामाजिक द

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 1,391 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड अस्पताललाई आयुर्वेद औषधि हस्तान्तरण

    कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विरामीका लागि आयुर्वेद औषधि व्यवसायी संघ नेपालले प्रदेश सरकारलाई औषधि हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सिफारिस गरेका चार प्रकारका औषधि व्यवसायी संघले सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो । व्यवसायी संघले ५ सय ग्रामको च्यवनप्रास ६२ ओटा, १ सय ग्रामको अश्वगन्धा चुर्ण ६२ ओटा, ६० क्याप गिलोय प्लस ३१ ओटा र १ सय ग्रामको तुलसी चिया ३१ प्याकेज मन्त्री घिमिरेलाई हस्तान्तरण गरिएको छ । प्रदेश सरकारलाई हस्तान्तरण गरिएको आयुर्वेद औषधि ४४ हजार ६ सय ४० रुपैयाँको रहे

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 707 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved