कोभिड अस्पताललाई आयुर्वेद औषधि हस्तान्तरण

  • वैशाख १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विरामीका लागि आयुर्वेद औषधि व्यवसायी संघ नेपालले प्रदेश सरकारलाई औषधि हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सिफारिस गरेका चार प्रकारका औषधि व्यवसायी संघले सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो । व्यवसायी संघले ५ सय ग्रामको च्यवनप्रास ६२ ओटा, १ सय ग्रामको अश्वगन्धा चुर्ण ६२ ओटा, ६० क्याप गिलोय प्लस ३१ ओटा र १ सय ग्रामको तुलसी चिया ३१ प्याकेज मन्त्री घिमिरेलाई हस्तान्तरण गरिएको छ । प्रदेश सरकारलाई हस्तान्तरण गरिएको आयुर्वेद औषधि ४४ हजार ६ सय ४० रुपैयाँको रहेको आयुर्वे औषधि व्यवसायी संघका अध्यक्ष जगराज गिरीले जानकारी दिनुभयो ।

आयुर्वेद औषधि ग्रहण गर्दै मन्त्री घिमिरेले उपचाररत विरामीका लागि प्रयोगमा ल्याउन कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन समितिलाई निर्देशन दिनुभएको छ । संक्रमितको उपचारमा खटिएका चिकित्सकसँग समन्वय गरेर औषधि प्रयोगमा ल्याउन उहाँले निर्देशन दिनुभएको छ । 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved