धरान सत्र हङकङ द्वारा वडासमितिलाई राहत प्रदान

  • वैशाख २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरानको वडा नम्बर १७ का विपन्न परिवारलाई राहत वितरण गर्न धरान सत्र समाज हङकङले राहत सामग्री प्रदान गरेको छ ।
लकडाउनका कारण १७ नम्बर वडाका अति विपन्न परिवारहरुका लागि राहत वितरण गर्न तिन लाख ५९ हजार ५ सय रुपैया वरावरको राहत सामग्री प्रदान गरिएको सत्र सामाज हङकङका सहसचिव श्री राईले जानकारी दिए । हङकङ समाजका पदाधिकारीहरुद्वारा १७ न. वडाध्यक्ष मनोज भट्टराईलाई मंगलवार राहत सामग्री प्रदान गरेका हुन् ।
राहत सामग्रीमा ३ हजार ५ सय केजि चामल, ३ सय ५० लिटर तेल, ३ सय ५० केजि नुन र ३ सय ५० केजि दाल रहेको छ । धरान १७ का स्थानीय हाल हङकङमा रहदै आएकाहरु वाट राहतका लागि आर्थिक संकलन गरिएको समाजका अध्यक्ष मधुकुमार राईले बताए । १७ न. वडा समितिले अहिले सम्म २ हजार ४ सय विपन्न वडावासिहरुलाई राहत प्रदान गरिसकेको छ ।
हङकङ समाजवाट प्राप्त राहत अति विपन्न ३ सय ५० परिवारलाई दोहोर्याएर राहत प्रदान गरिने वडाध्यक्ष मनोज भट्टराईले जनाए । यस अघि वडा समितिले तिन जना परिवार भएकोलाई १० केजि चामल र तिन भन्दा वढि परिवार भएकालाई १५ केजि चामल, दाल, नुन, तेल र आलु घरमा नै पुर्याएर राहत वितरण गरेको थियो । राहत सामग्री प्रदान कार्यक्रममा धरान सत्र समाज हङकङका सदस्य कवि राई, देवकुमार राई, किशोर राई, दिलिप राई, समाजका धरान प्रतिनिधि सतिश केसि, युवा नेता नरसिंह राई लगायतको उपस्थिति रहेको थियो ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved