धरान स्पेसका ग्राहकले अब इसेवा मार्फत शुल्क भुक्तानी गर्न सक्ने

  • वैशाख २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनको समयमा सम्पुर्ण सेवा बन्द भएका अवश्थामा धरान स्पेस टाइम नेटवर्कले ग्राहकशुल्क भुक्तानीका लागि ईसेवा मार्फत व्यवस्था गरिदिएको छ ।
क्लियर टेलिभिजन जडान गरेका ग्राहकहरुले इसेवा मार्फत शुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।

धरानमा सेवा दिइरहेको धरान स्पेश टाइमले अहिले लकडाउनको समयमा डिजिटल भुक्तानी गर्ने क्रम बढिरहेका बेला आफ्ना ग्राहकले पनि सहज ढंगले शुल्क भुक्तान गर्न सकुन् भन्ने उद्देश्यले इसेवा सँगको सहकार्यमा अनलाइन भुक्तानी सेवा दिएको धरान स्पेस टाइम नेटवर्कका प्रबन्धक बिदुर बिक्रम पन्तले बताए  ।

ग्राहकले अबदेखि इसेवा मार्फत सहजै शुल्क भुक्तानी गर्न सक्नेछन् ।

इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेका इसेवा जोन तथा पोइन्ट मार्फत शुल्क भुक्तानी गर्न सकिनेछ । नेपालभर इसेवाका करिब ९० हजार जोन पोइन्ट रहेका छन् ।


नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवा मार्फत मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइ जहाज तथा बसको टिकट, विद्यालय÷क्याम्पसको शुल्क भुक्तानी, होटेल र रेष्टुरेण्टको बिल भुक्तानी लगायत विभिन्न सुविधा उपभोग गर्न सकिनेछ ।


इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् ।

यी बैंक तथा वित्तीय संस्थाबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल इसेवाका ग्राहक ३० लाख भन्दा बढी पुगी सकेका छन् भने यो संख्या निरन्तर बढ्ने क्रममा छ ।

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved