तयार भयो खाद्यान्नको दररेट "व्यवसायीहरुले शर्तहरु समेत पालना गर्नुपर्ने"

  • वैशाख २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

कोरोनाको आक्रान्तका कारण हाल भइरहेको लकडाउनको परिस्थितिमा खँद्यान्नको दरभाउमा एकरुपता नभइरहेको गुनासो आएको अवस्थामा सुनसरी उद्योग वाणिज्य संघले धरान बजारमा लागुहुनेगरि भोलि वैशाख २३ गतेदेखि खाद्यान्नको खुद्रा दररेट निष्काशन गरेको छ । व्यवसायीहरुले आफूखुशी खाद्य वस्तुहरु बेचिरहेको गुनासो आइरहेकोले दररेटमा रुकरुपता आओस् भनेर दरभाउ ल्याइएको सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष्ँ तथा बजार अनुगमन समितिका संयोजक शिवराज श्रेष्ठले बताए । श्रेष्ठले खाद्यान्नहरुमा थोकमूल्यमा उतार चढाव आएमा मूल्यसुची हेरफेर हुन सक्ने समेत बताए ।
साथै यस सम्बन्धमा व्यवसायीहरुले यस भाउ अनुसार बिक्री वितरण नगरेमा उपभोक्ताहरुले सुनसरी उद्योग वाणिज्य संघका महासचिव राजेश अग्रवाललाई ९८५२०४७४८४ र अनुगमन समितिका संयोजक शिवराज श्रेष्ठलाई ९८५२०४५४५९ मा सिधै सम्पर्क गर्न सकिने कार्यसमितिका सदस्य विष्णु बरालले बताए ।

खाद्यान्न पसल सञ्चालन गर्दा शर्तहरु समेत पालना गर्नुपर्ने
व्यवसायीहरुले खाद्यान्न पसल सञ्चालन गर्दा केही शर्तहरु समेत पालना गर्न सुनसरी उद्योग वाणिज्य संघले अनुरोध गरेको छ । “उपभोक्ता र व्यवसायीहरुकै हितमा यी शर्तहरु ल्याईएको हो र व्यवसायीहरुले पालना गरिदिनुहुन समेत व्यवसायीहरुलाई अनुरोध गर्दछौं” अनुगमन समितिका सदस्य विष्णु बरालले बताए ।

के छ त ? शर्तहरुमा ः
धरान उपमहानगरपालिकामा सम्पन्न बैठकले हालै लकडाउनको क्रममा दैनिक उपभोग्य वस्तुहरु खरिद गर्न धरान भरिका खाद्यान्न पसलहरु बिहान ६ः०० देखि ९ बजेसम्म खोल्ने भन्ने निर्णयअनुसार पसल खोल्दा निम्नानुसारको नियमहरु समेत परिपत्र गराईदिनुहुन सादर अनुरोध गर्दछौं ।
१) हरेक प्रोप्राईटरले पसल खोल्न वडा कार्यालयबाट अनिवार्य स्वीकृति लिनुपर्नेछ ।
२) सुनसरी उद्योग वाणिज्य संघबाट उपलब्ध गराईएको मूल्य सुचि लिई अनिवार्य रुपमा सबैले देख्नेगरि राख्नुपर्नेछ ।
३) पसल भित्र भिडभाड नहोस् भन्ने हेतुले पसल अगाडि डोरी लगाई पसल भित्र जान रोक लगाउनु पर्नेछ ।
४) पसलमा सामाजिक दुरी (१ मिटर) कायम गर्नुपर्नेछ ।
५) पसलमा बस्ने व्यवसायी र कर्मचारीहरुले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनुपर्ने छ ।
६) पसल अगाडि हात धुने साबुन, पानी र तौलिया राख्नुपर्नेछ ।
७) पैसाको कारोबार गरिसकेपछि सेनिटाईजर प्रयोग गर्नुपर्नेछ ।
८) गुणस्तरीय र म्याद नगुज्रिएका खाद्य वस्तुमात्र बिक्री गर्नुपर्नेछ ।

साथै समितिले पसल सञ्चालन गर्दाका समयमा आवश्यक मापदण्ड पुगेको छ वा छैन भनि अनुगमन गर्नका लागि कार्यसमितिका सदस्यहरुलाई प्रत्येक वडामा अनुगमन गर्न समेत तोकिएको महासचिव राजेश अग्रवालले बताएका छन् ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved