रासायनिक मल र हाइब्रिड बिउँ नपाए पछि कृषक चिन्तीत " बिउँ र मलको आफ्नै उत्पादन हुन छाड्यो "

  • वैशाख २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 होलि खेत (गहिरोमा रहेका खेत) हरुमा धान बाली लगाउन चैत्र महिना मै बिउँ राखिसक्नु पर्ने थियो । चैत्र अन्तिम साता देखि वैशाखको दोस्रो साता सम्म बिउँ राखेर जेठको दोस्रो साता देखि होलिखेतमा धान रोपसक्नु पर्छ, तर यस वर्ष बराहक्षेत्र ९ स्थित ढोलबजियाका कृषकहरुले होलिखेतका लागि बिउँ राख्न पाएका छैनन् । हाइब्रिड बिउँको भर परेका कृषकहरु अहिले बिउँ नपाए पछि चिन्तित बनेका छन् ।
रासायनिक मल र हाईब्रिड बिउँको भर परेका ढोलबजियाका कृषकहरुले लकडाउनको अवश्थामा मल र बिउँको अभाव भए पछि खेती नै गर्न नसक्ने अवश्थामा पुगेका छन् । स्थानीय कृषक निरञ्जन मण्डलका अनुसार कृषकहरुले रञ्जित जातीको धान लगाउने गरेका छन् । त्यसको बिउँ अहिले साझा संस्थानमा छैन् । संस्थानमै बिउँ पाइने भएकाले उनले पनि घरमा बिउँ राखेनन् । त्यही भएर अहिले धानको बिउँनै राख्न नपाएको उनको भनाई छ । उनले भने, ‘लडाउन यती लामो हुन्छ भनेर जानिएन, बिउँ राखिएन्, मिसमास धानको बिउँ राख्न सझाको आश गरियो, अहिले साझामा बिउँ पाइन्दैन्, होलि खेतमा अहिले राख्यो भने जेठमा रोपिन्छ यस्तो हुन्छ भनेर थाहा भएन, नत्र घरकै बिउँ राखिन्थ्यो ।’
ढोलबजियाका कृषकहरुमा अहिले स्थानीय स्तरमा उत्पादन भएका अर्गानिक मलहरुनै प्रयोग गरेर भएको उत्पादनबाट चित्त बुझाउनुपर्ने अवश्थामा रहेका छन् । लगाईसकेको बालिको उत्पादनमा पनि कमी हुन्छ, नयाँ बालिमा त झन गाह्रो छ, अर्का कृषक गोपाल मण्डलले भने, ‘अहिले मकै खेतिमा समस्या छ, मल छैन्, नयाँमा लगाउन बाँकी छ, रासायनिक मलको बानी परेको छ, अग्र्यानिक मल लगाएर साध्य नै हुँदैन् । त्यसैले मकै बालिलाई यस वर्ष समस्या हुनेछ ।’
लकडाउन यति लामो समय सम्म लम्बिन सक्ने शंका नै थिएन् । त्यसैले कृषकहरु साझा संस्थाबाटै उपलब्ध हुने विश्वास गरे । भारतबाट निर्यात हुने रासायनिक मल तथा हाइब्रिड बिउँ ठप्प हुँदा अभाव बढ्दै गएको छ । कृषकहरुले स्थानीय तहलाई जानकारी पनि गराएका छन् तर लकडाउन समय सम्म मल तथा बिउँ उपलब्ध हुन नसक्ने अवश्थामा रहेको छ ।
लकडाउनको कारण मात्रै कृषकहरुमा मल तथा बिउँको अभाव भएको होइन् । कृषकहरुले रासायनिक मल र हाइब्रिड बिउँमा निर्भर भएकाले समस्या आएको छ । स्थानीय रुपमा उत्पादन हुने मल तथा आफैले राख्न सक्ने बिउँहरु प्रयोग गर्न सकेको भए अहिले लकडाउनको समयमा पनि कृषि उत्पादनमा समस्या नहुने विज्ञहरुको भनाई छ ।
हाइब्रिड बिउँको प्रयोग बढ्दै गएकाले लकडाउनको समयमा बिउँ अभाव भएको बराहक्षेत्र नगरपालिकाकी कृषि विकाश शाखाकी प्रमुख तुलसा लिम्बुको भनाई छ । उनका अनुसार बराहक्षेत्रका अधिकांश कृषकहरुले हाइब्रिड बिउँ प्रगोग गर्ने गर्छन् । बराहक्षेत्रका अधिकांश कृषकहरुले लगाउने गरेको रञ्जीत जातीको धानको बिउँ भारतबाट मगाउनु पर्ने हुन्छ, अहिले लकडाउनको कारण सबै कुरा ठप्प भएकाले समस्या भएको लिम्बुले बताईन् । उनले भनिन्, ‘हामीले मन्त्रालय, कृषि केन्द्रहरु जानकारी गराईसकेका छौं, ल्याउने पहल पनि भइरहेको छ । तर पनि लकडाउनका कारण केही समस्या छ ।’ बराहक्षेत्रमा मल तथा बिउँ ल्याउने ४ वटा कृषि सहकारीहरु छन् । उनीहरु मार्फत मल तथा बिउँ ल्याउनका लागि नगरपालिकाको छलफल भैसकेको र केही दिनमा निर्यात हुन सक्ने उनले बताईन् ।
लकडाउनका सबै भन्दा बढी मार कृषकहरुमै परेको छ । एकातिर बजार नपाउँदा तरकारी कुहिन थालेका छन् भने अर्को तिर मल, बिउँको अभावमा मकै, धान बालि लगाउन पाएका छैनन् । तर पनि स्थानिय मल बिउँमै निर्भर हुन सकेको भए यो अवश्था आउन सक्ने थिएन ।

 

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved