इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा आएका नयाँ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन केसीले कानुन संग सम्झौता नगरी काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन । इटहरीका पत्रकार संगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नयाँ डिएसपि केसीले भने, `यस अघिका प्रहरी प्रमुखहरूले के गर्नुभयो के गर्नुभएन त्यो थहा नभएको तर आफु रहुन्जेल राम्रो काम गरेर इटहरीवासीको मन जितेर बिदा हुनेमा बिस्वस्त छु।´ इटहरी भित्र रहेका मुख्य चुनौतिका बिषयहरू अध्ययन गरि अपराधिक गतिविधिलाइ हदै सम्म निर्मुल बनाउनेमा आफु कटिवद्ध रहेको पनि उनले बताए । प्रहरी कार्यालयलाइ सञ्चारमैत्रि बनाउन इटहरी क्षेत्रमा रहेर पत्रकारीता ग
धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा भालुढुङ्गा सामुदायिक वन उपभोक्ता समुहमा सखुवाको रुख कटान काण्डमा पक्राउ परेका ४ जनालाई सव डिभिजन वन कार्यालय धरानले छाडिदिएको छ । सखुवाको रुख कटान गर्न गएको आरोपमा धरान १९ का ४ जनालाई कार्यालयले विहिबार पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई धरान वडा नम्बर १९ का वडाअध्यक्ष पुर्ण प्रसाद लिम्बुको रोहबरमा छाडिएको हो । वडाअध्यक्ष लिम्बुले ४ जनालाई वन कार्यालयले चाहेको समयमा हाजिर गराउने भनि हस्ताक्षरण गरि जिम्मा लिएका हुन् । वन कार्यालयले शेरबहादुर तामाङ, काले भनिने गजेन्द्र लिम्बू, राम बहादुर तामाङ र राम प्रसाद मगरलाई पक्राउ गरेको थियो ।
विराटनगर । कोरोना रोग नियन्त्रणमा पूर्ण लकडाउनको साटो संक्रमण देखिएको स्थान केन्द्रीत नियन्त्रण गर्ने ‘रंगेली मोडेल’ को खुबै चर्चा भयो । रंगेलीमा एक्कासि धेरै संक्रमित फेला परेपछि नगरपालिकाले आफ्नै आईसोलेसन बनायो । अहिले संक्रमण शून्यमा झरेको छ । संक्रमित भएका १२२ जना नै निको भई घर फर्किसकेका छन । रंगेलीका मेयर दिलिप बगडिया भन्छन्,“पूर्ण लकडाउन र निषेधाज्ञा भन्दा पनि संक्रमण देखिएको स्थान केन्द्रीत गरी संक्रमण नियन्त्रणको उपाय अपनायौं ।” लामो समयको लकडाउन र निषेधाज्ञाबाट स्थानीय तह पछि हट्न थालेका छन । मोरङको पथरीशनिश्चरे नगरपालिकाले लकडाउन हटाएको छ । पथरीशनिश्चरेका मे
धरान भदौं २४/ विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामको लागि संघीय सरकराले जारी गरेको लकडाउनका कारण सबै व्यापार व्यवसाय प्रायः ठप्प छन् । कोरोनाको संक्रमण रोक्न संघीय सरकारले चैत ११ गते देखि लकडाउनको घोषणा गरेको थियो । संक्रमण समुदाय स्तरमा फैलदै गएपछि जिल्ला प्रशासन तथा स्थानिय तहले गरेका लकडाउन , निषेधाज्ञाका कारण व्यवसायी थप मारमा परेका छन् । लकडाउनको प्रभाव धरानको मासु व्यवसाय पनि परेको छ । जिल्ला प्रशासनले जारी गरेका निषेधाज्ञा को साउनको अन्तिम साता देखि मोडल परिमार्जित गरि विहानको समयमा व्यवसाय सञ्चालन गर्ने अनुमती दिए सगँ
रंगेली, भदौ २३ बिगत लामो सयमदेखि जिल्लामा मलको हाहाकार नै छ। जिल्लाकै प्रमुख बालिको रुपमा रहेको धान खेतीका लागि युरिया र डिएपी मल नपाएर यतिबेला कृषकहरू छटपटाई रहेका छन्। सप्रिरहेको धान खेतका लागि युरिया मल आवश्यक पर्ने कृषि प्राविधिकहरु बताउँछन्। तर लामो समयको लकडाउन र ठेकेदारको बेइमानीले सरकारले माग अनुसारको मलको आपूर्ति गर्न सकिरहेको छैन। माग भएको अत्यन्तै न्यून मात्रामा जिल्लामा मल पठाईने गरिएको छ। सरकारी अनुदानमा आएको मलमा पनि कृषि सहकारीका रजाई हुने गरेको छ। यस्तै मोरङको रंगेली नगरपालिका ९ बेल चोकमा रहेको त्रिमुर्ति सहकारीले आफ्ना सदस्य किसानहरूका लागि भनेर खरिद गरेको मलमा अनियमित
धनकुटा, २४ भदौ ÷कोरोना भाइरसको महामारीमा समेत अग्रभागमा रहेर काम गर्ने ट्राफिक प्रहरीहरुलाई धनकुटा उद्योग वाणिज्य संघ धनकुटाले फेस सिल प्रदान गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट बच्नको लागि धनकुटामा कार्यरत ट्राफिक प्रहरीहरुलाई उद्योग वाणिज्य संघले फेस सिल सहित सुरक्षित सामग्रीहरु वितरण गरेको छ । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सई सुरेन्द्र खड्का सहित त्यस कार्यालयमा कार्यरत ७ जना ट्राफिक प्रहरीहरुलाई फेस सिल, माक्स, सेन
धनकुटा, २४ भदौ/ सल्लेरी साहित्य सङ्गम धनकुटा र राईटर ईन्टरनेशनल (युएसए) को संयुक्त आयोजनामा आयोजित बृहत अनलाइन गजल प्रतियोगितामा ललितपुरका चिरन्जीवी सिग्देल प्रथम भएका छन् । प्रतियोगितामा बाराकी सरु बस्नेत द्वितीय, झापाका हरी पराजुली तृतीय घोषित भएका छन् । त्यस्तै प्रोत्साहन पुरस्कार ओखलढुङ्गाका छिरिङ् शेर्पा अविरल र धनकुटाका सुर्य चापागाईले प्राप्त गरेका छन् । मोती जयन्तीको अवसरमा आयोजना गरिने भनिएको प्रतियोगिताको मिति राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनका कारण सारिएको थियो । अग्रज गजलकार पुष्प अधिकारी अञ्जलीको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन भएको थियो । जसमा स्थापित गजलकार मधु प
धनकुटा, २३ भदौ ÷कोरोना संक्रमणको अवस्था स्थिर रहेपछि धनकुटामा जारी गरिएको निषेधाज्ञा हटाइएको छ । जिल्ला संकट व्यवस्थापन समिति (डिसिसीएमसी) बसेको बैठकले सिमामा कडाइ गर्दै आउँदो आजदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । बैठकले कोरोना भाइरसको भयाभह अवस्था रहेका जिल्लासँग जोडिएका नाकामा बाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएका बाहेक व्यापार, व्यवसायलाई सुचारु गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए । प्रत्यक्ष रुपमा तराईका जिल्लासँग जोडिएका ठाउँबाट आउने सवारी तथा सर्वसाधरणको आवागमनलाई ठप्प पार्ने र अन्य मापदण्डअनुसार खोल्ने निर्णय भएको भएको सहायक प्रजिअ
धरान / धुलिखेल समाज धरानमा युगल श्रेष्ठ तखाछेंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आगामि ३ वर्षका लागि प्रथम उपाध्यक्षमा ईन्दु श्रेष्ठ कोजु, दुतीय उपाध्यक्षमा सुनिल श्रेष्ठ तुसुजु, सचिवमा मोहन श्रेष्ठ गज्याजु, कोषध्यक्षमा भिम श्रेष्ठ धालाछें, सहसचिवमा अभिमन्यू श्रेष्ठ खाछें, सदस्यहरुमा निःल श्रेष्ठ तुसुजु, प्रदिप श्रेष्ठ गज्याजु, अनिता श्रेष्ठ धालाछें, मेहरलाल श्रेष्ठ याकाछे., राजेन्द्र श्रेष्ठ तक्सारी, मेन कुमार श्रेष्ठ ध्वजु, सुमन श्रेष्ठ चोच्छे, निविरोध निर्वाचित भएको छ । संस्थाको विधान अनुरुप १५ जनाको कार्यसमिति रहेको जस्मा वर्तमान अध्यक्ष दिपक कुमार श्रेष्ठ कोजु निवर्तमान अध्यक्ष र
धरान । शान्ति सुरक्षाका लागि खटिएका प्रहरीहरुमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । विभिन्न अपराधमा पक्राउ परेका अभियुक्तहरु सँगको सम्पर्कमा रहेका प्रहरीबाटै ब्यारेकमा समेत कोरोना संक्रमण फैलिदै गएको हो । विभिन्न अपराधमा पक्राउ परेका अभियुक्तहरुबाट प्रहरी हिरासत भित्र रहेका थुनुवामा पनि संक्रमण फैलिएको पाइएको छ भने बयान लिने क्रममा, अभियुक्त सँगैको सम्पर्कमा रहेका प्रहरीबाट ब्यारेकका अन्यमा पनि कोरोना संक्रमण फैलिदै गएको हो । सुनसरीमा दोस्रो पटकको लकडाउन घोषणा भए पश्चात समुदाय स्तरमा कोरोना संक्रमण फैलिदै गएको छ भने प्रहरीहरुमा पनि देखिन थालेको हो । जिल्लामा १ हजार ५ जना प्रहरी ड्युटीमा खटिएक