सुनसरीमा कडाइ , शनिबारदेखि सेना परिचालन

  • जेठ १, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान/  कोरोना सक्रमण नियन्त्रण , उद्धार तथा व्यवस्थापनको लागी सुनसरीका सेना परिचाल गरिएको छ भने ंसंक्रमित विरामी बढ्दै गएपछि सुनसरीले गरेको लकडाउन कडा बनाइएको छ । कोरोना संक्रमित थपिदै जादा संक्रमितको मृत्यु दर बढ्दै गएपछि सुनसरी प्रशासनले निषेधाज्ञालाई कडाई गरेको हो ।

जिल्ला भर गरिएको लकडाउन कडा बनाइएका कारण सुनसरीका सबै स्थानीय तहहरु सुनसान रहेका छन् । प्रहरीले प्रशासनको निर्देशनमा कडाइ गरेको हो ।

जिल्लामा संक्रिय संक्रमित बढ्दै गएपछि सुनसरी प्रशासनले जेष्ठ १ गतेबाट लागु हुने गरी १५ दिनका लागि जिल्लाभर गरिएको लकडाउनलाई कडा बनाउने डिसिएसीको वैठकले निर्णय गरेसगै सुनसरीमा शनिवार विहानैबाट सडकमा सवारी साधन गुडेका छैनन् भने अत्यावश्यक मेडिकल पसलबाहेक अन्य व्यापारिक प्रतिष्ठान ठप्प बनेको छ ।

यस अघि जारी निषेधाज्ञा सर्वसाधारणबाट उल्लंघन भएकाले समेत प्रशासनको पछिल्लो निर्णय सँगै जिल्लाभर पूर्ण कडाइ गरिएको हो । प्रहरीले जिल्ला जोड्ने सीमावर्ती नाकाहरुमा समेत सर्तकता बढाएको छ । ती स्थानहरुमा प्रहरीले कडा चेकिङ गरिरहेको छ भने जिल्ला प्रवेशमा पूर्ण रोक लगाएको छ । सुनसरी प्रहरीले सर्वसाधारणलाई अटेर गरी घर बाहिर निस्किए सडकमै कार्वाही गर्ने चेतावनी दिएको छ । उसले अत्यावश्यक नपरी कोही कसैलाई नहिड्न माइकिङ गरिरहेको छ । यसैबिच सुनसरीमा नेपाली सेना समेत सडकमा निस्किएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सचेतना जगाउने उद्येश्यसाथ सेना खटिएको बताउनु भयो । जिल्लाका धरान, इटहरी र इनरुवा जस्ता प्रमुख शहरमा सेनाको सकृयता बढाइएको प्रजिअ ढकालले जानकारी दिनुभयो । वहाँका अनुसार नेपाली सेनाले सचेतना सन्देश सहित शहर बजार लक्षित गरी गस्ती थालेको छ । सुनसरी प्रशासनले निषेधाज्ञा उल्लंघन गर्ने उपर प्रहरीलाई कार्वाहीको अधिकार दिइएको जनाएको छ । उसले जिल्लावासी समक्ष निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह समेत गरेको छ ।

सुनसरीमा दोस्रो चरणको संक्रमण फैलिए सँगै संक्रिय संक्रमितको संख्या २ हजार ५ सय नाघेको छ । ४० जनाले संक्रमणका कारण ज्यान गुमाइ सकेका छन् । सोही कुरालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले फैलदो संक्रमणलाई घटाउन जेठ १५ सम्म जिल्ला ठप्प पार्ने निर्णय लिएको थियो ।

सुनसरीमा कोराना सक्रमणदर वढे पनि उपचारमा भने कुनै कमी नभएको जिल्ला प्रशासन कार्यलय सुनसरीका प्रमुख जिल्ला अधिकार उमेश ढकालले वताए ।उनले सुनसरीको जिल्ला अस्पतालाई कोभिड अस्पतालको रुपमा विकास गरिएको तथा स्थानिय तहमाहरुमा ५ सय वेडको आइसोलेसन तयारी अवस्थामा रहेको जानकारी दिए । उनले सुनसरीका स्थानियतहहरुमा २ सय वेडको आइसोलेसन अक्सिजन सहितको रहेको र धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पताललाई ५ सय वेडको बनाइने जानकारी दिए ।

प्रतिष्ठानका सञ्चालनमा रहेको कोभिड लेवल थ्री अस्पतालमा अहिले १सय ५० वेड सञ्चालनमा रहेको वताउदै उनले आवश्यकता अनुशास विस्तार गर्दै लाने तयारी गरिएको वताए । साथै उनले सुनसरीमा अक्सिजनको अभाव नरहेको वताउदै प्रदेश १ सग अन्य प्रदेशलाई समेत सुनसरीवाट अक्सिजन सप्लाई समेत भइरहेको वताए ।

sunsari-123

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved