सुनसरी ३१ गतेबाट ठप्प, प्रहरीले थाल्यो कडाइ

  • वैशाख २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

धरान/ सुनसरी प्रशासनले बैशाख ३१ गते रातीबाट जिल्ला ठप्प पार्ने निर्णय गरेको छ ।

कोरोनाको संक्रमण बढ्दै गएको निष्कर्शमा पुगेको प्रशासन जारी निषेधाज्ञालाई कडाइ गर्ने निर्णयमा पुगेको हो ।

संक्रमित र मृतकको संख्या बढ्दै जाँदा समेत सर्वसाधारणको हेलचेक्राई नरोकिएकाले प्रशासन कठोर निर्णयमा पुगेको बुझिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बैशाख ३१ गते रातीबाट जेठ १५ सम्म निषेधाज्ञामा कडाइ गरिन लागेको बताएका छन् । उनले फैलदो संक्रमणकाबीच सर्वसाधारणको गतिविधि चिन्ताको विषय बन्दै गएकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रशासनले जारी गरेको सूचना अनुसार बैशाख ३१ बाट १५ दिनको अवधिसम्म औषधि पसल बाहेकका कुनै पनि पसल खोल्न दिइने छैन् ।
जिल्ला प्रशासन कार्यालयले डीसीसीएमसीको बैठकले सो विषयमा निर्णय गरेको जनाएको छ ।

बैठकले अत्यावश्यक बाहेकका अन्य सवारीका साधन सञ्चालनमा समेत पूर्ण रोक लगाउने निर्णय गरेको छ । प्रशासनले दिएको जानकारी अनुसार अत्यावश्यक सेवाका कार्यालयका कर्मचारीको हकमा विहान र बेलुकी आउजाउ गर्ने समयमा मात्र छुट दिइने छ ।

प्रशासनले जारी गरेको सूचनामा अन्य विषय र निर्णय भने नेपाल सरकारले तोकेको र यसअघि लागु गरिए बमोजिम हुने जनाएको छ । यसैबीच सुनसरीमा बुधबारदेखि नै कडाइ भने थालिएको छ । बजारमा अनावश्यक हिडडुल गर्नेलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

सुनसरी प्रहरीले जिल्लाभर कडाइ गरिसकिएको जनाएको छ । प्रहरीले अत्यावश्यक अवस्था बाहेक सर्वसाधारणलाई हिडडुल नगर्न भनेको छ । उसले अटेर गरेमा कानुन बमोजिम कार्वाहीको प्रक्रिया अघि बढाउने समेत जनाएको छ ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved