सुनसरी ३१ गतेबाट ठप्प, प्रहरीले थाल्यो कडाइ

  • बैशाख २९, २०७८
  • कोशीपत्र/संवाददाता
alt फाइल फोटो

धरान/ सुनसरी प्रशासनले बैशाख ३१ गते रातीबाट जिल्ला ठप्प पार्ने निर्णय गरेको छ ।

कोरोनाको संक्रमण बढ्दै गएको निष्कर्शमा पुगेको प्रशासन जारी निषेधाज्ञालाई कडाइ गर्ने निर्णयमा पुगेको हो ।

संक्रमित र मृतकको संख्या बढ्दै जाँदा समेत सर्वसाधारणको हेलचेक्राई नरोकिएकाले प्रशासन कठोर निर्णयमा पुगेको बुझिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बैशाख ३१ गते रातीबाट जेठ १५ सम्म निषेधाज्ञामा कडाइ गरिन लागेको बताएका छन् । उनले फैलदो संक्रमणकाबीच सर्वसाधारणको गतिविधि चिन्ताको विषय बन्दै गएकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रशासनले जारी गरेको सूचना अनुसार बैशाख ३१ बाट १५ दिनको अवधिसम्म औषधि पसल बाहेकका कुनै पनि पसल खोल्न दिइने छैन् ।
जिल्ला प्रशासन कार्यालयले डीसीसीएमसीको बैठकले सो विषयमा निर्णय गरेको जनाएको छ ।

बैठकले अत्यावश्यक बाहेकका अन्य सवारीका साधन सञ्चालनमा समेत पूर्ण रोक लगाउने निर्णय गरेको छ । प्रशासनले दिएको जानकारी अनुसार अत्यावश्यक सेवाका कार्यालयका कर्मचारीको हकमा विहान र बेलुकी आउजाउ गर्ने समयमा मात्र छुट दिइने छ ।

प्रशासनले जारी गरेको सूचनामा अन्य विषय र निर्णय भने नेपाल सरकारले तोकेको र यसअघि लागु गरिए बमोजिम हुने जनाएको छ । यसैबीच सुनसरीमा बुधबारदेखि नै कडाइ भने थालिएको छ । बजारमा अनावश्यक हिडडुल गर्नेलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

सुनसरी प्रहरीले जिल्लाभर कडाइ गरिसकिएको जनाएको छ । प्रहरीले अत्यावश्यक अवस्था बाहेक सर्वसाधारणलाई हिडडुल नगर्न भनेको छ । उसले अटेर गरेमा कानुन बमोजिम कार्वाहीको प्रक्रिया अघि बढाउने समेत जनाएको छ ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved