धरान । सूर्तीजन्य पदार्थ ऐन २०६८ अनुसार सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक स्थल, स्वास्थ्य संस्था लगायतका क्षेत्रको एकसय मिटर वरपर सूर्तीजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको छ । तर धरानमा भने अधिकांश विद्यालय वरिपरि होटल, रेष्टुरेन्ट, विभिन्न किराना पसलहरु संचालनमा छन् । कतिपय विद्यालय ले भाडामा दिएका पसलहरुमा खुलेआम सुर्ति जन्य पदार्थहरु बिक्रि वितरण गरिरहेका छन् । विद्यालय परिसरमा खुलेआम बिक्रि वितरण भईरहेका मादक पदार्थ, सुर्तिजन्य पदार्थहरु बिक्रि वितरण भईरहँदा सम्बन्धित निकायले कारवाही गर्न नसक्दा विद्यार्थीहरु कुलतमा फस्दै गएका छन् । सरकारले ऐन नै लागु गरे पनि स्थानी
विराटनगर । प्रदेश सरकारले बजेट दिए अनुसारको अस्पतालहरुले सेवा सुविधा देखिने गरि दिनु पर्ने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । सोमबार प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबार भएको प्रदेश स्तरीय अस्पतालहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरूलाई प्रदेश सरकारले उल्लेखनीय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताए । मन्त्री घिमिरेले स्थानीयले सेवा सुलभ भएको अनुभूति गर्नुपर्ने बताए । चालु आर्थिक वर्षमा मात्र जिल्ला अस्पतालहरूलाई ७ करोड देखि ३५ करोड सम्म बजेट प्रदेश सरकारले उपलब्ध गराएको मन्त्री घिमिरेले बताए । पछिल्लो
धरान । बर्खा लागेपछि घर सामुन्ने सर्दु खोला परीको साल्बोटे डाँडामा निरन्तर पहिरो जान्छ । खोला थुनिएर बस्ती नै बगाउला कि भन्ने पिरले स्थानीयहरु खोलामा थुप्रिएको ढुंगा माटो पन्छाउन कस्सिनुपर्छ । विगत डेढ दशकदेखि देवी मार्गका वासिन्दाको यही नियती छ । वर्षा लागे पछि धरान १३ का सर्दु खोला तर्फ बसेका स्थानीयहरु त्रसित हुने गर्छन् । सर्दु खोला पारि पट्टीको भिरमा पहिरो गएर सर्दु खोला थुन्छ की भन्ने डरमा रहन्छन् । धरानको वडा नम्बर २० मा रहेको साल्बोटे डाँडामा पहिरो गएर सर्दु खोलि थुनियो भने धरानको वडा नम्बर १३ पट्टीको बस्तीलाई जुनसुकै बेला क्षती पुर्याउने खतरा रहेको छ । केही वर्ष अघि साल्बोटे डाँडाको
धरान नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द«देव शाक्य नियुक्त भएका छन् । त्ततकालिन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो। कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो। त्यतिबेला शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा गएका थिए। ऊर्जामन्त्री पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए। अब अर्को व्यवस्था नहुन्जेल शाक्यले नै प्राधिकरणको नेतृत्
इटहरी । कोरोना कहरबिच सरकार संग राखिएको बिभिन्न बुदागत मागहरूको सम्बोधन नगरेको भन्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश एकले आगामी कार्तिक २३ गते देखि सार्वजनिक यातायातका साधनहरू अनस्चितकालिन बन्दको घोषणा गरेको छ । महासंघले इटहरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, एक नम्बर प्रदेशका महासचिव रमेश खत्रीले कोरोनाको कारण आफूहरु मारमा परेको बताउदै सरकार समक्ष बारम्बार आफ्नो समस्याहरु राख्दा पनि सुनुवाई नगरेकोे गुनासो गरे । सरकारले आँखामा पट्टि बाँधेर यातायात व्यवसायीहरुलाई सधै उपेक्षा गरेको भन्दै अन्तिम विकल्पको रुपमा सवारी साधनहरु बन्द गरि प्रदेश भर हडताल
धनकुटा ÷धनकुटाको संक्रमितको स्वास्थ्य अवस्था गंभीर भएर आईसीयूमा भर्ना भई उपचार गर्नु परेमा उपचार खर्च सहयोग गर्ने भएको छ । महालक्ष्मी नगर कार्यपालिकाको सम्पन्न बैठकले आईसीयूमा उपचार गराउनु पर्ने गंभीर अवस्थाका संक्रमितलाई उपचार खर्च वापत प्रतिव्यक्ति २५ हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । स्वास्थ्य अवस्था गंभीर भएका बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिन्छ । धनकुटा अस्पतालमा समेत आईसीयू नहँुदा जिल्लाका बिरामीहरुलाई आईसीयूमा राख्नु परेमा धरान, विराटनगर लगायतका ठूला शहरका अस्पतालमा पु¥याउने गरिएको छ । आईसीयूमा राखेर गरिने उपचार धेरै खर्चिलो हुने भएकोले नगरबासीको ज्यान ब
धरान । धरानको विकाश र समाज परिवर्तनका अभियन्ता गजेन्द्र इस्वो (गजेन्द्र दाई) को आज बिहान करिब ४ बजे निधन भएको छ । केही दिन अघि कोरोना संक्रमण देखिए पछि उनको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो । भुतपुर्व बिट्रिश गोर्खा सैनिक संघका पुर्व अध्यक्ष समेत रहेका इस्वो धरानको विकाश र समाज परिवर्तनका लागि अभियन्ता थिए । उनका पहलमा विभिन्न समयमा थुप्रै विकाश निर्माणका कामहरु भएका छन् । किरात याक्थुङ चुम्लुङका केन्द्रिय सचिव तथा वर्तमान सल्लाहाकार इस्वो विदेशको लोभ त्यागरेर देशमै बस्दै आएका थिए । उनका थुपै्र सहकर्मीहरु बेलायत पलायन भएका छन्, तर उनी देशमै रहेर विकाशमा लागेका थि
धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढ्दै गएको बेथिती लगायत स्वास्थ्य उपचार सेवा सहज नभएको भन्दै सुधार अभियानका लागि गठित वीपी प्रतिष्ठान सुधार दबाब समुहले प्रतिष्ठानको समस्या र समाधान सहितको अवधारणा पत्र बुझाएको छ । प्रतिष्ठानलाई सुधार गर्नुपर्ने तत्कालिन र दिर्घकालिन निती तयार गरेर समस्या मात्रै नदेखाई समाधानका लागि पनि अवधारणा बनाएर बुझाएको हो । समुहका संयोजक तथा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी सहित ४ जना मुख्य पदाधिकारीहरुको उपस्थितीमा उपकुलपतिलाई अवधारणा पत्र बुझाएको हो । अवधारणा पत्रमा विशेष गरेर
धरान । लामो समय देखि विवादित बनेको धरानको खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने धरान उपमहानगरपालिकाको निर्णय प्रति जनता समाजवादी पार्टीले विरोध जनाएको छ । धरान उपमहानगरपालिकाको कार्तिक ५ गते बसेको कार्यपालिका बैठकले कार्तिक २६ गते संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णय गरेको थियो । मर्ज गर्ने समय नजिकिदै गए पछि पार्टीको धरान उपमहानगर कमिटीले प्रेस विज्ञप्ती जारी गर्दै निर्णयको भत्र्सना गर्दै विरोध जनाएको छ । कमिटी अध्यक्ष ताजुब लिम्बुद्वारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको र निर्णय कार्यान्यवन भए सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘ध
धरान । दक्षिण एशियाकै उत्कृष्ठ मध्ये एक मानिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिती बढ्दै गए पछि धरानवासीहरु आक्रोशित बन्दै गएका छन् । स्वास्थ्य उपचारमा समेत व्यवस्थापनले चासो नदेखाई भ्रष्टाचारमा लुप्त भएको आरोप लगाउदै आन्दोलित हुन थालेका छन् । पछिल्लो १० वर्ष यता धरान स्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान भित्रै बाट उपकुलपति बन्ने दौड चल्न थाले पछि प्रतिष्ठानमा बेथिती बढ्दै गएको हो । ब्रिफकेश बुझाएर उपकुलपति बन्न थाले पछि प्रतिष्ठानमा भ्रष्टाचारले समेत जरो गाडेको छ । पाँच वर्षे कार्यकाल हुने उपकुलपति पदका लागि १० वर्षमा एक जना निमित्त उपकुलपति सहित ४ जनाले