इटहरीका उमेशको कानेपाखरी जङ्गलमा शङ्कास्पद मृत्यु

  • असार १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरानः मोरङको कानपोखरीको जङ्गलमा इटहरीका उमेशको शव शङ्कास्पद अवस्थामा  फेला परेको छ ।

शुक्रबारदेखी नै बेपत्ता रहेका इटहरी १० का उमेश मिश्रको शव कानेपोखरी लेटाङ सडकखण्डको जङ्गलमा शङ्कास्पद अवस्थामा फेला परेको हो ।

जङगलमा घाँस दाउरा खोज्न जाने क्रममा स्थानीय महिलाहरुले रुखमा पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थिए ।

घटनाको जानकारी पाए लगत्तै प्रहरी घटना स्थलमा पुगि मृतको शव पोस्टमार्टका लागि धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त प्रमुख प्रहरी नायबउपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिएका छन् ।
प्रहरीले मृतकको हात र खुट्टामा बाँधिएको जस्तो दाग, शव भेटिएको स्थानमा मोटरसाइकलको डोब र घटनास्थल मडारिएको साथै रगतको टाटाहरु समेत भेटिएको कारण घटना शङ्कास्पद रहेको बताएको छ ।

मृतकले प्रयोग गरेको मोटरसाइकल भने शव भेटिएको स्थानदेखि केही पर फेला परेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved