धनकुटा । अपांगता भएकाहरुलाई पहिचानको आधारमा धनकुटाको छथर जोरपाटीले परिचय पत्र वितरण शुरु गरेको । करुणा फाउण्डेशन काठमाण्डौको प्राबिधिक सहयोगमा ६ वटै वडामा चलाइने उक्त शिविरको पहिलो दिन वडा नं. १ हात्तिखर्कबाट मंगलबार देखि अपाङ्ग परिचय–पत्र वितरण शिविर शुरु गरेको हो । गाउँपालिकाले ४ जनाको बिशेषज्ञ टोली सहित प्रारम्भिक जाँच गरेर परिचय–पत्र बितरण शुरु गरेको हो । शिविरको उत्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले परिचय–पत्र भत्ता लिनका लागि मात्र नभएर बिभिन्न सेवा सुविधाका लागि भएकाले शिविरमा सबै खालका अपांगता भएकाहरुलाई सहभागी हुन अनुरोध ग
सुनसरी । विगत ७ महिना अघि भएको रुकुम हत्याकाण्डका पिडितहरुले अझै पनि न्याय पाएका छैनन् । न्यायका लागि रुकुम जिल्ला अदालत र सुर्खेत उच्च अदालत सम्म हार—गुहार गरे पनि दोषीहरु उम्काउने दाउपेच रहेको भन्दै अहिले पिडित परिवार काठमाण्डौंमा आन्दोलनरत छ । न्याय खोज्दै संघीय सरकार समक्ष पुगेका रुकुम हत्याकाण्डका पिडित परिवारले पिकडलाई हदै सम्मको कारवाहीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् । प्रधानमन्त्री ओलि समक्ष घटनामा मृत्यु भएको नवराज विकका बाबु मुनलाल विकले जातिय विभेदकै कारण योजनाबद्ध ढंगले हत्या गरिएको भन्दै मृत्युदण्डको कारवाही हुनुपर्ने माग गरे । उनले भने, वडाअध्
विराटनगर । प्रतिनिधि सभा विघटन भएसंगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई खेमामा देखिएको विवादको प्रभाव प्रदेश १ तिर कारवाहीमा पुगेको छ । दाहाल–नेपाल र ओली समूहले एक अर्का समूहका नेतालाई कार्वाही गर्ने क्रम बढेपनि त्यसको वैधानिक हैसियत माथि भने प्रश्न खडा भएको छ । सरकार गठन भएको दुई वर्षपछि मात्र नेकपा संसदीय दलको विधान प्रदेशसभा सचिवालयमा दर्ता हुनुले समूहगत रुपमा एकले अर्कोलाई कार्वाही गरेपनि व्यवहारिक कार्यान्वयन नहुने देखिएको हो । तीन दिनअघि नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई पदबाट हटाई उनको ठाउँमा सौभाग्यवती राईलाई ल्याइएको दाहाल–नेपाल समूहले दाबी गरेको छ ।
धरान । वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनाललाई मातृशोक परेको छ । खनालकी आमा शिवमाया खनालको आज ९बुधबार० निधन भएको छ । आमा खनालको ८८ वर्षको उमेरमा निधन भएको हो । उनको आजै हिन्दु संस्कार अनुसार चतरामा दाहसंस्कार गरिने भएको छ ।
धरान । कोरोना संक्रमणको अवश्थामा पनि कलम चलाईरहँदा संक्रमण पुष्टि भएका पत्रकारहरुलाई कोरोना बिमा रकम प्रदान गरेको छ । नेपाल प्रेस युनियन सुनसरीले कोरोना बिमा गरिदिएको थियो । २ सय ६० जना पत्रकारहरुको कोरोना बिमा गरिएको मध्ये सोमबार ९ जनालाई कोरोना बिमा रकम प्रदान गरिएको हो । यस अघि ६ जनाको कोरोना बिमा प्रदान गरिसकेको छ । बाँकी रहेका कोरोना संक्रमित पत्रकारहरुलाई चाडै नै बिमा रकम प्रदान गरिने युनियनका अध्यक्ष पवन विवश अधिकारीले बताए । कोरोना बिमा बापतको एक लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो । नेपाल प्रेस युनियन सुनसरीले गत जेठमा आइ एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाडौं कम्पनी मार्फत गरिएक
इटहरी । बढदो शहरीकरणसंगै ब्यापारीक सुरक्षा र शहरलाइ अपराधमुक्त बनाउने उद्देश्यका साथ बिभिन्न सामाजिक संघ संस्थाहरूले इटहरी क्षेत्रमा करिब ३ वर्ष अघि सिसि क्यामेरा जडान गरिदिएका थिए । जडान गरिएका क्यामेराहरु मर्मत सम्भार हुन नसक्दा अहिले अधिकांश सिसि क्यामेरा बिग्रिएर थन्किएका छन् । इटहरी क्षेत्रको मुख्य राजमार्ग तथा चौकहरूमा राखिएको सिसि क्यामेरा बिगत २ बर्षदेखि बिग्रिएरका छन् । इटहरीका मुख्य राजमार्ग र चोक आसपास २७ वटा क्यामरा जडान गरिएकोमा हाल ७ वटाले मात्र काम गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । क्यामेराकै सहायताबाट इटहरी प्रहरीले अपराध अनुसन्धानमा ठुलो सफलता समेत पाउदै आएक
विराटनगर । नेकपा विभाजन भयो भनेर घोषणा गर्न बाँकी रहेको भूमि व्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री शिवमाया तुम्बाहाम्फेले बताएकी छन । विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाम्फेले भनिन, “नेकपा विभाजन भयो भनेर घोषणा नै भएको छैन ।” उनले कालापानी, लिम्पियाधुरा समेटिएको नक्सालाई निसान छापमा समेटेर संविधानले समेत चिन्ने बनाउँदा समर्थन गर्नेहरुले सरकारको राम्रो काम बारे भने बोल्न नसकेको बताइन । पहिले सरकारमा हुनेहरुले संसदमा साथ दिएको तर सरकारले गरेका राम्रा कामबारे भने प्रशंसा गर्न नसकेको जिकिर गर्दै भनिन्, “केही अघिसम्म सरकारमा हुनेहरुले पनि सरकारले गरेका
धरान । बाहिरी वुर्जुवाहरुको सहयोगमा नेपालको प्रतिगामीहरु सँगको साँठगाँठ गरि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलनमा बन्चरो प्रहार गरेको नेकपाका केन्द्रिय सदस्य समेत रहेका सुनसरी ईन्चार्ज धर्मराज निरौलाले आरोप लगाएका छन् । नेकपाको प्रचण्ड–नेपाल समुहले आयोजना गरेको धरान नगर स्तरिय विस्तारिक बैठक तथा भेलामा उनले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले वुर्जवा भारत सरकार र वुर्जुवा युरोपियन सरकारको सहमतिमा नेपालको कम्युनिष्ट आन्दोलन शुन्य बनाउन लागेको आरोप लगाए । उनले भने, ‘नेपालमा बहुमत प्राप्त कम्युनिष्ट सरकार देखे पछि बाहिरी बुर्जुवा सरकारहरु थकित भएका थ
पाँचथर । पाकेर विक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक मर्कामा परेका छन् । सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइएपछि कृषक चिन्तित बनेका हुन् ।सुन्तलाको राम्रो उत्पादन हुने फिदिम–७ रानीटारमा पाकेको सुन्तलाभित्र किरा भेटिने गरेको छ । किराका कारण सुन्तला कुहिएर झरेपछि यहाँका दर्जनौँ कृषक मर्कामा परेका छन् । रानीटारको नाङ्लपा, हाम्फाबुङ, चिउरीबोटे, चकरुम्बा, माक्लुम्बालगायत टोलमा करीब ४०० रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलामा किरा भेटिएको हो । हाम्फाबुङका कृषक देउबहादुर थेबेका अनुसार सुन्तला टिप्नै नपाई झर्
धरान । फोहोरबाट ग्यास र मल समेत उत्पादन गर्ने गरि धरानमा निर्माणाधिन फोहोर प्रशोधन केन्द्रले वैशाख देखि परिक्षण गर्ने भएको थियो तर कोरोनाको कारण घोषणा गरिएको लकडाउनमा बन्द रहेको थियो । निर्माणको अन्तिम चरणमा पुगेको फोहोर प्रशोधन केन्द्र लकडाउनका कारण स्थगित हुँदा एकातिर आर्थिक भार थपिएको छ भने अर्को तिर परियोजना सम्पन्न गर्न समय समेत लम्बिएको छ । लकडाउनका समयमा भारतबाट ल्याइएका मजदुरहरुलाई होटलमा राख्नुपर्दा आर्थिक व्ययभार बढेको परियोजनाका इन्जिनियर विवेक अग्रवाल बताउँछन् । वैशाख १ गते देखि शुरु गर्ने गरि परिक्षणको काम समेत सम्पन्न भएकाले लामो समयको लकडाउनका कारण बन्द हुँदा पुनः परिक्षण गर्द