सडक बिचैमा खाल्डाखुल्डी : दुर्घटनाको जोखिम उस्तै

  • मंसिर १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान उपमहानगरपालिकाको मुटु मानिएको धरान २ भानुचौकको खाल्डाखुल्डीको समस्या अहिलेको होइन् । मुल सडकमै बनेका खाल्डाखुल्डी उपमहानगरपालिकाको बजेटले पुर्ने गरिए पनि केही समय वित्न नपाउँदै पुनः खाल्डाखुल्डी बन्ने गरेको छ ।

खाल्डाखुल्डी हुने र पुर्ने बाहेक दीर्घकालीन समस्या समाधानमा सम्बन्धित पक्ष गम्भीर देखिदैंन । कोशी राजमार्ग अन्तर्गत पर्ने धरानको मुख्य बजारबाट जाने सडक खण्डको धरान २ भानुचौकदेखि धरान १ छाताचौक सम्मको दूरीमा ठाउँठाउँमा अहिले पनि खाल्डाखुल्डी परेको छ । सवारी साधनको अत्याधिक चाप हुने यस सडकमा दीर्घकालीन रुपमा समाधान गर्न नसक्दा दुर्घटनाको जोखिम पनि उस्तै छ ।

सडकमा मोटसाइकल, स्कुटी, सिटी सफारी, टेम्पो लगायत ठूला सवारीको चाप अत्याधिक हुने गरेको छ । एकातिर सडकको खाल्डाखुल्डी, अर्को तर्फ एकतर्फी पार्किङले सडक सांघुरो बनाउँदा झन जोखिम बढेर गएको छ ।

कोशी राजमार्ग अन्तर्गत धरानदेखि धनकुटाको मारेक कटहरे रुटमा सार्वजनिक यातायातका साधन सञ्चालन गर्दै आएका पर्शुराम भट्टराईले खाल्डाखुल्डीका कारण समस्या आउने गरेको बताउँछन् । धरानको भानुचौकदेखि छाताचौकसम्मको भागमा सवारी चाप धेरै हुने भएकोले दुर्घटनाको जोखिम अत्यन्तै भएको उनको भनाई छ । उनले भने, ‘एकातिर एकतर्फी पार्किङले बाटो साँघुरो छ, अर्कोतर्फ सडकको बीच भागमा भएको खाल्डाखुल्डीले झन समस्या भएको छ ।’

यता दुई पांग्रे सवारी साधन सञ्चालन गर्नेहरुलाई चार पांग्रेभन्दा सवारी भन्दा बढी जोखिम भएको स्थानीय बताउँछन् । धरान १५ का याम थापाले धरानको भानुचौकदेखि छाताचौकसम्मको भागमा सवारी साधन चलाउदा डर मान्दै चलाउनु परेको बताए । उनले भने, ‘अत्याधिक सवारी चाप त्यसमाथि पनि बीच सडकमा खाल्डाखुल्डी कारण धेरै जाम हुने गरेको छ, दुई मिनेट पनि नलाग्ने ठाउँमा कहिलेकाही त आधा घण्टा नै लाग्छ ।’ उपमहानगरले समय समयमा खाल्डाखुल्डी पुरिदिए पनि दीर्घकालीन समाधान नभएको सवारी चालकहरुको भनाई छ ।

मुुख्य राजमार्गको मर्मत सम्भार गर्ने जिम्मा सडक डिभिजन कार्यालयको हो । तर सडक विभागले ध्यान नदिए पछि धरान उपमहानगरपालिकाले आफै समय समयमा खाल्डाखुल्डी पुर्ने गरेको छ । खाल्डाखुल्डी पुरे पनि दुई देखि तीन महिना सम्म पनि धान्न सक्दैन् । सडक खाल्डाखुल्डी हुने र पुर्ने कामले दीर्घकालीन समस्या समाधान नहुने त छदैछ, उपमहानगरपालिकाको बजेट समेत त्यसै खेर जाने गरेको धरानका स्थानीयहरु बताउँछन् । सडकका खाल्डाखुल्डी पुर्ने काम भन्दा पनि यस सडकको दीर्घकालीन समस्या समाधान गर्न लाग्नुपर्नेमा उनीहरुको जोड रहेको छ ।

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved