उदयपुर । परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेतीमा कमी आएको छ । प्रदेश नं १ को उदयपुरमा कुनै बेला प्रशस्त उत्पादन हुने फापर र जुनेलो खेतीमा किसानले रुचि देखाउन छाडेका छन् । जुनेलो र फापर लोप हुनुका कारण पत्तालगाई कृषकलाई उत्साहित बनाउनुपर्ने आवश्यकता देखिएको छ । विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार, रामेटार, गामसिङटार, रसुवा रातमाटे, साउने खाँबु क्षेत्रमा व्यापक रुपमा उत्पादन हुने गरेको फापर, जुनेलो हिजोआज खेती नै हुन छाडेपछि लोप हुँदै जान थालेका यस क्षेत्रका स्थानीय कृषक बताउँछन् । सात वर्षअघिसम्म वर्षमा १० मुरीभन्दा बढी जुनेलो उत्प
धरान / जन्मदिनको अवसरमा निशान देवी आधारभूतका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । स्वरोजगार कृषि सहकारी संस्थाका प्रदेश १ सचिव तथा हाम्रो युवा समाजका अध्यक्ष युवा नेता दिपक घिसिङले आफ्नो २९ जन्मोत्सवको अवसरमा धरान ५मा रहेको निशान देवी आधारभुत विद्यलायका विद्यार्थीहरु न्यानो कपडा वितरण गरेका हुन् । विहवार जन्मदिनको अवसर पारेर विद्यालयमा एक कार्यक्रमको आयोजना गरि ६० जना विद्यार्थीहरुलाई न्यायो कपडा स्वीटर वितरण गरिएको घिसिङले बताए । उनले कार्यक्रममा जन्मदिनको अवसरमा सामाजिक काम गर्न पाउदा खुसी लागेको र आगामी दिनमा थप यस्ता काम गर्न हौसला मिलेको बताएका थिए । विद्यालय व्यवस्थापन
धरान । नेपाल पत्रकार महासघं सुनसरीले निस्पक्ष पत्रकारिता सहित अभिव्यक्ति स्वतन्त्रताका लागि प्रतिबद्ध रहने निर्णय पारित गर्दै १२ औ साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार महासघंको १२ औ साधारणसभा इटहरीको तालतलैयामा सम्पन्न भएको हो । वर्तमान राजनितिक संक्रमणको अवस्थामा सदैव नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउन नदिन प्रतिवद्ध रहने प्रस्ताव पारित गरेको छ । साधारणसभामा देशको वर्तमान अवस्थामा महासघंको आधाकारिक धारणा प्रष्ट हुनु पर्नेमा सदस्यहरुले धारणा राखेका थिए । बन्दसत्रमा समसायिक बिषयमा मुलुकको संविधान, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउन नदिन प्रति
धरान÷ धरानमा सुरक्षित आप्रवासन परियोजना (सामी) स्वीस सरकार र हेल्भाटस नेपालको प्राविधिक सहयोगमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन भइरहेको छ । धरान उपमहानगरपालिका र युथ क्रियसनबीच गत वर्ष पुसमा सामी परियोजनासम्बन्धी सम्झौता भएको थियो । सोही सम्झौताबमोजिम धरानका वडा नं. ५, १४, १५ र १७ मा २४ हप्ताको वित्तीय साक्षरता र मनोपरामर्श कक्षा सञ्चालन भइरहेको छ । गत मङ्सिर १२ गतेदेखि वडा नं. ५ मा हरेक शुक्रबार कुुलुङ भवनमा कक्षा सञ्चालन भइरहेको छ । यस्तै वडा नं. १४ मा सोमबार जर्मन भवनमा र वडा नं. १७ मा मङ्गलबार फोकल्यान्ड सामुदायिक भवनमा कक्षा सञ्चालन भइरहेको छ । १५ नं. वडामा भन
इलाम/ अघिल्ला वर्षहरूमा माईजोगमाई गाउँपालिकाको प्याङका श्याम थेबेका कुचो पनि नबिक्दा मक्किएरै खेर गए । गत वर्ष नबिकेकै कारण यस वर्ष कुचो नथुत्ने योजनामा रहेका थेबेले यस वर्ष मूल्य आएसँगै बगानका सबै कुचो थुतिसकेका छन् । माईजोगमाई गाउँपालिकाको सोयाङका सुमन बेघाले आफ्नो अम्लिसो बगानमा खेताला लगाएर कुचो निकाले । गत वर्षकोे तुलनामा कुचोको मूल्य बढेपछि उनले खेताला लगाएर कुचो निकालेका हुन् । थेबे र बेघामात्र होइन, कुचोको भाउ बढेपछि जिल्लाका किसानहरू हर्षित बनेका छन् । विगतका वर्षहरूमा प्रतिकिलो ३० देखि ४० रूपैयाँसम्म गाउँघरमा किनबेच हुने कुचो यस वर्ष प्रतिमन ५ हजारदेखि ५ हजार ५ सय रूपैयाँसम्म
धरान: धरान १० सैनिक चोकमा रहेको उद्यमशील बचत तथा ऋण सहकारी सस्था लि।ले आफ्नो पहिलो सदस्य सेवा केन्द्रको आज उद्घाटन गरेको छ ।आजबाट औपचारिक रुपले धरान ५ को देउरालीमा सदस्य सेवा केन्द्रको उद्घाटन भएको हो । उक्त सेवा केन्द्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका धरान ५ का वडाध्यक्ष सन्तोष लिम्बुले रीबन काटेर गरेका हुन् । कार्यक्रममा बोल्दै वडाध्यक्ष लिम्बुले सहकारीमा सबैले खाता खोलेर सेवा लिन सम्पुर्ण ५ नम्बर वडावासिलाई आग्रह गरेका छन् । उनले ५ नं। वडावासिलाई व्यवस्थित तरीकाले सहकारीमा आवद्ध भएमा भविश्यमा आइपर्ने आर्थिक समस्याहरु सहज हुने बताएका छन् । वडा नं।५ को सबै संघ संस्थाहरुलाई शान्ति सु
धरान/ धरान जेसीसको शाखा अधिवेशनबाट वर्ष २०२१ को अध्यक्षमा मणिराज अधिकारी निर्वाचित भएका छन् । ३७ औं अधिवेशनबाट बुधबार वर्ष २०२१को अध्यक्षमा सर्वसमतरुपमा मणिराज अधिकारी निर्वाचित भएका छन् भने कार्यकारिणी उपाध्यक्षमा पदमा राजु शाह ,खेमकला काम्बाङ (आयुष्मा) निर्वाचित भएका छन् । त्यस्तै वर्ष २०२१कै लागि उपाध्यक्ष पदमा अनिल श्रेष्ठ, इन्द्र कार्की, रिमा थापा मगर र ऋषीराम भट्टराई निर्वाचित भएका छन् । बुधबार धरान २ स्थित जेसीस भवनमा सम्पन्न ३७ औ अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रमको सभापति धरान जेसीज वर्ष २०२०का अध्यक्ष तथा नेपाल जेसीस वर्ष २०२१ का उपाध्यक्ष दिपेन्द्र निरौलाले गरेका थिए भने का
इटहरी/ साहित्यकार तथा कलाकर्मीहरूको संगम स्थल काव्यवाटिकालाई संरक्षण गर्ने विषयमा बुधबार यहाँ छलफल भएकोे छ । काव्यवाटिकाको क्षेत्रभित्र वडा कार्यालयको भवन बनाउने समाचार बाहिरिएपछि साहित्यकार तथा कलाकर्मीहरूले विरोध जनाइरहेका छन् । इटहरी–५ मा करीब तीन बिघा जमिनमा फैलिएको काव्यवाटिकालाई कलासँगै सम्बन्धित सरोकारवालाहरूले संरक्षण गर्नुपर्ने छलफलले जोड दिएको छ । व्यवस्थापनको अभावमा लथालिङ्ग भएको मौका छोपेर आफ्नो स्वार्थ पूरा गर्न सो क्षेत्रभित्र वडा कार्यालय बनाउन केही जनप्रतिनिधिहरू सक्रिय भएको बताउँदै अधिकांश वक्ताहरूले यो षड्यन्त्र सफल हुन नदिने धारणा राखेका थिए ।
बिराटनगर/ प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव टेबुल गर्ने तयारी थालिएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी यही माघ २५ गते बैठक बोलाएको छ । बैठकमा अविश्वास प्रस्ताव टेबुल गर्ने तयारी भएको हो, तर मुख्यमन्त्री राई पक्षका नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले निलम्बन गरिएका १६ जना सांसद्लाई बैठकमा सहभागी गराइए बैठक अवरुद्ध गर्ने बताएका छन् । माघ ७ गते सुरु भएको प्रदेश १ संसद्को हिउँदे अधिवेशन जम्मा ३ मिनेट चल्यो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको शुभकामना सन्देश पढेर बैठक स्थगन गरेका थिए 
धरान÷ धरान उमनपा कार्यपालिकाको सोमबार बसेको बैठकले नौवटा व्यवस्थापन तथा कार्यविधि स्वीकृत गरेको छ । बैठकले आगामी फागुन १० गते नगर सभाको बैठक बस्ने निर्णय गरेको छ । बैठकले मेलमिलाप र कुकुर व्यवस्थापन कार्यविधि, नगरसभाको मिति तोक्ने मापदण्ड, वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्ने, खानेपानी मुहान उपयोग, निर्माण सामग्रीको दर, उपभोक्ता समितिको प्रतिशत र खरिद गुरुयोजना सम्बन्धमा प्रस्ताव स्वीकृत गरेको हो । न्यायिक समितिले प्रचलित कानुनबमोजिम उजुरीको कारवाही र किनारा गर्दा मेलमिलापकर्तालाई व्यवस्थित गर्न अपनाउनुपर्ने कार्यविधि स्वीकृत भएको छ । उमनपाभित्र स्वच्छ र सफा वातावरण कायम गर्