धरान/ विराटनगर स्थित ट्राफिक चौकमा ३८ बर्षदेखी जुत्ताचप्पल सिलाएर गुजारा चलाउदै आएका मोची राधे रामले कोरोनाको समयमा भोकभोकै बस्न बाध्य भए पनि राज्यले सहयोग नगरेको गुनासो गरे । उनले भने, ‘राज्यको हरेक सुविधाबाट बञ्चित हुनुप¥यो, तर राज्यले हेरेन ।’
‘अलि अलि कमाएर बचाएको पनि सकियो ऋण पनि पाइएन कम पनि भएन यसैले आफु र परिवार भोकभोकै सुत्न पनि बाध्य भयौं, अझै महामारी आउदैछ अरे सरकारले हामीले हेर्नुपर्छ ।’ विराटनगरमा आयोजित एक कार्यक्रममा सडकपेटीमा जुत्ताचप्पल सिलाएर जिविकोपार्जन गर्ने मोचिहरुको गुनासो गरेका हुन् ।
शनिवार जनशक्ति तथा सामुदायिक विकास केन्द्र मोरङ र सामाजिक परिवर्तन केन्द्र काठमाण्डौले कोभिडले पारेको असर प्रभावको बिषयमा आयोजना गरेको छलफलमा कोरोना समयभर राज्यको सेवा सुबिधाबाट बंचित हुनुपरेको गुनासो गरे । करिब दुई वर्ष देखि कोरोना सक्रमणले गर्दा भएको लामो लकडाउनमा आफुहरु भोकभोकै बस्न बाध्य भएको सुनाए ।
मोची कुमुद रामले आफुहरुले बिद्यालयमा छोराछोरीले पाउने छात्रबृत्ती बाहेक अरु कुनै सेवा सुबिधा नपाएको गुनासो गरे । सडकपेटीमा जुत्ताचप्पल सिलाउँदा आफुहरुले बेला बेला सास्ती भोग्नुपरेकोले व्यवस्थित र सुरक्षित रुपले जुत्ताचप्पल सिलाउन पाउने व्यावस्था गरिदिन महानगरपालिकासँग आग्रह गरे ।
विराटनगर महानगरपालिकामा झण्डै २ सयको संख्यामा सडकमा जुत्ताचप्पल सिलाउने मोचीहरु छन् । तर बषौदेखी श्रम गरेपनि जिवनस्तर उकासिन सकेको छैन् । पच्चिस बर्षदेखी जुत्ताचप्पल सिलाउदै आएका पिन्टु मोचीले जुत्ताचप्पल मर्मत गर्ने व्यवसाय स्तरोन्नती गर्न सरकारले अनुदान दिन सरकासँग माग गरे । नयाँ पुस्तालाई सरकारले जुत्ताचप्ल निर्माण गर्ने तालिम दिएर रोजगार दिनुपर्नेमा जोड दिए । उनले भने, ‘परम्परात पेशालाई संरक्षण गर्दै उद्योग र व्यपारमा परिणत गराउन चासो दिनुपर्छ ।’
मोचीहरुका अगुवा राधे कामतका अनुसार विराटनगरका सडकमा जुत्ता चप्पल सिलाउने मोचीहरु अझै संगठित हुन नसकेको बताए । संगठित नहुँदा राज्यले प्रदान गर्ने सेवा सुबिधाहरुबारे कुनै जानकारी पनि नपाउने गरेको उनको भनाई छ । सडकमा जुत्ताचप्पल सिलाउने विराटनगरका मोचीहरु कसैको पनि आफनो घर छैन । जुत्ताचप्पल सिलाएर घरपरिवार धान्दै छोराछोरी पढाएपनि अझैसम्म ९ कक्षा भन्दा बढि पढेको कोही पनि छैन । नागरिक्ताबाट समेत बञ्चित छन् ।
मानव अधिकार रक्षक परिषदका अध्यक्ष सोमराज थापाले जुत्ताचप्पल मर्मत गर्ने मोची श्रमिकहरुलाई संगठित गर्न टे«ड युनियनकर्मीहरु लाग्नुपर्ने सुझाए । मोचीहरुलाई अधिकार सम्पन्न बनाएर सेवा सुबिधा दिलाउनु राज्यका सबैतहका सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिए । टे«ड युनियन महासंघ समन्वय केन्द्र प्रदेश १ का अध्यक्ष टिका प्रसाँईले सडकमा बसेर जुत्ता मरम्मत गर्ने सर्वहाराहरुलाई तथ्यांक र अवस्था संकलन गरेर पंजिकरण गरि सेवा सुबिधा दिलाउन महानगरपालिलाई आग्रह गरे ।
विराटनगर महानगरपालिका समाजिक महाशाखा प्रमख पु्नम दहालले सडकपेटीमा सुरक्षित हिडन पाउने अधिकार सुनिश्चित गराउनुपर्दा जुत्ताचप्पल मरम्मत गर्ने मोचीहरुको पेशा धरापमा परेकोले व्यवस्थित गराउन महानगरपालिकाले योजना बनाउने बताए । उनले मोचीहरु मात्र नभएर अनौपचारिक क्षेत्रमा काम गर्ने सबै श्रमिकहरुलाई पंजिकरण गराएर सुबिधा दिलाउन महानगरपालिकाले कार्यबिधि तयार गरिरहेको जानकारी गराए । अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश १ का उपाध्यक्ष उपेन्द्र रायले अनौपचारिक क्षेत्रका मजदुरहरुलाई संगठित गराउदै हक अधिकार दिलाउन आफुहरु लागिरहेको भन्दै सगठित हुन मोचीहरुलाई आग्रह गरे ।
छलफलमा सहभागी मानव अधिकारकर्मी टे«ड युनियनका अगुवा र विराटनगर महानगरपालिका प्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो ।