लिम्बुहरुको चासोक तङनाम शुरु: युवा पुस्ताको आकर्षण

  • पुस ५, २०७८
  • "गोविन्द बस्नेत"
alt

धरान/ मंसिरे पूर्णिमा आदिवासी जनजातिहरुले उद्यौली पर्व मनाउन शुरु गरेका छन् । उद्र्याैली पर्व अन्तर्गत लिम्बुहरुले चासोक तङनाम, किरात राईहरुले साकेला, सान्केवा, किरात याख्खाहरुले चसुवा र किरात सुनुवारहरुले फोल स्यादर भनेर मनाउने गर्दछन् ।

यो मध्ये पनि लिम्बुहरुले धरानमा भने उद्यौली पर्व चासोक तङ्नामको नामले बर्षेनी सामुहिक रुपमा पाँच दिन सम्म मनाउने गरेका छन् । प्रत्येक बर्ष विविध कार्यक्रमको आयोजना गर्दै मनाउदै आएका उनीहरुले यस बर्ष पनि भव्य रुपमा मनाउदै छन् ।

सामुहिक रुपमा मनाउन थालिएको यो पर्वमा पछिल्लो समय युवा वर्गले समेत आफ्नो मौलिक पर्व जोगाउन जागरुक देखिएका छन् । बहुभाषिक, वहुजातीय मुलुक नेपालको पहिचान झल्काउन भएपनि चासोक तङनाम पर्वलाई युवा पुस्तासम्म जोगाउन आवश्यक रहेको लिम्बु युवा प्रदीप नियोङ बताउ“छन् । उनले आफ्ना सांस्कृतिक पर्व अग्रजहरुबाट सिकेर युवापुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताए । उनले भने, ‘हरेक जातजातिको आ–आफ्नो संस्कृति हुन्छ, पछिल्लो समय आधुनिक परिवेशसंगै युवा पुस्ताले यस्ता पर्वको खासै जानकारी हुदैन, तर अब पुराना पुस्ताले युवा पुस्तालाई पर्वको महत्व बुझाउदै हस्तान्तरण गर्नुपर्ने आवश्यकता भइसकेको छ ।’

यता युवा राजनीतिककर्मी समेत आफूहरुको पहिचान जीवन्त राख्नुपर्नेमा जोड दिन्छन । स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सभापति सागर सगरम चेम्जोङले जुनसुकै जातिको सांस्कृतिक पर्व उसको गहना भएकोले अब यस्ता पर्वमा युवा पुस्ताको सहभागिता बढी हुनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘चासोक पर्व लिम्बुहरुको मौलिक पर्व हो, लिम्बु युवाले यस पर्वलाई जगेर्ना गर्नुपर्छ, जसले गर्दा आफ्नो संस्कृति जीवन्त रहन सक्छ ।’

पछिल्लो समय लिम्बुहरु धन आर्जनका लागि विदेश पलायन हुने, गाउँघरबाट बसाई सराई गरेर सहर बजार आउने क्रमले तिब्रता पाएसंगै उनीहरुका संस्कृति हराउदै गएको लिम्बुहरुका अग्रज, युवा पुस्ता सबैलाई चिन्ताको विषय बनेको छ । यसैले गर्दा लिम्बुहरुको संस्कृतिलाई जीवन्तता राख्न करिब ८ बर्ष अगाडि धरान १५ मा आफ्नो भवन निर्माण गरेका छन् । र त्यही भवनमा उनीहरु सामुहिक चासोक तङनाम मनाउने गर्छन् ।

किरात याक्थुङ चुम्लुङका अभियन्ता ताजुव लिम्बुले वहुभाषिक, वहुजातीय मुलुक नेपालमा पछिल्लो समय सबैको सांस्कृतिक पर्वलाई राज्यले समेत सकारात्मक ढंगबाट हेरेको बताए । उनले भने, ‘राज्यले समेत उद्यौली पर्वलाई राष्ट्रिय चाडको रुपमा लिदै सार्वजनिक विदा दिएको छ, यसलाई राज्य पनि सकारात्मक छ भन्ने कुरा बुझ्नुपर्छ ।’ युवा पुस्तामा यो पर्वलाई जागरुक गराउन आफूहरुले समय समयमा प्रशिक्षण दिने गरेको उनी बताउँछन् ।

चासोक तङनाम पर्वमा लिम्बु जातिहरुको परम्परागत पूजास“गै हाक्पारे, पालाम, ख्याली, यालाङ, साम्लो गीतको प्रस्तुति समेत रहेको थियो । यसरी सामुहिक रुपमा चाड पर्व मनाउने परम्पराको थालनीसंगै लिम्बु जातिहरुका सन्तानले समेत प्रत्यक्ष रुपमा आफ्नो संस्कृति नियाल्न पाएका छन् । सामुहिक रुपमा मनाइएको यो पर्वले युवा पुस्र्ता समेत आफ्नो सांस्कृतिक पर्वका संरक्षणमा जागरुक हुने विश्वास अग्रजहरुको छ ।
प्रकृति पुजक मानिएको लिम्बु जातिहरुको परम्पारगत पूजासँगै हाक्पारे, पालाम, ख्याली, यालाङ, साम्लो गीतको प्रस्तुति गरिने गरिन्छ ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved