धरान । मेन्याङबो कल्याणकारी संघ नेपालको १९ औं वार्षिक साधारण सभा तथा चासोक तङनाम २०७८ सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष दिपक मेन्याङबोको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्री राम कुमार सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो । संघले गालीश्राप पुजा गरि कार्यक्रमको शुरुवात गरेको थियो ।
साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८ को आर्थिक प्रतिवेदन, संस्थाको विधान संशोधन तथा पुर्ण परिमार्ज प्रतिवेदन सहित तेस्रो वंशावली प्रकाशन लगायतका विषयमा छलफल गरि अनुमोदन गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष नविन मेन्याङबोले जानकारी दिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका पुर्व मेयर मनोज कुमार मेन्याङबो, किरात याक्थुङ चुम्लुङ प्रदेश एकका अध्यक्ष प्राध्यापक धुर्व कुमार मेन्याङबो लगायतको उपस्थिती रहेको थियो ।