धरानमा सुनसरीकै ठूलो यलम्बरको प्रतिमा निर्माण

  • पुस ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानमा सुनसरीमै ठूलो यलम्बरको प्रतिमा निर्माण भएको छ । धरान–१७ स्थित साकेला सांस्कृतिक पार्कमा प्रथम किराँत राजा यलम्बरको प्रतिमा स्थापना भएको हो । उधौली पर्वको अवसरमा प्रतिमाको अनावरण गरिएको छ ।

एक कार्यक्रमका बीच धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रतिमाको अनावरण गरेका छन् ।  धरानका स्व. क्याप्टेन भीमराज राईको सम्झनामा श्रीमती धुर्पीमाया राई, छोराबुहारी बीरबहादुर, लीलादेवी राईलगायत परिवारनै मिलेर प्रतिमा निर्माण गरिदिएका हुन् ।

यसैबीच सोमबार नै पार्कमा उधौली पर्व पनि धुमधामका साथ मनाइएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा उधौली पर्व आयोजना गरिएको नवनिर्वाचित अध्यक्ष राजेन्द्र राईले जानकारी दिए । त्यहाँ औपचारिक कार्यक्रमसँगै उधौली कार्यक्रम पनि राखिएको थियो ।

मौलिक पहिरनमा सजिएका किरात राई युवायुवती, वृद्धवृद्धाहरु गोलाकार भएर साकेला सिली नाच्न थालेपछि पार्क साकेलामय समेत बनेको थियो । यस्तै, मङ्सिरे पूर्णेमा पाकेको अन्नबालीलाई घरभित्र हुलेर सबैभन्दा पहिला आफ्ना पितृहरुलाई चढाई आशिष मागेर परिवारबीच भेटघाट गरी साकेला नाचिन्छ । यस दिनमा किराती समुदायले आफ्नो पुर्खा र प्रकृतिलाई सम्झने र सम्मानस्वरुप पूजाआजा गर्ने गरेका छन् । राईहरुले बैशाख पूर्णेदेखि १५ दिनसम्म लगातार साकेला नाचेर उभौली मनाउने गरेका छन् ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved