‘चिया प्रवद्धनमा मिडियाको भूमिका अतुलनीय’

  • पुस ४, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम/ चियाको गुणस्तर बृद्धिका लागि किसान समक्ष जनचेतना जगाउन नेपालका मिडियाले महत्वपूर्ण भुमिका खेलेको सरोकारवालाले बताएका छन । नेपाल पत्रकार महासँघ इलाम शाखाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागीले मिडियाले महत्वपूर्ण भुमिका खेलेको बताएका हुन ।

राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको सहयोगमा आयोजना भएको कार्यक्रममा सबै किसानका घरघरमा पुग्न नसके पनि मिडिया घरघरमा पुगेर किसानका कुरा उठाएको र जनचेतनामा सघाउ पुर्याएको बताए । कोभिडको समयमा पनि नेपालको चियाले चार अरबको हाराहारीमा विदेशि मुद्रा भित्रयाउन सफल भएको भन्दै विश्वमै नेपाली चियाको गुणस्तर एक नम्बर रहेको र कुनै पनि कारण देखाएर कसैले चियाको निर्यात रोक्न नसक्ने बताए ।

नेपाली चियाको दिगो निर्यात अभिबृद्धि परियोजना अन्तर्गत सञ्चारकर्मी र सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै चिया बिस्तार आयोजना इलामको प्रमुख इन्द्र अधिकारीले चिया क्षेत्रका समस्या राख्दै समाधानका लागि सरकारले नीतिगत रुपमानै लाग्ने बताए ।

नेपाली चिया निर्यातका लागि चीनसँग समेत जीटुजी सम्झौताका लागि प्रस्ताव पेश भइसकेको छ । चियाको गुणस्तर परीक्षण नेपालकै ल्याबबाट गराएर निर्यात गर्न र उक्त परिक्षणमा कुनै त्रुटि भेटिए बोर्डले नियमन गर्ने प्रतिबद्धता जनाएको छ । चिया क्षेत्रको समग्र विकासका लागि सरोकारवाला विच एकता जरुरी रहेको बताउँदै चिया उत्पादन देखि निर्यातसम्म इमान्दारिता हुनुपर्ने तथा किसानसँग समन्वय गरी बजारिकरण गर्नुपर्नेमा सरोकारवालाको जोड रहेको छ । राष्ट्रिय कफि तथा चिया विकास वोर्डको सहयोग र नेपाल पत्रकार महासंघ इलामको सहकार्यमा २० जना पत्रकारहरुलाई फेलोसिप प्रदान गरिने महासँघका अध्यक्ष विप्लव भट्टराईले बताए ।

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

प्रेमजालमा फसाएर सुन ...

इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुन ...

सुनसरीमा लागूऔषधसहित ...

ईनरुवा/  सुनसरीको ईनरुवामा ब्राउन सुगरसहित दु ...

धरानमा तीन दिने फुड ...

धरान/ धरान–१२, चतरालाइनस्थित प्राइम भिजन इन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved